प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-१२-०६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी-६ स्थितबाट अवैध लागु औषध गाँजा ७० किलोग्राम र साँगुरीगढी-८ स्थित सडक खण्डमा को. १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरेको तथा  प्रहरी हवल्दार यादब प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका-५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका-२ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको साथै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा  उनिहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।     

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-१२-०५

इलाम र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह बिशेष सुचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ का २५ बर्षीय उपेन्द्र बान्तावालाई ७८ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैया सहित पक्राउ गरेको हो । त्यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री रुपाकोट मझुवागडी नगरपालिका-५ खोटाङका २३ बर्षीय पुजन राईलाई ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सबै समाचार
लागू औषध गाँजा सहित २ जना पक्राउ
२०७९-१२-०४

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-५ का भीम तामाङ र बेलका नगरपालिका-४ उदयपुरका सुमन नेपाली रहेका छन । बिहिवार राती इटहरी-४ स्थित सार्वजनिक बाटोमा गाँजा खरिद बिक्रि भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा संकास्पद अवस्थामा प्रदेश १-०२-०४७ प ११५४ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुले बोकेको झोला चेक जाँच गर्ने क्रममा ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो । लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-१२-०३

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश १-०२-०४५ प १३८७ नम्बरको मोटरसाईकल चालक बिराटनगर-४ का २३ बर्षीय निश्चल गुरुङको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यसै गरी बिशेष सुचनाको आधरमा प्रहरी चौकी केर्खा झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-४ का  ४२ बर्षीय ईन्द्र बहादुर लिम्बुको साथबाट ४ सय २० मिलिग्राम र २३ बर्षीय सतिष तामाङ्को साथबाट २ सय २० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीको हत्यामा संलग्न रहेका श्रीमान पक्राउ
२०७९-१२-०३

मोरङको बेलबारी नगरपालिका-१ का ५७ बर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ बर्षीया श्रीमती देवि महतलाई टाउमा धारिलो हतियार प्रहार गरी कर्तब्य गरी मारी फरार भएका थिए । श्रीमतीको हत्या गरी घटना स्थलबाटै फरार भएका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउसो पथरी शनिश्चरे नगरपालिका-१० स्थित बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-१२-०२

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को. ३९ प ८७१५ नम्बरको मोटरसाईकलमा सवार रहेका उदयपुर चौदण्डिगढी-२ का २९ बर्षीय उमेश खत्री र ईटहरी उप-महानगरपालिका-५ का २८ बर्षीय बसन्त तोलाङ्गीको साथबाट २ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर र नगद १८ हजार रुपैया बरामद गरेको हो ।  सोही दिन ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले धरान-१५ का २७ बर्षीय जेल्स राईको कोठाबाट ३ ग्राम ब्राउन सुगर साथै  ट्रामाडोल, स्पास्पेइन ८० ट्यावलेट र नगद  ६० हजार ३ सय ५ रुपैया सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागु औषध र नक्कली नोट सहित २ जना पक्राउ
२०७९-१२-०२

झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा  ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल बरामद भए सगै २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरिएको हो । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आसरा सुधार केन्द्र पानवारी धरानको पाचौ बार्षिक उत्सव सम्पन्न
२०७९-१२-०१

आसरा सुधार केन्द्र पानवारी धरानको पाचौ बार्षिकोत्सव तथा तेस्रो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुदघान गर्नु भएको हो ।  साथै वहाँले केन्द्रको परिसरमा नव-निर्मित भगवती मन्दिरको समेत समुदघाटन गर्नु भएको छ ।आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्षले दुर्व्यसनीमा फसेका युवाहरुलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा समेत थप ब्यवस्थित र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै रहनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि सिंहले मन्दिर निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई सम्मान पत्र तथा केन्द्रमा उपचाररत सदस्यहरुको स्वास्थ्य उपचारमा सहयोग गर्नु हुने स्वास्थ्य कर्मीहरु तथा आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रका उपचाररत सदस्यहरुलाई समेत पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं आसरा सुधार केन्द्र, पानवारी धरानका प्रमुख संरक्षक  प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले शुभकामना मन्तब्य राख्नु भएको थियो । साथै कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियारले प्रमुख अतिथि श्रीमती कुशुम लता सिंह, कोशी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिता ज्ञवाली लगायतका महानुभावहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा कर्मचारीहरु र उपचाररत सदस्यहरुको समेत सहभागिता रहेको थियो ।आसरा सुधार केन्द्र पानवारीले २०७५ साल चैत्र महिना देखि निरन्तररुपमा लागू औषध तथा मद्यपानको लतमा फसेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी एवं अनुभवी तथा दक्ष मनोविमर्शकर्ताहरुद्वारा उपचार गराई समाजमा पुनर्स्थापना गराउदै आउनुका साथै लागू औषधको दुरुपयोगबाट हुन सक्ने परिवारिक, सामाजिक, आर्थिक तथा व्यक्तिगत समस्याका साथै अपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ  लागूऔषध दुर्व्यसनको उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेकोछ । यस केन्द्रले स्थापना काल देखि हाल सम्म ८९६ जना सदस्यहरुलाई उपचार गराउदै आईरहेकोमा उपचार पश्चात ८१० जनालाई डिष्चार्ज गरी समाजमा पुनर्स्थापना गराई सकेको छ भने हाल ८६ जना सदस्यहरुको प्रभावकारीरुपमा स्वास्थ्य उपचार भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०७९-१२-०१

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका झापाको दमक नगरपालिका-१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बि.क.लाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  सोही दिन मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर फेला पारे सगै मोटरसाईकलमा सवार रहेका धरान-८ का ३० बर्षीय जंगमनी मगर र धरान- ७ का २७ बर्षीय बिक्रम राईलाई पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०७९-११-३०

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले गोरु काटी मारेको मुद्धाका दुई जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । गोरु काटी मारेको मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|०५|०९ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना ९ दिन कैद बेरुजु रहि फरार रहेका बराहक्षेत्र नगरपालिका-३ नडाहाका ५१ बर्षीय तिलक भन्ने तिलोक राई र ३६ बर्षीय निमा र्शेपालाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।

अवैध सामान बरामद
२०७९-११-३०

झापा र मोरङ जिल्लाको सिमावर्ति क्षेत्रबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याउदै गरेको करिव १० लाख ५७ हजार बरावरको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले भन्सार छलि चोरी निकासी गरी अवैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, लेहेङगा साडी, थान कपडा, खाधान्नका सामाग्री र मोटरपार्टस लगायतका समानहरु प्रहरीले बरामद गरेको छ । झापा जिल्लाका बिभिन्न स्थानहरुबाट ४ लाख ३० हजार रुपैयाँ बराबरको र मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट ६ लाख २७ हजार रुपैयाँ बराबरको अवैध सामग्री प्रहरीले बरामद गरेको हो । बरामद गरिएका समानहरु आवश्यक कारवाहिको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १ जना घाईते
२०७९-११-३०

धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित मुढे-लेगुवा सडक खण्डमा को को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका-९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो । त्यसै गरी राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका-८ कोशी राजमार्ग स्थितमा ध. १ ख ६४७ नम्बरको बसले बाटो काट्दै  गरेको पैदल यात्री सर्लाही मलङग्वा-७ घई भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महरालाई ठक्कर दिदा घाईते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो  भने ईटहरी उप-महानगरपालिका-२० कोशी लोकमार्ग स्थितमा ना. ६ ख १७२४ नम्बरको ट्रकले बा. ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक खोटाङ केपिलासगढि गाउँपालिका-७ का २९ बर्षीय निशान राई र मोटरसाईकल पछाडि सवार धरान-१५ कि २४ बर्षीया जेनिशा राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा जेनिसा राईको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालबाट थप अनुसन्धान भईरहेको छ ।

अवैध सामान बरामद
२०७९-११-२९

झापाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । झापाको सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय काँकरभिट्टा, प्रहरी चौकी सतिघट्टा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, २५ के.जि. सुपाडी, कपडा र खाधान्नका सामान समेत गरी अन्दाजि २ लाख ४० लाख ५ सय रुपैया बराबरको सामान बरामद गरेको हो । बरामद गरेको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०७९-११-२९

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ । हिजो राती ११ बजे सुनसरीको धरान उप-महानगरपालिका-१६ नौलोबस्ती स्थितमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी tramol50- १२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ
२०७९-११-२९

सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका-६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर महानगरपालिका-३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका-२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर-२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/ सुपर पेन्सन बचत/ अवधि बचत/ कर्मचारी चल्ती बचत/विशेष बचत/ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको  बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको तथा अन्य ५ जनाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पोखरीमा डुबेर १ जनाको मृत्यु
२०७९-११-२९

झापाको भद्रपुर नगरपालिका-३ भैंसाबाडी स्थितमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । हिजो दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानिय मानिसहरु र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बुलाई मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका लिम्बुको कानुनि प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अवैध सामान बरामद
२०७९-११-२८

झापाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर  फुटबल बुट समेत गरी करिव २ लाख २६ हजार रुपैया बराबरको सामान तथा सामान ओसार पसार गर्न प्रयोग गरेको  मे. ५ प ६४३२  र BR 37 G 2773 नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको सामान तथा मोटरसाईकल समेत आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हुण्डी कारोवारमा संलग्न १ जना पक्राउ
२०७९-११-२७

मोरङको बिराटनगर महानगरपालिका-६ स्थितबाट हुण्डी कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१५ का ३१ बर्षीय धर्मानन्द साह रहेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हुण्डी कारोवारमा संलग्न रहेका साहलाई नगद ४ लाख ७५ हजार रुपैया, बिभिन्न बैंकहरुको चेक, ATM कार्ड, भौचर तथा को.२९ प ९७३९ नम्वरको मोटरसाईकल सहित पक्राउ गरेको हो । बिहिवार पक्राउ परेका साहको सम्मानित मोरङ जिल्ला अदालतबाट हुण्डी सम्बन्धि कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ब्राउन सुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ
२०७९-११-२७

झापा, मोरङ र सुनसरीका छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान झापाको प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०१-०१३ प १९७३ नम्वरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउदै गरेकि चुलाचुली गाउँपालिका १ इलामकि ३४ बर्षीया मन्जु चापागाईको साथबाट १६ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले खोटाङको बाक्सिला घर भई धरान उपमहानगरपालिका १५ स्थितमा डेरा गरी बस्दै आएका ४० बर्षीय जीवन राई र धरान १५ का २६ बर्षीय रुकमान मगरलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको कानेपोखरी गाउँपालिका-४ का १९ बर्षीय संजय दर्जीलाई नियन्त्रित औषधि स्पासपेन ९९ चक्की र ट्रामाड्रोल  १०४ चक्की सहित प्रहरी चौकी रमाईलो मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

आगलागीमा परी २ बालबालिका जली मृत्यु
२०७९-११-२७

उदयपुरको रौतामाई गाउँपालिका-८ पाखाटोल स्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जली मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानिय राम बहादुर मगरको ढुंगा माटोले बनेको दुईतले घरमा बिधुत सर्टभई आगलागि हुँदा उनको ६ बर्षीया छोरी जस्मिन मगर र २ बर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो । घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र  अभिभावक नभएको अबस्थामा घरमा आगलागी हुँदा घर भित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागिबाट घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तन समेत जली करिव १० लाख बरावरको क्षेति भएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०७९-११-२६

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको ३ बजे सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका-८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।त्यसै गरी झापाको बिर्तामोड नगरपालिका-२ का २० बर्षीय विश्वास संग्रौलाको कोठामा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका ८ की २० बर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाईल र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर र नियन्त्रित औषधी सहित ५ जना पक्राउ
२०७९-११-२५

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका-३ घई भई सुन्दरहरैचा-१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन- ८५ पिस र ट्रमाडोल-८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरे सगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी-३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका-१ स्थितबाट २२ बर्षीय (समिर) भन्ने देवेन्द्र चौधरीलाई २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण
२०७९-११-२२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो । संखुवासभा उत्तर तर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला, ब्यापारिक केन्द्र तथा पर्यटकिय जिल्ला भएको तर यातायातको पहुँच कम भएको जिल्ला रहेकाले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिटहरुले समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी आम नागरिकहरुको सुरक्षार्थमा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाँले पहिरो, आगलागि र अन्य बिपदहरुमा स्थानिय तह तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै, आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न तथा सवारी दुर्घटना न्युनिकरण, आत्महत्या निरुत्साहित गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकहरुमा सचेतना फैल्याउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-११-२२

मोरङको कटहरी गाउँपालिका-७ तकिया रोड स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो ११ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२-००१ क ३८९ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ग्रामथान गाउँपालिका-६ का ३३ बर्षीय पप्पु सहनीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  । घटनामा संलग्न ठक्कर दिने टिफर र चालक जिल्ला काभ्रे पाँचखान नगरपालिका-६ का ५९ बर्षीय श्याम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०७९-११-२२

झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईलाम नगरपालिका-१२ का २४ बर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

बलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते ।
२०७९-११-२१

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन । आज बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना.१ ज ८४८३  नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी-३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देबेन्द्र दास सहितको टोलीले गाडीको चालक सहित १० जना घाईतेहरुलाई उद्घार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरद्धारा काठमाण्डौ र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ भने मृतक लाशलाई समेत पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ ।  

जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरिक्षण
२०७९-११-२१

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरिक्षण भ्रमण गर्नु भएको छ । निरिक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरिक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीहरुसँग समान व्यवहार, नैतिकता र अनुसाशित भई संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सहि सदुपयोग गरी प्रयोग गर्न साथै आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्ना जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न  समेत निर्देशन दिनु भयो ।  

नियन्त्रित लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०७९-११-२१

१ नम्बर प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा सिंहको साथबाट प्रहरी २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१३ बाट साँढे ४१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको ओसार भईरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसंगै कार चालक धरान-१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै  आएका २८ बर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका-८ बाट १०६ केजी गाँजा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०७९-११-२१

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ९ शनिश्चरे बजार स्थितमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ बर्षीय आशिष लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यसै गरी झापाको अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्क स्थितमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थित रहेको एक लजमा बस्दै आएका शिवसताक्षी-९ का २१ बर्षीय प्रेम सागर सावा, मेचिनगर- १२ का २० बर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ- ४ का १९ बर्षीया तिलु राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारी प्रहरीले पक्राउ गरेका थियो भने सोहि दिन ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री विर्तामोड- १ का २१ बर्षीय विशाल धिमालको साथबाट १ ग्राम लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-११-२१

झापाको कमल गाँउपालिका-७ मगर चोक स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक दमक नगरपालिका-२ का २० बर्षीय रिवाज पौडेल र स्कुटीमा पछाडी सवार दमक नगरपालिका-८ का १८ बर्षीय सुरज चौधरीलाई उपचारको लागि B&C अस्पताल बिर्तामोडमा लागिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको हो भने चौधरीको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

अबैध औषधी बरामद
२०७९-११-२१

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले  ठुलो परिणमामा अबैध औषधी बरामद गरेको छ । शनिवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ बाट भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको  Glownec Gel ;- ५५ प्याकेट, Lifetin Tablets ;- १४४ प्याकेट गरी अन्दाजी आठ लाख बाउन्न हजार भन्दा बढीको औषधी बरामद गरेको छ । साईकलमा लोड भएको अवस्थामा बरामद भएको उक्त औषधीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट शनिवार दिउँसो खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-४ बाट प्रतिबन्धित औषधी ईस्पाइसपेन ५४०० चक्की र ट्रामाडोल ५२०० चक्कि बरामद गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय एक सुगुर फार्म नजिक खाल्डोमा परालले छोपेको राखेको अवस्थामा उक्त परिणामको प्रतिबन्धीत औषधी बरामद गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका  प्रहरी कार्यालय पथरीले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-११-१९

मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिराटनगर-६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका अर्जुन धारा नगरपालिका-११ का ३६ बर्षीय सागर गिरीको साथबाट १ ग्राम ७ सय मिलिग्राम र मेचीनगर-६ कि २० बर्षीया सन्ध्या दर्जीको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै नियन्त्रणमा लिएको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

बसको ठक्करबाट १ जनाको मृत्यु
२०७९-११-१९

मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा बसको ठक्करबाट  एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो १२ बजे मे. १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा-६ का ३५ बर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल  पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको हो । ठक्कर दिने बस र  चालक बेलबारी नगरपालिका-११ का  नर बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

अवैध सुपारी सहित सवारी साधन नियन्त्रण
२०७९-११-१९

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा VCTS लगायतको आवस्यक कागजपत्र नभएको २ हजार किलोग्राम सुपाडी फेला परेकोले  नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका-१ का मुकेश चौधरी समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भिडियो कन्फरेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-११-१८

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन प्रदेश प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको हो । भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जानकारी गराउनु भएको थियो ।

अवैध भारतिय रुपैया सहित २ जना पक्राउ
२०७९-११-१८

मोरङको बिराटनगर-१५ स्थितबाट श्रोत नखुलेको अवैध भारतिय रुपैया सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् ।  हिजो राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँचको क्रममा उनिहरुको साथबाट श्रोत नखुलेको भारतिय रुपैया ७ लाख २० हजार बरामद गरेको हो । श्रोत नखुलेको अबैध रकम बरामद भए संगै पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

बालकको हत्या गरेको आरोपमा २ जना पक्राउ
२०७९-११-१८

मोरङको सुनवर्सी नगरपालिका-१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पश्चात आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय  रङ्गेलीमा जानकारी गराउनासाथ  प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटि उत्खनन गर्दा बालकको शब फेला परेको हो । बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनको श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो  । बालकको हत्याको आरोपमा पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-११-१८

झापाको कनकाई नगरपालिका-३ र बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । हिजो इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका-८ का २६ बर्षीय मदन बिश्वकर्मा र कनकाई नगरपालिका-४ का ४१ बर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ स्थितमा संकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका-७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका-२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेक जाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भए संगै उनिहरुले प्रयोग गरेको स.६ प ५६११ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-११-१७

मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा र ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे मोरङको बेलबारी नगरपालिका- १ गुम्बा लाईन स्थितमा लागुऔषध गाँजा बिक्रीबितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शुक्र बहादुर राईको घरमा डेरा गरि बस्दै आएकी २९ बर्षीय हिरा राईको कोठामा खानतलासी गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० के.जि. ३ सय ४४ ग्राम लागुऔषध गाँजा र नगद ५२ हजार ५ सय रुपैया प्रहरीले बरामद गरेसगै राईलाई पक्राउ गरेको हो । त्यसै गरी बिराटनगर महानगरपालिका- १५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को १८ प १०९५ नम्बरको मोटरसाईकललाई चेकजाँज गर्दा ढुङ्गे साँगु गाउँपालिका – १ ताप्लेजुङका ३३ बर्षीय कालु सिंह लिम्बुको साथबाट १.२८ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।  प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका राई र ब्राउन सुगर सहित पक्राउ परेकी लिम्बुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७९-११-१६

मोरङको बुढिगंगा गाउँपालिका-४ कोशी लोकमार्ग स्थितमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका- १ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका- ९ का १६ बर्षीय समिर चौधरी रहेका छन् । हिजो बिहान ९ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुक्दा घाईते भएका दुबै जनाको उपचारको क्रममा बिराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

स्रोत नखुलेको रकम सहित ३ जना पक्राउ
२०७९-११-१६

मोरङको बिराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेनलाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १ लाख त्रियासी हजार सात सय पचास रुपैया भारतीय रकम फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०७९-११-१५

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक काठमाण्डौ दक्षिणकाली-५ का ४० बर्षीय निरन्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-११-१५

सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधी LUPIGESIC, DIAZEPAM र PHENERGAN गरी १ सय ८८ एम्पुल बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-१० नागाडुब्बाका ४८ बर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध कपडा बरामद
२०७९-११-१५

मोरङको बिराटनगर महानगरपालिका-१२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ । हिजो राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको  प्रहरी गस्ति टोलीले बिराटनगर-१२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी बिराटनगर-१५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ४४८ पिस लेडिज टप्स बरामद गरेको हो । बरामद गरिएका करिव ३ लाख २५ हजार मुल्य बरावरका कपडाहरु आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

हत्याको आरोपमा १ जना पक्राउ
२०७९-११-१४

धनकुटाको महालक्ष्मी नगरपालिका-५ का २२ बर्षीय निरज कट्वाललाई हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ । यही फागुन ११ गते राती स्थानिय ७० बर्षीय बर्षीय मान बहादुर बस्नेत आफ्नै घरमा मृत अवस्थामा रहेको सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । मृतक बस्नेतको धारीलो हतियार प्रयोग गरी टाउको समेत छुट्याएको अवस्थामा शरिरको भाग मात्र फेला पारेको प्रहरी टोलीले थप अनुसन्धान गर्ने क्रममा मृतकको टाउको घटनास्थल देखी करिव साँढे १ किलोमिटर पुर्व रहेको कुसुमबोटे खोला किनाराना ढुङगाले किचेर फालेको अवस्थामा फेला पारेको थियो ।  यसरी शरिर र टाउकोको भाग छुट्टाछुट्टै अवस्थामा फेला परेको जघन्य हत्याको सम्बन्धमा सुक्ष्म अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आरोपमा मृतकको भान्जा नाता पर्ने स्थानीय २२ बर्षीय कट्वाललाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका कट्वालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।

चोरीमा सम्लग्न ३ जना मोटरसाईकल सहित पक्राउ
२०७९-११-१४

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागु औषध सहित पक्राउ
२०७९-११-१४

मोरङको सुनबर्षी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी-५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैया पक्राउ गरेको हो । यसै गरी केराबारी-६ का ५० बर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको (RIT) प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजा सहित नगद ६७ हजार ७ सय रुपैया सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल चोरीमा समलग्न पक्राउ
२०७९-११-१३

झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट मोटरसाईकल चोरीमा समलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । हिजो साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

आगलागिबाट १४ घर जली नष्ट
२०७९-११-१३

तेह्रथुमको आठराई गाउँपालिका-६ स्थितमा आगलागि हुँदा चौध घर जली नष्ट भएको छ । हिजो साँझ ५ बजे आठराई गाँउपालिका-६ हात्तीखर्क स्थित खैरेनी निवुटार सामुदायिक बनमा लागेको आगो फैलिन गई बन नजिकै रहेको बस्तीमा आगोलागि भएको हो । बस्तीमा आगोलागि भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराई, प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरी टोली, फिदिम नगरपालिकाको दमकल र स्थानिय बासीको सहयोगमा करिब रातको १२ बजे बस्तीमा लागेको आगो नियन्त्रण गरिएको थियो । आगलागिबाट ढुंगामाटोले बनेको फुसको छानो भएको बिर धन घिसिङ, आस ब. घिसिङ, स्वर्ण ब. योनजन, सुरेन्द्र वाईबा, ददिराम वाईवा, जाल ब. तामाङ, अमर ब. तामाङ, सोम ब. तामाङ, भिम ब. तामाङ समेतको मानिस बस्दै आएको १० वटा घर र राई ब. तामाङ, डिकमान तामाङ, शंकर तामाङ, जस ब. तामाङ र भक्त ब. तामाङ समेतको ५ वटा खाली घर जली नष्ट भएको छ । आगलागिबाट करिव ९२ लाख ५० हजार बरावरको क्षेति भएको र जंगलमा लागेको आगो नियन्त्रण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घरमा आगलागि हुँदा २ बालकको जली मृत्यु
२०७९-११-१३

पाँचथरको हिलिहाङ गाउँपालिका-७ माथिल्लो सल्लेरीको एक घरमा आगलागि हुँदा दुई जना बालकको जली मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका-५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातीको ४ बर्षीय छोरा निशान खाती र छिमेकी कुमार पन्थाकको ५ बर्षीय छोरा सेसे पन्थाक रहेका छन । हिजो साँझ पौने ५ बजे स्थानिय ईन्द्र कुमारी पन्थाकको फुसको छानो भएको ढुङ्गा माटोले बनेको दुई तले घरमा खोले पकाउने क्रममा अचानक घरमा आगलागि हुँदा घर भित्र खेलिरहेका दुबै बालक आगोमा परी जली मृत्यु भएको हो । उक्त आगलागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा साढे ६ बजे नियन्त्रण गरिएको थियो भने आगलागिबाट जलि मृत्यु भएका दुबै बालकको शवलाई जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ । आगलागिबाट घर पुर्ण रुपमा जलि नष्ट हुँदा घर भित्र रहेको अन्न-पात, लत्ता-कपडा, भाडावर्तन समेत गरी करिव ७ लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
२०७९-११-१२

उदयपुरको बेलका नगरपालिका-९ भचुवाका २७  बर्षीय बिनोद पौडेललाई आफ्नै श्रीमती २० बर्षीया युनिशा खत्री पौडेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान खाना खाई  बेलका नगरपालिका-६ स्थितमा रहेको जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा सगैं घाँस काट्न गएको अवस्थमा पौडेलले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । श्रीमतीलाई खुकुरी प्रहार गरी आफैले हत्या गरेको जानकारी गराए पछि हत्या गर्ने पौडेललाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।  श्रीमानको खुकुरी प्रहारबाट मृत्यु भएकि युनिशाको शवलाई पोष्टमार्टमको लागि धरान घोपा पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७९-११-१२

मोरङ र सुनसरीको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित राजमार्गमा मे. १ च ४१७१ नम्वरको पिकअप भेनले मे. ७ प ७५४३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३० बर्षीय बिशाल सिटौलाको मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको  हो भने सुनसरीको इटहरी-२० स्थित कोशी लोकमार्गमा  को. २५ प ८४४४ नम्बर र प्रदेश १-०२-०४३ प २९१ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएकि प्रदेश १-०२-०४३ प २९१ नम्बरको मोटरसाईकल पछाडि सवार धरान-७ कि ४० बर्षीया पिङगला थापाको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका धरान ७ बस्ने बर्ष २४ को रिदम थापा, इनरुवा-१ का मनोज र ४० बर्षीय दिनेश बस्नेतको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-११-११

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका दुई जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित उच्च अदालत मोरङको मिति २०७६|०४|३१ गतेको सजाय निर्धारण फैसला आदेशले ५९ हजार ५ सय ५० रुपैया जरिवाना भएका बिराटनगर महानगरपालिका-६ रामपुरका १९ बर्षीय पंकज साह र १९ दिन कैद र ८० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका २४ बर्षीय राजेश साहलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा प्रतिवादी पंकज साहले जरिवाना वापतको रकम दाखिला गरेकोमा उनलाई छाडिएको र प्रतिवादी राजेश कुमार साहलाई कैद भुक्तानको लागि मोरङ कारागार पठाईएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनको समुदघाटन
२०७९-११-११

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको नव निर्मित कार्यालय भवनको समुदघाटन भएको छ । कार्यालयको हाता भित्र आयोजित एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित भवनको समुद्घाटन र भवनको निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननीय मुख्य मन्त्री कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै नागरीक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले  अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बताउनु भयो । यसका साथै वहाँले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरीकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको समेत बताउनु भयो । कार्यक्रममा धन्यवाद मन्तब्य राख्नु हुँदै प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवन संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले सुबिधा सम्पन्न भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा संगठन प्रमुखले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको थियो ।  १ नं. प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई  कुल १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाको लागतमा साना ठुला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा उच्च अदालत बिराटनगरका माननीय मुख्य न्यायाधिश सत्य मोहन जोशी थारु , प्रदेश सरकारका माननीय मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव किशोर कुमार चौधरी ,स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण
२०७९-११-१०

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले आसरा सुधार केन्द्रको भौतिक संरचना, मेश, बिद्यार्थीहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गर्नु भयो । निरीक्षणको क्रममा वहाँले बिद्यार्थीहरुलाई लागुऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नु पर्छ भन्ने किसिमको उत्प्रेरणात्मक सन्देश दिनुहुँदै केन्द्रमा भर्ना भएका बिद्यार्थीहरुलाई सौहार्दपुर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धति द्दारा उपचार गर्न परामर्स दाताहरुलाई अनुरोध गर्नु भयो । यसका साथै ‍वहाँले आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत निर्देशन दिनु भयो ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अवलोकन
२०७९-११-१०

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी तालिम केन्द्रको आवाश, मेश तथा भौतिक पुर्वाधारको अवलोकन  समेत गर्नु भएको हो । मोरङको सुन्दरहरैचा नगरपालिका-८ गोठगाँउमा नव निर्मित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अवलोकन गर्नु हुँदै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा तालिम केन्द्रका सह-समादेक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतिकरण समेत गर्नु भएको थियो ।

१ नम्बर प्रदेश प्रहरी अस्पतालको समुद्घाटन
२०७९-११-१०

१ नम्बर प्रदेश प्रहरी अस्पतालको समुद्धाटन सम्पन्न भएको छ । मोरङ जिल्लाको बेलबारी नगरपालिका-३ मा रहेको पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित प्रदेश प्रहरी अस्पतालको एक बिशेष कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिधिवत रुपमा अस्पताल भवनको समुद्धाटन गर्नु भएको हो । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुदै गरेको र प्रदेश भरीका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पतालको स्थापना गरी समुद्घाटन भएको हो । भवन उद्घाटन पश्चात प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंह लगायत अन्य अथितिहरुले नव-निर्मित भवन साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभएको थियो । भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले १ नम्बर प्रदेशमा रहेका पुर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रीत परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उदेश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याईएको बताउनु भयो । यसका साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीहरुले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राबिधिक प्रहरी कर्मचारूहरूलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरीकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम भुमिका रहने र अस्पतालको स्तरोन्नती लगायत हरेक क्षेत्रमा सहयोग र समन्वयको लागी नगरपालिका सदैव तत्पर रहेको बताउनु भयो । कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सिमित श्रोत र साधनका बिच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य राख्नु हुँदै प्रहरी कर्मचारीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी अस्पताल निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो । यसका साथै वहाँले प्रहरी अस्पतालबाट तल्लो तहका प्रहरी कर्मचारीहरु सेवाबाट प्रत्यक्ष लाभान्वित भई अहोरात्र सेवामा समर्पित हुने र आश्रित परिवार तथा पुर्व प्रहरी कर्मचारीहरुलाई समेत स्वास्थ्य सेवा प्रदान हुने हुँदा अझ प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो   । कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसका साथै प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना बिशेषज्ञ चिकित्सक सहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने छ भने सेवा बिस्तारको क्रममा अन्य सेवाहरु समेत क्रमश थप हुदै जाने प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले बताउनु भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न स्थानिय निकायका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा  स्थानिय बासीहरु समेत गरी करिव ७ सय जनाको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु १ जना घाईते
२०७९-११-१०

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी- १० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।यसै गरी आज मोरङको बेलबारी नगरपालिका-१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी- २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।यसै गरी आज झापाको कनकाई नगरपालिका- १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड-२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ
२०७९-११-०९

मोरङको बिराटनगर महानगरपालिका-१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका- ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन । यहि फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको भन्ने खवर प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको प्रहरी अनुसन्धान टोली  घटनास्थमा खटि प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०७९-११-०९

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट  प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसै गरी लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र १६ स्थितमा  भारतबाट नेपाल तर्फ आउदै गरेका को.३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम-२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र  प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान -५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०७९-११-०८

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । लेनदेन बिगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७९|१०|२० गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ९ महिना १४ दिन कैद बेरुजु रहि फरार रहेका मोरङ ग्रामथान गाँउपालिका-२ पडारवानीका ४२ बर्षीय चन्दन कुमार माझिलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको माझिलाई सम्मानित मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-११-०८

मोरङ जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । आज दिउँसो १२ बजे बिराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकललाई    जेकजाँच गर्दा मोटरसाईकल चालक धरान उप-महानगरपालिका-५ सुनसरीका २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचको लागि खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ दरैयामा भारतबाट नेपाल तर्फ आउदै गरेको को ३१ प ६६५३ नम्बरको मोटरसाईकल चालक ट्याम्केमैयुम गाँउपालिका-२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।  लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०७९-११-०८

मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । हिजो बिहान सुन्दरहरैचा-५ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित  भई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा-५ का ५० बर्षीय चक्र बहादुर श्रेष्ठको बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती ११ बजे बिराटनगर-४ स्थित राजमार्गमा प्रदेश १-०२-०४२ प ६०४९ नम्बर र लु.१८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुदा घाईते भएका बिराटनगर-४ का २६ बर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो । घाईते भएका बिराटनगर-५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिण्णु परियारको सोही अस्पतालमा उपचार भईरहेको छ ।

IGP कप फुटबल खेलका बिजयी खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम
२०७९-११-०७

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गर्नु भएको छ । आज प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान गर्नुका साथै बधाई तथा  शुभकामना दिनु भएको हो । गत माघ २० गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौँमा सन्चालित "४० औं IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९" मा प्रदेश प्रहरी कार्यालय बिराटनगरको  फुटबल टोली खेलमा सहभागी भई २९ गते भएको फाईनल खेलमा प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो । उक्त कार्यक्रममा समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । IGP रनिङ शिल्डको विजेता टिम १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  प्रथम पुरस्कार नगद १ लाख १ हजार तथा सर्वाधिक गोल कर्ता नगद १० हजार सहितको ट्रफी जित्न सफल भएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-११-०७

सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउसो सुनसरीको हरीनगरा गाँउपालिका-१ स्थित हुलाकी सडक खण्डमा  को. २५ प ८८०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकि भारत अररियाका सुबोध मुखीयाको ७ बर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाईते भएकि मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । यसै गरी रामधुनी नगरपालिका-७ स्थित भित्री सडक खण्ड को. २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका रामधुनी-७ का १६ बर्षीय कृष्ण चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेका मोटरसाईकल चालक हरीनगरा-२ का २१ बर्षीय सदाम अन्सारी र ट्याक्टर चालक रामधुनि-७ का ३५ बर्षीय लब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिहेको छ ।

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ
२०७९-११-०७

सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन । उनिहरुले गत माघ २५ गते इटहरी-२ का बिक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए । खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर-११ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।  

अबैध कपडा सहित सवारी साधन नियन्त्रणमा
२०७९-११-०७

झापाको कमल गाउँपालिका-३ र दमक नगरपालिका-६ ट्याक्सी स्टेण्डबाट अबैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो अपरान्ह कमल गाउँपालिका-३ केर्खा स्थित पुर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ आउदै गरेको मे.१ज २८०४ नम्वरको पिकअप गाडीमा  अवैध रुपमा ल्याउदै गरेको करिव १४ लाख ८० हजार ७ सय ७८ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको थियो । यसै गरी सोही टोलीले दमक-६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १-०१-००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाच गर्ने क्रममा करिव ६ लाख ६१ हजार ७ सय ४१ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगाएतको कपडाहरु बरामद गरेको हो । अवैध कपडा बरामद भए संगै नियन्त्रणमा लिईएका मे.१ज २८०४ नम्वरको पिकअप, चालक हल्दीबारी-२ झापाका २४ बर्षीय जनक कर्मकार र प्रदेश १-०१-००१ च ७७२९ नम्बरको पिकअप, चालक भद्रपुर-५ का ३२ बर्षीय अनिल वि.क. समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाईएको छ ।

बहु-बिबाह मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-११-०५

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले बहु-बिबाह मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । बहु-बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८|०८|२९ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना १७ दिन कैद र १० हजार रुपैया जरिवाना तोकिई फरार रहेका प्रतिबादी बिराटनगर महानगरपालिका-६ का ३५ बर्षीय राजेश कामतलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित चालक पक्राउ
२०७९-११-०५

धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको थियो ।  उक्त गाडी प्रहरीले  रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी चालक फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा फाल्गुन ३ गते सुनसरीको इटहरी-२ स्थितमा लुकिछिपी बसेको अवस्थामा चालक सहिदभूमी गाँउपालिका-४ का ३१ बर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई  सम्मानित धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०७९-११-०५

उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१२ स्थितमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ का २७ बर्षीय अजय राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन्धित औषधी सहित पक्राउ  परेका उनिहरुको सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-११-०५

झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह बुद्धशान्ती गाँउपालिका-४  स्थितमा लगु औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय  सुरज  मगरको घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN, TRAMADOL  गरी १ सय १० पत्ता  र २ ग्राम ६ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध बरामद भए संगै संलग्न सोही स्थानका ३८ बर्षीय अमृत श्रेष्ठ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो  । यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा अर्जुनधारा-३ का २४ बर्षीय ऐतराज इवा र २७ बर्षीय प्रकास खातीले बोकेको अण्डाको क्यारेट भित्र लुकाई छिपाई ल्याउदै गरेको ५ ग्राम ब्राउन सुगर फेला पारे संगै दुबै जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-११-०५

इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार सम्बर बहादुर तिवारी र १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान पुजन राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मिति २०७९।१०।१७ गते मोटरसाईकल चोरीको अनुसन्धान तथा खोज तलासको सिलसिलामा जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. १० बस्ने बर्ष २९ को मुकेश कोईराला र ऐ. वडा नं. १२ बस्ने बर्ष ३० को सुजित मग्रातीको साथबाट अटोमेटिक पेस्तोल थान १, ऐ. को म्याक्जिन थान १, ऐ. को गोली थान ६ र लागु औषध नाईट्रोसन, ब्राउन सुगर र उक्त चोरी भएको मोटरसाईकल समेत लुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको तथा १ नं. प्रदेश प्रहरी फुटबल टिमले श्री एकता शान्ति क्लव सुर्योदय ईलाममा आयोजित एकता खुल्ला लात्ते भकुण्डो प्रतियोगिता २०७९ मा प्रथम, हाङथुम क्लव मादी संखुवासभाले आयोजना गरेको प्रतियोगितामा द्वितिय र ४० औं आई.जि.पी. रनिङ शिल्ड फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।     

अवैध सामान बरामद
२०७९-११-०४

मोरङको बिराटनगर महानगरपालिका-१३ जतुवा नहर स्थितबाट अवैध सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाँउपालिका-३ सुनसरीका ४१ बर्षीय प्रेम गुरुङ रहेका छन् । आज दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को २ ह १६३६ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख ३३ हजार ५ सय बराबरको बिभिन्न प्रकारको रेडिमेड कपडा बरामद गरेको हो । बरामद भएका सामान, अटो र पक्राउ गरेको गुरुङलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अवैध मेडिकल सर्जिकल सामाग्री बरामद
२०७९-११-०४

मोरङको बिराटनगर महानगरपालिका-५ कोचाखाल स्थितबाट अवैध मेडिकल सर्जिकलका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।  आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको १ ह १३२५ नम्बरको सिटीलाई चेकजाँच गर्ने क्रममा अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकलका सामान बरामद भए सगै सिटी चालक बिराटनगर महानगरपालिका-१२ का ५६ बर्षीय शिवशंकर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएका सामान र पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।

ब्राउन सुगर सहित १ जना पक्राउ
२०७९-११-०३

मोरङको सुन्दरहरैचा नगरपालिका- १० खोर्साने चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारी पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ
२०७९-११-०२

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९|०३|३१ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ९ दिन कैद र १० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका दुहबी नगरपालिका-३ सुनसरीका ३२ बर्षीय राजन कुमार सरदारलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सरदारलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

श्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-११-०२

मोरङको बिरानगर महानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोट सहित पक्राउ गरेको हो । श्रोत नखुलेको रकम सहित पक्राउ परेका सरबरीयालाई आवश्यक कारवाहीको लागि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-११-०२

मोरङको पथरीशनिश्चरे नगरपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पथरीशनिश्चरे-६ का ३४ बर्षीय बज्र मोहन यादबले घरमा लागु औषध गाजा संचय तथा विक्रीबितरण गरिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा कोठाबाट ८ किलो ग्राम गाँजा बरामद गरेको र सोही स्थानका ४१ बर्षीय सुरेन यादबलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-११-०२

झापाको गौरीगञ्ज गाउँपालिका-३ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका-३ का १९ बर्षीय संजिव रौनियार रहेका छन ।  हिजो दिउँसो इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी गस्ति टोलीले गौरीगञ्ज-३ स्थितबाट संकास्पद अवस्थामा रहेका राजबंशीको साथबाट ७०० मिलिग्राम गाँजा बरामद गरेको थियो । राजबंशी पक्राउ परे संगै सोधपुछको क्रममा गौरीगञ्ज-३ का रौनियारबाट खरिद गरि ल्याएको भनि खुल्न आए संगै रौनियारको घरमा खानतलासी गर्दा १ किलोग्राम ९ सय २० ग्राम गाँजा बरामद भएको हो । प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण
२०७९-११-०१

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनु भएको छ ।निर्देशनकै क्रममा वहाँले सर्वोच्च शिखर सगरमाथाको नामले बिश्वमा नै परिचित जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुको सुरक्षामा बिशेष ध्यान दिन तथा आम सेवाग्राहीसँग समान व्यवहार गरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ
२०७९-११-०१

सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो । उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान-१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ गरिएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण
२०७९-११-०१

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिनु भयो । साथै वहाले आम नागरिकहरुको सुरक्षार्थको निम्ति अहोरात्र खटिई अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ति निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मजबुद बनाउन समेत निर्देशन दिनु भयो ।

अवैध खाध्यन्नका सामग्री बरामद
२०७९-११-०१

मोरङ, फाल्गुन १ गते ।मोरङको बिराटनगर महानगरपालिका-१५ बैङ्क रोड स्थितबाट अवैधरुपमा राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । गत सुक्रवार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ कि सरिता मिश्राको डेरा कोठामा राजश्व छलि गरी अबैध रूपमा लुकाई छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम (२४ बोरा), मसला ३ सय ५० प्याकेट र नरिवल ३० किलो ग्राम बरामद गरेको हो । बरामद गरिएका करिव ७ लाख ७० हजार ६ सय बरावरको अवैध खाद्य सामग्रीहरू र सरिता मिश्रा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिबिन्धित लागुऔषध सहित पक्राउ
२०७९-११-०१

मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो बिराटनगर महानगरपालिका-१५ स्थितमा लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका इटहरी उपमहानगरपालिका-३ सुनसरीका ३३ बर्षीय दिपेश राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट ४ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो भने झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर-६ का ३३ बर्षीय शिव श्रेष्ठ र ३३ बर्षीय बिजय तिवारीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-१०-२९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाको मिति २०४९|०७|१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष कैद र ५ सय रुपैया जरिवाना भई  फरार रहेका शाक्यलाई खोजतलासको क्रममा गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई  सम्मानित सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण
२०७९-१०-२९

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले आम नागरिकहरुको सुरक्षार्थको निम्ति प्रहरी अहोरात्र खटिई बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ति निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिनु भयो । साथै प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनुभयो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारूङले खोटाङ जिल्लाको समग्र बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

अवैध सामान बरामद
२०७९-१०-२९

झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मुल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ ।  हिजो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले  मेचिनगर-६ गैरी गाँउ स्थितबाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु करिव १ लाख १२ हजार बरावरको बरामद गरेको हो भने वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-५ स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ९ बोरा (३४२ किलो ग्राम) तयारी चियापत्ती बरामद गरेको हो । बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मत्यु
२०७९-१०-२९

मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३ झापाका ४४ बर्षीय राजेन गिरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षकको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको र घटना सम्बन्धमा  थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध दुर्ब्यसनिहरुलाई प्रहरीद्वारा मनोसामाजिक परामर्स
२०७९-१०-२८

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना "म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका बिभिन्न स्थानमा १३८ जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ । लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ३५ जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गर्नु भएको थियो । यसै गरी लेटाङ स्थित रहेको उज्यालो जीबन केन्द्रको भवनमा ४० जना, रंगेलीको चोप्रा स्थितमा २० जना, झापाको मेचिनगर-६ मेचि पुल स्थितमा रहेको होल्डिङ सेन्टरमा १८ जना र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा २५ जना लागुऔषध सेवन कर्ताहरुलाई प्रहरी अधिकृतहरुद्वारा मनोसामाजिक परामर्स सेवा प्रदान गरीएको हो ।

लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स
२०७९-१०-२७

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना "म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ । लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ५० जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गर्नु भएको थियो भने झापाको भद्रपुर, मेचिनगर-६ मेचि पुल स्थितमा रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा समेत गरी ३० जना लागुऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरीएको थियो ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०७९-१०-२७

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको  फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरेको हो  भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का २६ बर्षीय  लकि गुरुङ, ३२ बर्षीय कुस बहादुर भुजेल, धरान २ का काम्मराज लिम्वु र धरान ४ का ३० बर्षीय सन्जु बि.क.लाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यलयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ट्रयाक्टर दुर्घटना हुँदा बृद्धाको मृत्यु
२०७९-१०-२७

तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । मृत्यु हुनेमा म्याङलुङ-६ कि ७६ बर्षीया हर्क मोती लिम्बु रहेकि छन । हिजो राती साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को.१ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिदा ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा भान्साघरमा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्क मोती समेत घाईते भएकोमा दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको हो । अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ भने ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण
२०७९-१०-२७

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड,  लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो ।  

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-१०-२६

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-५ का २६ बर्षीय रोजन मोहोरा र २४ बर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद भए संगै नियन्त्रणमा लिएको हो । सोहि दिन बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका अग्नीसाईर कृष्णासवरण-३ सप्तरीका २० बर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

निःशुल्क स्वास्थ्य सिविर संचालन
२०७९-१०-२५

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । आज मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होम प्रा.लि.का मेनेजर मोहम्मद जियाउल हक सहित १२ जना बिशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।  शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाटी तथा आँखा रोग सम्वन्धि समस्या भएका ३९४ जना स्थानिय सर्व साधारण महानुभावहरु तथा स्थानिय प्रहरी कर्मचारीहरुले समेत निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।

लागुऔषध न्युनिकरण कार्य योजना अभियान "म सक्छु (I Can.....)"
२०७९-१०-२५

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can..)”  अभियान २०७९ सुरु गरेको छ । यसै क्रममा आज बिराटनगर महानगरपालिका-१६ मा रहेको लागुऔषध क्यान (CAN) को भवनमा करिव ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला जम्मा गरी मनो सामाजिक परामर्स दिईएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोग कर्ताहरुलाई मनो सामाजिक परामर्स प्रदान गर्नु भएको थियो । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन भईरहेको छ ।

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
२०७९-१०-२४

सुनसरीको देवानगंज गाउँपालिका-६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन । आज बिहान देवानगंज-रासी सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टि दुर्घटना हुँदा घाईते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका-५ का ४० बर्षीय प्रमोद पंडितको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने घाईते सहचालक देवानगंज-२ का ३० बर्षीय धिरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय देवानगंजबाट थप अनुसन्धान भईरहेको  छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०७९-१०-२४

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  धरान-८ का ३२ बर्षीय अर्जुन बिश्वकर्माको साथबाट ब्राउन सुगर १ ग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो भने वडा प्रहरी कार्यलय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-९ स्थितबाट धरान-१६ का उस्व राईको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक, फेनारगन, एभिल र डाईजेपाम सहित २३ एम्पुल बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

हतियार (एयर गन) सहित ४ जना पक्राउ
२०७९-१०-२४

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन । हिजो बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो । उक्त हतियार र गोली सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

रसायन तथा लागुऔषध शाखाको कार्य शुभारम्भ
२०७९-१०-२३

नेपाल प्रहरीको केन्द्रिय बिधी बिज्ञान प्रयोगशालाको शाखाको रुपमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाईमा रसायन तथा लागु औषध शाखाको कार्य शुभारम्भ भएको छ । १ नब्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतमा शुभारम्भ कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाई धरान अन्तर्गत रसायन तथा लागु औषध शाखाको कार्य शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्नु भई प्रदेश प्रहरी प्रमुख ज्ञवालीले उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला र अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।   

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
२०७९-१०-२३

झापाको अर्जुनधारा नगरपालिका-८ का ३३ बर्षीय मनोज बस्नेतलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उदयपुरको रामपुर-२ घर भई उक्त स्थानमा बस्दै आएका बस्नेत र श्रीमती ४५ बर्षीय कल्पना पोखरेल बिच गत शनिबार सामान्य घरायसी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमतीको हत्या गरेको र घटनालाई ढाकछोप गर्न नजिकै रहेको चौरमा खाल्डो खनेर पुरेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।  बस्नेत पक्राउ परेसंगै गाडेको ठाउबाट लाश उत्खनन गरी शव परिक्षणको लागी वि.पि. कोईराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरान पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-१०-२३

सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । हिजो साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा घाईते भएका साईकल यात्री कार्कीको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो । घटनामा संग्लन ठक्कर दिने मोटरसाईकल चालक संखुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-२२

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी १ जना पक्राउ गरेको छ । सम्मानित उच्च अदालत पाटनको मिति २०७८।०८।२४ गतेको फैसला आदेशले ६ दिन कैद र ४५ लाख रुपैया जरिवाना र  सोही अदालतको मिति २०७८।०७।१५ गतेको फैसला आदेशले १ दिन कैद र ३ लाख रुपैया जरिवाना बेरुजु रही फरार रहेका बिराटनगर महानगरपालिका-५ का ३५ बर्षीय मो. ज्याउर रहमानलाई खोजतलासको क्रममा गाउँघरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रहमानलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले कैद भुक्तानको  लागि मोरङ कारागार पठाएको छ ।

प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण
२०७९-१०-२२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ ।निरीक्षण भ्रमणको क्रममा वहाँले केन्द्रका सम्पुर्ण शाखाहरु, मेश तथा ब्यारेकहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।यसका साथै वाहाँले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै कार्यक्षेत्रमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।

ब्राउन सुगर सहित ५ जना पक्राउ
२०७९-१०-२२

झापाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो खटिएको प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित घरैबाट झापा कमल गाऊपालिका ३ का ३५ बर्षीय राज कुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित झापा भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थितबाट  सोही स्थान सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई र २० बर्षीय संदेश बास्तोला, ५ ग्राम ब्राउन सुगर सहित झापा गौरीगञ्ज गाऊपालिका १ भाङडाँडा स्थितबाट झापा शिबसताक्षी नगरपालिका ६ बस्ने ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ बर्षीय बिकाश श्रेष्ठलाई पक्राउ गरिएको हो ।पक्राउ परेका पाचै जनाको थप अनुसन्धान भईरहेको छ ।

करेन्ट लागेर महिलाको मृत्यु
२०७९-१०-२०

ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । हिजो अपरान्ह बाख्रा चराउन गएकि सुकमाया  अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृत अबस्थामा फेला परेकि हुन । बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा सुकमाया फेला परेको भनि स्थानियले अस्थायी प्रहरी चौकी फुलबारीमा जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटि घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लागुऔषध गाँजा सहित ५ जना पक्राउ
२०७९-१०-२०

सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट बिराटनगर तर्फ आउदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो । टेम्पोमा गाँजा बरामद भए संगै अटो चालक इटहरी उपमहानगरपालिका-११ का ३७  बर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी-१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेललाई पक्राउ गरेको हो भने अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी-१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका-५ का २३ बर्षीय मिथिलेस यादब समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

पेस्तोल ,लागुऔषध र चोरीएको मोटरसाईकल सहित ३ जना पक्राउ
२०७९-१०-१९

चाईनिज पेस्तोल, गोली, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । ईटहरी-१५ का ३० बर्षीय सुजित मग्राति माझी र ईटहरी १० का १९ बर्षीय मुकेश कोईरालाले चोरीको मोटरसाईकल कुदाई रहेको र पेस्तोल समेत रहेको भनी सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले बुधवार राती ७ बजे दुबैजनालाई ईटहरी-१२ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ थान चाईनिज पेस्तोल, सोही पेस्तोमला लाग्ने ६ राउण्ड गोली, १५० मिलिग्राम ब्राउनसुगर, र नाईट्रोसन ट्याब्लेट तथा प्रदेश नं. १-०२-०४३ प ६८९७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । यसैगरी ईटहरी-११ का ३३ बर्षीय मणी कुमार राईलाई मोटरसाईकल चोरी गरेको आरोपमा चोरी भएको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते ईटहरी-१ बाट मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १-०२-०४६ प ३१२९ नम्बरको बुलेट मोटरसाईकल सहित राईलाई पक्राउ गरेको हो । हतियार र मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-१०-१९

झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो दमक-२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक-२ का२२ बर्षीय बिजय धिमालको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैया, ४ थान  मोवायल र  को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १-०२-०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण
२०७९-१०-१८

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले  समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्न प्रहरीले  समय समयमा लामो तथा छोटो गस्तिहरु खटाउने, ट्राफिक आवागमनलाई सहज बनाउने र  बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्नका साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र सेवाग्रहीसँग समान व्यावहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण
२०७९-१०-१८

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले  धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको पहाडी जिल्ला पाँचथरमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले  समय समयमा लामो तथा छोटो गस्तिहरु खटाई आम नागरिकहरुको सुरक्षार्थमा खटिन तथा बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालनगरी आम नागरीकहरुमा सचेतना फैलाउनुका साथै सेवाग्रहीसँग समान व्यावहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।    

चोरीको सामान सहित १ जना पक्राउ
२०७९-१०-१८

सुनसरीको इटहरी उप-महानगरपालिका-६ को कविर माध्यमिक बिद्यालयबाट सोमबार ल्यापटप-२ थान र टि.भी-१ थान चोरी गरी तत्काल फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सि.सि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा हिजो दिउँसो १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समान सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको राईको ईलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०७९-१०-१८

झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ पर्नेहरुमा  बिर्तामोड नगरपालिका-९ का २२ बर्षीय अर्जुन आले र ३८ बर्षीय कृष्ण लिम्वुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ब्राउनसुगर  सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१६ स्थितमा भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा आउदै गरेका पैदल यात्री धरान-१३ का २० बर्षीय शुक्र भुजेल, २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो । यसै गरी उदयपुरको प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका-४ स्थितमा चेकजाँचको क्रममा बेलका नगरपालिका-३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण
२०७९-१०-१७

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले  धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले  समय समयमा लामो तथा छोटो गस्ति निकाली आम नागरिकहरुको सुरक्षार्थमा खटिन तथा बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालनगरी आम नागरीकहरुमा सचेतना फैलाउनुका साथै सेवाग्रहीसँग समान व्यावहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-१०-१७

झापा र सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ केराबारी स्थित संकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्नेक्रममा रामधुनि नगरपालिका-३ का २७ बर्षीय करण कुमार चौधरीको साथबाट २.७९ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने सोही दिन झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितबाट प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री ३२ बर्षीय सन्तोष बिश्वकर्माको साथबाट डाईजेपाम र फेनारगन २१ एम्पुल फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको सम्बन्धमा सम्बन्धीत कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-१०-१६

मोरङको सुन्दरहरैचा नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका सवा ७ बजे प्रदेश नम्वर १-०२-००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बुढीगँगा गाउँपालिका-७ मोरङका ३२ बर्षीय सुमित खवासलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी-२ का ३५ बर्षीय धिरेन राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहरेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०७९-१०-१५

झापा र मोरङका तिन  छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । यसैगरी झापाकै दमक नगरपालिका-१ को कुमाल चोकमा रहेको एक होटलमा लागुऔषध ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका-४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक-३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका-३ घर भई दमक-९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोवायल बरामद गरेको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट धरान-१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका-७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित शनिवार साँझ पक्राउ गरेको हो ।  लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ
२०७९-१०-१५

भोजपुरको अरुण गाउँपालिका-२ का ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको र बादबिबादकै क्रममा रिशको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भन्ने सूचना पाए संगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

छोराले कुटपिट गर्दा बुबाको मृत्यु
२०७९-१०-१५

संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेम कुमार राईलाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्याबस्थापन कार्यालय ईटहरीको निरीक्षण
२०७९-१०-१३

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार गरी कार्य गर्न निर्देशन दिनुभयो । अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य नगर्न र त्यस्तो आचरण बिपरित कार्य गर्नेलाई क्षम्य नहुने प्रदेश प्रहरी प्रमुख ज्ञवालीले बताउनु भयो ।साथै सवारी दुर्घटना  न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्ने तथा सवारी चालक, पैदल यात्रीहरुलाई ट्राफिक प्रशिक्षण दिई सवारी दुर्घटना न्युनिकरण गरी जन धनको क्षेति नहुने गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत वहाँले निर्देशन दिनु भयो ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण
२०७९-१०-१३

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।कार्यरत कर्मचारीहरुलाई दैबिक प्रकोपको बिपदमा परेका नागरिकहरुको उद्दारमा अहम भुमिका निर्वाह गर्न र विभिन्न किसिमका दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दै कार्य गर्न बताउनुभयो ।साथै वहाँले बिपद ब्यबस्थापनमा गणको उल्लेखनिय भुमिका रहेने हुँदा २४ सै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।

प्रतिबन्धित लागु औषध सहित पक्राउ
२०७९-१०-१३

झापाको कन्काई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । हिजो राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो । उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण
२०७९-१०-१२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड,  लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयलले प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जिल्लाको बस्तु स्थितिको बारेमा अवगत गराउनु भएको थियो ।  

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०७९-१०-१२

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान उप-महानगरपालिका-८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो भने सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाईते भएका सहचालक सुन्दरहरैचा-७ का २२ बर्षीय श्याम बहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । यसै गरी सुनसरीको ईटहरी-१२ स्थित कोशी लोकमार्गमा प्रदेश १-०४-००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढी गाउँपालिका-१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

अवैध सामान बरामद
२०७९-१०-११

झापाको सिमावर्ती क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरि निकासी गरी नेपाल भित्र्याउदै गरेको र भारत तर्फ लैजादै गरेको अवस्थामा किराना लगायत  ढाकाको बिभिन्न प्रकारका कपडाहरु फेला पारी प्रहरीले बरामद गरेको छ । हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर-७ धनकुटेलि बस्ती स्थितबाट अन्दाजी ५० हजार र ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१० स्थितबाट २ लाख ७५ हजार बराबरको किरानाका सामान बरामद गरेको हो भने ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट ५० हजार बराबरको बिभिन्न प्रकारका ढाकाको कपडाहरु नेपालबाट भारत तर्फ लैजादै गरेको अवास्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०७९-१०-११

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर -१६ दक्षिण गेट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका गौरादह नगरपालिका-९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक-४ एम्पुल, ऐभिल-४ एम्पुल, फेनारागन-४ एम्पुल र डाईजोपाम- ४ एम्पुल फेला पारी पक्राउ गरेको हो । त्यसै गरी बिराटनगर-१५ स्थितमा  लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML- २० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका-१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका-६ धनकुटाका २८ बर्षीय आशिष लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०७९-१०-१०

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन साथै भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउनका साथै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७९-१०-१०

झापाको मेचीनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-१०-०९

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ ।  

पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-१०-०८

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिइएको, लिम्चुङबुङ गाउपालिका-२ कि अपाङ्गता महिलालाई पटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुर बमोजिमको मुद्धा दायर गरी पिडित महिलाको उद्धार गर्न भुमिका निर्वाह गरेको तथा मिति २०७९ पौष २७ गते  मोरङको बिराटनगर-७ जलजला चौक स्थितबाट बिराटनगर महानगरपालिका-१७ का रवी प्रकाश साहलाई श्रोत नखुलेको नेपाली रकम ७ लाख ९ हजार र को.२९ प ७९८४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गर्नुको साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले दुबै जनालाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।    

लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०७९-१०-०८

धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट  ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका-१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै उक्त बस र बसका चालक सुन्दरहरैचा-५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका-७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका-५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।यसैगरी हिजो बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका-११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका-४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई  प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-१०-०८

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । आज बिहान भएको कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव चुस्त दुरुस्त भई परिचालन हुन निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिनु भएको छ । साथै सङ्गठनको उद्देश्य तथा गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण
२०७९-१०-०७

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन साथै भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो ।निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-१०-०६

झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका-६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका-५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।गुरुङलाई हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो । उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ । यसै गरी रेवन बराईलीको हिजो अपरान्ह ४  बजे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट लागुऔषध ब्राउन सुगर ९९० मिलीग्राम सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संलग्न १ जना पक्राउ
२०७९-१०-०६

सुनसरीको धरान उपमहानगरपालिका-५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ  गरेको छ । पक्राउ पर्नेमा धरान-५ का ३५ बर्षीय (बिकास) भन्ने  हर्क बहादुर राई रहेका छन ।हिजो बिहान राईले छिमेकी ४९ बर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा बुढाथोकीको घटना स्थलमा नै मृत्यु भएको थियो भने स्थानिय ३५ बर्षीया गोमा खडकालाई समेत खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घाईते गोमा खडकाको धरान घोपामा उपचार भईरहेको छ भने खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
२०७९-१०-०५

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह एक बिशेष कार्यक्रमको आयोजना गरी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम लाल ज्ञवालीले पत्रकारहरु सगं भेटघाट तथा अन्तरक्रिया गर्नु भएको हो । भेटघाट कार्यक्रममा  ज्ञवालीले १ नम्बर प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको  फर्छौड, फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याउनु साथै लागुऔध नियन्त्रणको लागि अभियान संचालन गरिने कुरा बताउनु भयो । कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख ज्ञावलीले प्रस्ट  पार्नु भएको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा  १ नम्वर प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण
२०७९-१०-०४

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्रिस्तर) को यही पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट यस कार्यालयमा पदस्थापना हुनु भएका  प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आजै कार्यभार सम्हाल्नु  भएको हो । बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ । यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु  भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास
२०७९-१०-०२

१ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ । आज बिहान ९ बजे विराटनगर २ स्थितमा रहेको खालि स्थानमा भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्धारा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो ।भुकम्प दिवसको अबसरमा गरिएको उक्त कार्यक्रममा १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतबाट अभ्यास तथा विपदका सामाग्रीहरु अवलोकन गर्नु भएको थियो । मानवको वहसमा नभएको प्रकोप जुनसुकै बेला पनि हुनसक्ने हुनाले यसले पुर्याउने क्षेतीलाई न्युनिकरण गर्नका लागी गरिएको अभ्यासमा महानगर प्रहरी विराटनगर र रेडक्रस समेतको उपस्थिती रहेको थियो ।

न्यानो कपडा बितरण
२०७९-०९-३०

बिराटनगर महानगरपालिका-१६ स्थित मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघद्वारा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । आज बिहान १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा गरिव तथा असहाय परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्याक सुट) बितरण गरिएको हो । "सेवा नै धर्म हो" भन्ने भावनाका साथ Aureo  प्राईभेट लिमिटेड, उषा गिरी र  सामाजिक अभियान्ता राहुल भट्टराईको सहकार्यमा श्रीमती संघद्वारा न्यानो कपडा बितरण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०७९-०९-२९

मोरङको बिराटनगर महानगरपालिका-१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउदै गरेको फिदिम नगरपालिका-४ पाँचथरकी २० बर्षीया एन्जिला सुजीलाई शंकास्पत अवास्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक-३ एम्पुल,डाइजोपाम-३ एम्पुल ,फेनारागन-३ एम्पुल, एभिल-३ एम्पुल,नाइट्राभेट- ३० चक्की, सुई-३ थान र स्पास्मो प्रोक्सिवन-२ चक्की फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका उनिको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानाबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०९-२८

मोरङको बिराटनगर महानगरपालिका-७ स्थितबाट  श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  बिराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट बिराटनगर-१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र  को.२४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो । श्रोत नखुलेको रकम सहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ
२०७९-०९-२८

झापाको अर्जुनधारा नगरपालिका-९ स्थितबाट श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा-९ स्थितमा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका-१ भोजपुरका ३५ का  बिश्वराज घिसिङ रहेका छन । घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा तात्तिले पेटमा हानेका थिए । श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृत्यु भएको थियो । लात्ति हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०७९-०९-२६

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT)  समुहको प्रहरी टोलीले बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दाको एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-९ बस्ने ४४ बर्षीया सिता कुमारी भेटवाल पोखरेल रहेकी छिन् । बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७९|०३|०१ गरेको सजाय निर्धारण फैसला आदेशले ५ लाख रुपैया जरिवाना र चेक अनादर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवाको मिति २०७९|०२|२७ गतेको सजाय निर्धारण फैसला आदेशले ३ महिना कैद, ३ हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेकी पोखरेललाई गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ
२०७९-०९-२६

मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  शहिदभुमि गाउँपालिका-२ का ३६ बर्षीय टेक बहादुर राई र कागेश्वरी मनहरा नगरपालिका-२ काठमाण्डौका ४० बर्षीय प्रकाश चन्द्र राई , लेटाङ नगरपालिका-२ का २४ बर्षीय हेमन लिम्बु, लेटाङ नगरपालिका-३ का २५ बर्षीय सुजन लिम्बु, ईटहरी उप-महानगरपालिका-१० का १९ बर्षीय संदिप चौधरी  र बर्जु गाउँपालिका- ४ का २४ बर्षीय रोहित पौदार रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेक बहादुर राई र प्रकाश चन्द्र राईलाई बिराटनगर-१५ बाट ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर तथा हेमन लिम्बु र सुजन लिम्बुलाई बिराटनगर-१६ बाट लुपिजेशिक-४ एम्पुल, एभिल-४ एम्पुल, डाईजेपाम- ४ एम्पुल, फेनरगन- ४ एम्पुल,NITRAZEPAM-१० चक्की सहित सहित सोमबार दिउँसो पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०/२० चक्की सहित पक्राउ गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागुऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिक सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध समान बरामद
२०७९-०९-२६

झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, ईलेक्ट्रोनिक्स समानहरु, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ । तिन वटै जिल्लाका सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट अन्दाजी १ लाख ७३ हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको हो । यसैगरी मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको र झापा जिल्लाबाट १ लाख १५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको छ ।  बरामद भएका अवैध सामग्रीहरु आवश्यक कारवाहीको सम्बन्धीत भन्सार कार्यालयहरुमा बुझाईएको छ ।

अबैध समान बरामद
२०७९-०९-२५

सुनसरीको सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तरगत रहेका प्रहरी इकाईहरुबाट सिमावर्ति इलाकाहरुमा परिचालित प्रहरी गस्ती टोलीले उक्त अवैध सामाग्रीहरु बरामद गरेको हो । बरामद गरिएका करिव २ लाख ४० हजार ९ सय  बरावरको अवैध सामग्रीहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशीब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०७९-०९-२५

मोरङ र सुनसरी छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका-२ माझि टोल स्थित हिजो बेलुका ९ बजे अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० बर्षीय सन्जिब सहनी र चुलाचुली गाउपालिका-१ ईलामका १६ बर्षीय ममता देवानको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ८१ क्यापसुल र स्पानसिप ८१ चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१३ सुम्निमा चोक स्थित ४७ बर्षीय राम गुरुङको घरमा लुकाई छिपाई गाँजा राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुह र ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घर कोठा भित्र र गुरुङले प्रयोग गर्ने को १ ह १८५६ नम्बरको अटोमा समेत गरी १७ केजी गाँजा फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०९-२५

झापाको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो दिउसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका-७ स्थित २३ बर्षीय ओम पोर्तेललाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा पोर्तेलको साथबाट लागुऔषध खैरो हिरोईन १ ग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यसै गरि हिजो अपरान्ह ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका-४ स्थित २२ बर्षीय महमद सवर अन्सारीको साथबाट ब्राउन सुगर १६ ग्राम ६ सय मिलिग्राम फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिलाई-कटाई तालिमको समुदघाटन तथा सौन्दर्यकला तालिमको समापन
२०७९-०९-२२

१ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयता तथा प्रदेश प्रहरी कल्याण कोषको लगानीमा संचालित सिलाई-कटाई तालिम १० औ समुहको समुदघाटन भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको सभाहलमा आज आयोजित एक बिशेष कार्याक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कल्पना गिरीले बिधिवत रुपमा तालिमको समुदघाटन गर्नु भएको हो । ६ महिना अवधिको उक्त तालिममा नेपाल प्रहरीका बहालवाला, पुर्व तथा अमर/अशक्त प्रहरी परिवारका आश्रीत परिवारहरुको सहभागिता रहेको थियो ।साथै वहाले आर्य ब्युटि आर्ट एन्ड एकेडेमी धरानमा प्रहरी कल्याण कोषको लगानीमा संचालित सौन्दर्यकला तालिमको समापन समेत गर्नु भएको छ । सौन्दर्यकला तालिम चौथो समुहमा सहभागी भएका २४ जना प्रशिक्षार्थीहरुलाई सभाहलमा प्रमाण पत्र वितरण गर्नु भएको हो । तालिमको समुदघाटनको क्रममा प्रमुख अतिथि श्रीमती गिरीले यस किसिमको सिपमुलक तालिमले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका आश्रीत परिवारमा सिपको बिकास भई आर्थिकोपार्जनमा टेवा पुग्ने बिश्वास लिएको बताउनु भयो ।कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु र तालिममा सहभागिता हुने प्रहरी परिवारहरुको समेत उपस्थिति रहेको थियो ।  

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०७९-०९-२२

झापाको दमक नगरपालिका-२ खरखरे स्थितबाट ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-२ का ३६ बर्षीय सन्तोष राजवंशी, ३६ बर्षीय लिला कुमार बुढाथोकी, २८ बर्षीय केशव धिमाल र ३१ बर्षीय सन्दिप लिम्बु रहेका छन् । हिजो साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले संकित अवस्थामा रहेका उनिहरुलाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम फेला परेको थियो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले को १४ प  ७७८४ र मे ८ प ३०६६ नम्बरको २ वटा मोटरसाईकल तथा बिभिन्न कम्पनिको ५ थान मोवाईल फोन समेत बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको  छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०९-२१

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका-५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १-०१-०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई  घाईते भएका मोटरसाईकल चालक मिक्कलाजुङ-७ मोरङका ३८ बर्षीय नरेन्द्र सेलिङको उपचारको लागि लाईफलाईन अस्पताल दमक तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने मोटरसाईकलमा सवार शिवसताक्षी-९ का २४ बर्षीय मनोज लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरि मोरङको उर्लाबारी नगरपालिका-७ स्थित इटहरी सडक खण्डमा प्रदेश १-०२-०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा घाईते भएका पैदल यात्री ६५ बर्षीय खड्का बहादुर लिम्बुको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने स्कुटर चालक ईलामका ३५ बर्षीय सन्तोष लिम्बु, ओखलढुङ्गाका २४ बर्षीय तेजराज कटुवाल र  मोरङका १८ बर्षीय उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०९-२१

झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सोही दिन दमक- ९ स्थित रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०७९-०९-२०

झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका - ६ भट्टराई चौकबाट स्थानीय २८ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-७ का २३ बर्षीय बामदेव मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०९-१९

झापाको बुद्धशान्ति गाउँपालिका-३ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज दिउँसो साढे १ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको को २० प ३२७८ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक केराबारी गाँउपालिका-८ मोरङका २१ बर्षीय योसन लिम्बु र उक्त मोटरसाईकलमा सवार बेलबारी नगरपालिका-४ की १७ बर्षीय लिला श्रेष्ठ घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल पठाईएकोमा मोटरसाईलक चालक लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाईकलको पछाडी सवार रहेकी श्रेष्ठको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ट्याक्टर चालक रोङ गाँउपालिका-४ इलामका ३३ बर्षीय डिल्ली बहादुर लेप्चालाई नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०९-१८

मोरङको रंगेली नगरपालिका-१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.) गाँजा फेला पारी ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउपालिका ‍२ का २९ बर्षीय बेचन भन्ने हस्त राई सहित प्रदेश नम्बर १-०२-०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु
२०७९-०९-१८

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै  गरेको साईकल यात्री बराहक्षेत्र-१० का २१ बर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत-९ का २३ बर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलिको चक्काले साईकलयात्री ठाकुरलाई  घिसार्दा घाईते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०९-१८

झापाको शिवसताक्षि नगरपालिका- ११ दुधे स्थित जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो साढे २ बजे वनबाट ४ वटा जंगली हात्ती आई बल्कबाट बनेको एक तले घर भत्काउँदा घर भित्र भएका ७१ बर्षीय श्रीमान शान्तिराम भण्डारी र ६१ बर्षीय श्रीमती कृष्ण माया भण्डारी घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागि दमक अस्पताल लागिएको अवस्थामा श्रीमती भण्डारीको मृत्यु भएको र श्रीमानको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । हात्तीलाई प्रहरी र स्थानियाहरुको सहयोगमा धपाईएको  छ ।

मोटसाईकल तथा स्कुटर चोरीमा संग्लग्न ४ जना पक्राउ
२०७९-०९-१८

जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पौष १४ गते राती बिराटनगर महानगरपालिका-९ ठाकुरवाडी रोडबाट प्रदेश नं.-०१-०२-०४२ प ३७७७ नम्बरको NS मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका -७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका -७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका-१९ का २१ बर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन बिराटनगर-८ मधुमाराबाट प्रदेश नं.-०१-०२-००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई चोरी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बेवारिसे बालकको उद्दार
२०७९-०९-१७

झापाको बुद्धशान्ति गाउँपालिका- ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ । आज दिउँसो बुधवारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनिहरुलाई उद्दार गरेको हो । उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (VOC) मा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ
२०७९-०९-१७

मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट AVIL- 26, DIAZEPAM- 20, DIAZELAB- 5 र स्टिकर नभएको - २५ एम्फुल फेला पारी  प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट- ५० ट्याप्लेट फेला पारी चालक बिराटनगर- १२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी-३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा-१० का २३ बर्षीय दिपेश थापालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ
२०७९-०९-१४

उदयपुर र ईलामाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ शान्तीधाम स्थितमा चेकजाँच गर्ने क्रममा नाईट्राभेट  -१३ एम्पुल, डाइजेपाम-८ एम्पुल, फेनारागन-८ एम्पुल र ब्रुप्रिर्नोफीन-७ एम्पुल फेला पारी १८ बर्षीय पप्पु मल्लिकलाई पक्राउ गरेको हो । यसै गरी ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थित ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा ३८ प ४४९० नम्बरको मोटरसाईकल चालक ३१ बर्षीय सोम राईले बोकेको लेदरको ब्याक भित्राबाट प्लाष्टिकले बेरेर राखेको अवस्थामा ७ पोका(५४५ मिलि ग्राम) ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको दुबै जनाको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०७९-०९-१४

१ नम्बर प्रदेश प्रहरी कार्यालय (RIT) समुहको प्रहरी टोलीले लागुऔषध गाँजा मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरतपालिका-१३ सुनसरीका ३४ बर्षीय गुमान राई रहेका छन् । लागुऔषध गाँजा मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/११/२३ गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना ४ दिन कैद र ५ हजार ५ सय रुपैयाँ जरिवान बेरुजु रहि फरार रहेका राईलाई गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय दोभानको नव-निर्मीत भवनको समुद्घघाटन
२०७९-०९-१४

ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको नव-निर्मीत कार्यालय भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट समुद्घाटन भएको छ ।  कार्यालयको हाता भित्र आज भएको एक बिशेष कार्यक्रमका बिच गिरीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक गिरीले  २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मेचारीहरुलाई भौतिक सुविधा सम्पन्न भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । साथै वहाले भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुने ब्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गर्नु भएको थियो । १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित रकम २ करोड ५७ लाख ५६ हजार ३ सय ४७ रुपैँया लागतमा भवन निर्माण सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरिक्षण
२०७९-०९-१४

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरिक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरिक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा उहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्ने र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सहि सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो ।

नव निर्मित प्रहरी कार्यालयको समुद्घाटन
२०७९-०९-१२

ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।  भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।  नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।

कम्प्युटर तथा ड्राईभिङको तालिमको समुद्घाटन
२०७९-०९-१२

१ नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा CTEVT द्धारा मान्यता प्राप्त जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.ली.को प्राबिधिक सहयोगमा कम्प्युटर र ड्राईभिङ तालिमको समुद्धाटन भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा पौष ११ गते उद्घाटन भएको उक्त तालिममा नेपाल प्रहरीका बहालवाला, पुर्व तथा अमर/अशक्त प्रहरी परिवारका आश्रीत परिवारहरुको सहभागिता रहेको छ । दुबै तालिम मध्ये कम्प्युटर तर्फ महिला २९ र पुरुष १९ गरी कुल ४८ जना तथा ड्राईभिङ तर्फ १५ जनाको सहभागिता रहेको  छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्यबिभाग प्रमुख प्रहरी नायव महानिरीक्षकबाट प्रहरी कर्मचारीहरुलाई निर्देशन
२०७९-०९-०९

नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरबाट १ नम्वर प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा स्थलगतरुपमा खटिई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । वहाँले जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरलाई कानुनको परिधिमा रही प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी कार्य गर्न र सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरीकहरुको जिउ धनको सुरक्षामा खटिन तथा राजश्व चुहावट नियन्त्रण गर्न समेत कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले धन्यवाद ज्ञापन सहित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

जेठाजुको हत्यामा संलग्न बुहारी पक्राउ
२०७९-०९-०९

झापाको  कनकाई नगरपालिका-४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका-४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन । पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा रनमाया बास्तोलाले पुस ६ गते मृतक बस्तोला संगै घाँस काट्न गएको बेला हँसिया प्रहारी गरी  हत्या गरेको खुल्न आएको छ ।  पुस ८ गते हत्यामा प्रयोग भएको हँसिया सहित पक्राउ परेकि रनमायाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

करेन्ट लागेर श्रीमतीको मृत्यु श्रीमान घाईते
२०७९-०९-०८

उदयपुरको त्रियुगा नगरपालिका-१५ ज्यामिटार स्थितमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकि छन । हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागि घटना स्थलमा नै मृत्यु भएको थियो भने उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाईते भएका थिए । घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

ट्रकको ठक्करबाट सहचालकको मृत्यु
२०७९-०९-०६

तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७  स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । हिजो बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो ।  ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको  हो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०७९-०९-०५

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले  पक्राउ  गरेको छ । सोमवार मोरङको बिराटनगर महानगरपालिका -१५ ढाट स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका-६ का २० बर्षीय पुजन लिम्बुको साथबाट NITRAZEPAM- 50 चक्की फेला पारी नियन्त्रणमा लिएको हो भने आज बिहान ३ बजे सुनसरीको बर्जु गाउपालिका ६ स्थितमा ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले बाटोको साईटमा राखीएको प्रदेश नम्बर १-०२-०४३प९९३४  नम्बरको पल्सर मोटरसाईकलमा राखीएको कालो ब्यागमा ४० के.जी गाँजा फेला पारी बरामद गरेको हो । बरामद गरेको लागु औषध र पक्राउ परेको लिम्बुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुबाट  थप अनुसन्धान भइरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु ५ घाईते
२०७९-०९-०४

उदयपुरको कटारी नगरपालिका-१० पालसिंह भित्री सडकखण्डमा दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आज बिहान रुपाटारबाट कटारी तर्फ आउदै गरेको प्रदेश २-०१-००१ च ००५० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ताप्ली गाउँपालिका-१ का ६५ बर्षीय मिन बहादुर सार्कीको उपचारको  क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो भने घाईते भएका ताप्ली- २ का ३० बर्षीय फडिन्द्र श्रेष्ठ, ७ बर्षीय भवानी श्रेष्ठ, २ बर्षीय भुमिका श्रेष्ठ, ताप्ली- ५ का २३ बर्षीय सुमित्रा गिरि र ताप्ली- ४ का ४५ बर्षीय झगड बहादुर बिश्वाकर्मको सोही अस्पतालमा उपचार भईरेको ईलाका प्रहरी कार्यालय कटहरीले जनकारी दिएको छ । घटनामा संलग्न रहेको चालक ईश्वर नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

अवैध सामान बरामद
२०७९-०९-०४

मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । हिजो राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैया मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अवैध सामान बरामद
२०७९-०९-०४

मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । हिजो राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैया मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अवैध सामान बरामद
२०७९-०९-०४

मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । हिजो राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैया मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एक दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन
२०७९-०९-०३

नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. बिराटनगरको सहकार्यमा एक दिने बृहत  नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा बत्ती बालेर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत,जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ । शिविरमा भिडियो एक्सरे, ई.सी.जी. बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा रहेको उक्त शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो । एक दिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु , पुर्व प्रहरी, अमर/अशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३७१ जनाले नि:शुल्क स्वास्थ्य सेवालिएका थिए ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-०८-२९

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले WB74 BF 5817  नम्वरको स्कुटरमा सवार रहेका भारत  दार्जिलिङका २८ बर्षीय मनोज गिरी र  ३० बर्षीय प्रमोद कुमार राउतलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउनसुगर बरामद गरेको हो भने लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ स्थितमा भारत बाट नेपाल आउदै गरेको प्रदेश १-०४-००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका छथरजोरपाटी गाउपालिका-१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ का १९ बर्षीय  सुमन तामाङलाई ०.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०७९-०८-२९

सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप- महानगरपालिका-१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन- २४८ ट्यावलेट र  ट्रामाडोल- ३३० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो भने यसै गरी  ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान-५ का  २६ बर्षीय अमन राई र धरान-३ का ३४ बर्षीय मन कुमार श्रेष्ठलाई ट्रामाडोल- ६०३९ ट्रयाव्लेट, स्पास्पेन- ४१४० ट्याव्लेट,  डाईजेपाम- १५६ एम्पुल र  नगद ६५ हजार ९ सय ४४ रुपैँया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ६ जनालाईआवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आगोले जली बृद्धा महिलाको मृत्यु
२०७९-०८-२९

पाँचथरको फिदिम नगरपालिका-१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् ।  फिदिम-१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बुधबार बिहान घरबाट धुवा निस्केको स्थानिय मानिसले देखि  तत्काल घर भित्र गई हेर्दा बृद्धा महिलाको शरिरमा आगो सल्केको देखि पानी खन्याई आगो नियन्त्रण गरेको भन्ने खबर प्राप्त हुनासाथ घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली खटि गएको थियो ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७९-०८-२८

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि गिरीले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एबम् प्रविधिमैत्री बनाउदै केन्द्रको  सम्पुर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।समयको परिवर्तन संगसंगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो । वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो । यसैगरी प्रहरी नायव महानिरीक्षक गिरीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत ‍गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो । कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताउनु भयो । बार्षिक उत्सब कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव श्रीमती अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक, लगायत प्रहरी अधिकृत  तथा जवानहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नागरिक मैत्री प्रहरी सेवा प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन
२०७९-०८-२५

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नागरिक मैत्री प्रहरी सेवा प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन भएको छ । आज बिहान प्रहरी उपरीक्षक नविनराज राईको प्रमुख आतिथ्यतामा “प्रहरी कार्यालयमा नागरिक सेवा प्रवाह प्रभावकारी बनाउने सम्बन्धि अनुशिक्षण प्रशिक्षक प्रशिक्षण तालिम”को उदघाटन भएको हो  । तीन कार्य दिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक ३७ जना समेत गरी ४१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । नेपाल प्रहरीको कार्ययोजना अनुसार कार्य सम्पादन सम्झौता बमोजिम प्रहरी कार्यालयहरुको सेवा नागरिक मैत्री बनाउने उदेश्य अनुरुप उक्त अनुशिक्षण तालिम प्रहरी कर्मचारीहरुलाई प्रदान गरिएको हो ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु ४ घाईते
२०७९-०८-२५

सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्क बहादुर राई  रहेका छन, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश १-०२-०४३ प १७१, को.३८प ९२१० र  को. १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र-१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा-२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०७९-०८-२३

 दुई छुट्टा छुट्टै मुद्धाका फरार प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय  RIT  बाट खटीएको  प्रहरी टोलिले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन बिगो मुद्दाका मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने ५५ बर्षीय महेन्द्र कुमार कामत र औषधिको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दाका सुनसरी धरान उप-महानगरपालिका वडा नम्बर ०३ माछाभौडी बस्ने २८ बर्षीय सिजन राई रहेका छन् । उनिहरुलाई प्रहरी टोलीले खोजतालस गर्ने क्रममा गाऊघरमै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा बिगो बराबरको रकम सम्मानित अदालतमा बुझाई सम्मानित अदालतले थुना मुक्त गरेको छ भने राईलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले  कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ । फरार रहेका कामतको लेनदेन बिगो मुद्दामा सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७९।०६।०९ गतेको फैसला बमोजिमको बिगो रकम दाखिला नगरेको हुँदा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम सम्मानित मोरङ जिल्ला अदालतको चलानी नं. ७६३, मिति २०७९।०६।०९ गतेको पत्रानुसार १ बर्ष कैद भई बिगो नं.२५९/६४० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो भने राईको औषधिको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९।०३।२० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ३ दिन कैद र रु.१०,०००/- (दश हजार) जरिवाना भई लगत नं. १६८९ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो ।

लागुऔषध सहित १ जना पक्राउ
२०७९-०८-२३

मोरङको बिराटनगर महानगरपलिका - १३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् ।हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- 3 बोतल,  ESKUL 100ML- 2 बोतल र  SPAMO PROXYVON PLUS- 18 क्याप्सुल लागुऔषध फेला परेको थियो ।पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।  

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण
२०७९-०८-२०

नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ । आज बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई  व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न  र सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनु भयो ।निर्देशनकै क्रममा सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकिय जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । साथै अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र दैविक बिपत्तिहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।  जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण तथा निर्देशनको क्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला  तथा नेपाल प्रहरी रा.सु. तथा ट्रा.ब्य.का. इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो समेतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव निर्मित भवनको समुदघाटन
२०७९-०८-१९

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट समुदघाटन भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको परिसरमा आज भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवनको समुदघाटन गर्नु भएको हो । भवन समुदघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंहले नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको अव्यक्त पीडाहरूको अन्त्य भई थप हौसला मिल्नुका साथै यसले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पारेको कुरा बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंहले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नु हुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रहरीलाई सुबिधा सम्पन्न भवन प्राप्त भए संगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न र आम नागरिकमा आईपर्ने समस्या समाधनका लागि अहोरात्र खटिई उच्च व्यवसायिकताका साथ नागरिकको गुनासो एवं पिरमार्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न र गराउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव निर्मित भवन १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको कुल लागतमा निर्माण कार्य सम्पन्न भएको भएको हो ।

फरार प्रतिवादी २ जना पक्राउ
२०७९-०८-१९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-१ कि ४६ बर्षीया तारादेबि श्रेष्ठ र २३ बर्षिय आर्युत श्रेष्ठ रहेका छन् । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकि छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । तारादेबि बैङकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७७|१०|०५ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख १२ हजार जरिवाना बेरुजु रही फरार रहेकि र आर्युत बैङ्किङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७७|१२|०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ लाख १० हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए ।

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु
२०७९-०८-१६

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भद्रपुर नगरपालिका-७ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०१-००१ प १०७७ नम्वरको टिफरले साईकल यात्री स्थानिय अजय ऋषिदेवको ११ बर्षीया छोरी शिल्पा ऋषिदेवलाई ठक्कर दिदा घाईते भएकि ऋषिदेवको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती साढे ९ बजे दमक नगरपालिका-९ स्थित पुर्व पश्चिम लोकमार्गमा प्रदेश १-०१-०१६ प ८९९ नम्वरको मोटरसाईकलले पैदल यात्री माई नगरपालिका-१० इलामका ४७ बर्षीय गोपाल राईलाई ठक्कर दिदा घाईते भएका राईको थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा बा.१ प १४४० नम्वरको हायसले प्रदेश १-०२-०४५ प ५५७८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक इनरुवा नगरपालिका-३ का ३५ बर्षीय राज कुमार शर्माको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने भोक्राहानरसिंह गाउँपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा को.१ च ९०७७ नम्वरको पिकअपले को. ७ प ४५९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सप्तरी राजबिराजका २४ बर्षीय सुजित कुमार  यादवको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी २ जना पक्राउ
२०७९-०८-१६

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का २८ बर्षीय देव भन्ने दिपक विश्वकर्मा र बुढीगंगा गाउँपालिका-२ का ३० बर्षीय मनिराम भन्ने मानिकचन्द्र ऋषिदेव रहेका छन । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । विश्वकर्मा चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०३।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र २५ हजार जरिवाना र सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०३।१३ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए भने ऋषिदेव चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७।११।०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ११ दिन कैद र २ हजार जरिवाना भई बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागी मोरङ कारागार पठाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०८-११

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।  सम्मानित सुनसरी जिल्ला अदालतको  मिति २०७९|०३|१७ गतेको फैसला आदेशले हात-हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप-महानगरपालिका ६ का ३२ बर्षिय मनि तामाङ्, २९ बर्षिय सिद्धार्थ राई, ४२ बर्षिय राम बहादुर योन्जन र ३४ बर्षिय शम्भु दाहाललाई खोजतलास गर्न क्रममा   गाउघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि सुनसरीको झुम्का कारागार पठाईएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०८-११

मोरङ र झापाको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार  बिहान ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ जय चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रदेश १-०२-००४० प  ७७८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ बर्षिय मनिहाङ लिम्बुको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका-९ स्थित भित्री सडक खण्डमा धान बोकेको प्रदेश १-०१-००१ त ८४८९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका बिर्तामोड-९ का ७२ बर्षीय बुद्धिराज श्रेष्ठ घाईते भई उपचारको लागी B&C अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुराउन साथ मृत्यु भएको थियो । दुर्घटनामा संलग्न रहेका ट्रयाक्टर चालक ज्ञान बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०८-११

झापाको मेचीनगर नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-७ का २४ बर्षीय मिन बहादुर उप्रेती, २४ बर्षीय अमृत सुन्दास, मेचीनगर-८ का २० बर्षीय सुसन राजबंशी र बुद्धशान्ती गाउँपालिका-१ का ३२ बर्षीय अर्जुन तामाङ रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  उनिहरुको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित
२०७९-०८-०९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  प्रहरी नायव उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) ले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी नायव उपरीक्षक राज कुमार राई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रही अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएको तथा प्रहरी निरीक्षक थापा ईलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा कार्यरत रही दमक १० बस्ने १५ बर्षीय दियुष श्रेष्ठ र उर्लाबारी-८ का ४२ बर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरुमा अभियुक्तहरुको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएकोले दुबै जनालाई कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०८-०८

सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् ।  बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet  प्रतिबन्धित लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०७९-०७-२७

झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-१ झापा घर भई बुद्धशान्ति-३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट  खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउन सुगर  बरामद गरेको हो भने मेचीनगर-८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउ सुगर र डिजिलट तराजु १ थान समेत बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको र बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०७-२७

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-८ स्थित  भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल झरी दुर्घटना हुँदा टेम्पोमा सवार रहेका  पाथिभरा याङबरक गाउँपालिका-१ का ७५ बर्षीय धन बहादुर गुरुङ र उनकै नाति ११ बर्षीय इशान गुरुङको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२०७९-०७-२४

झापाको बुद्धशान्ति गाउँपालिका-१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए ।  उनको प्रहारबाट श्रीमतीको घटना स्थलमै मृत्यु भएको  थियो । तत्काल घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले करुवा प्रहार गर्ने गोरडलाई घटना स्थलबाट नै पक्राउ गरेको हो ।  पक्राउ परेका गोरडको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरड भारतको महाराष्ट्र घर भई बुधबारे बजारमा सुन पसल संचालन गरी बस्दै आएका थिए ।

आगोबाट जली ५ बर्षीय बालकको मृत्यु
२०७९-०७-२४

भोजपुरको हतुवागढी गाउँपालिका-५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी-५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादै गर्दा आयुष राईको बाटोमा नै मृत्यु भएको हो । उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ
२०७९-०७-२३

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ का ३३ बर्षीय राजेन्द्र राईले आफ्नै छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राती मादक सेवन गरेका राईले सामान्य वाद बिवादको क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको र २ बर्षीया छोरी रितिका राईको हत्या गरेका थिए । छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेका राईले आफ्नो टाउकोमा समेत खुकुरी प्रहार गरी घाईते भएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएकि उषा राईको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ भने घाईते अवस्थामा पक्राउ परेका राईको समेत प्रहरीको निगरानीमा सोही अस्पतालमा उपचार भईरहेको छ । राईको ज्यान सम्बन्धि कसुरमा सम्मानित जिल्ला अदालत ओखलढुंगाबाट प्रकाउ अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

योग शिविर सम्पन्न
२०७९-०७-२३

१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरु समेत गरी ५५२ जनाको सहभागिता रहेको थियो ।प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वासका साथ पतन्जली योग समिति नेपाल र नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ  बिच प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराउने सम्झौता भए बमोजिम नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरू तथा प्रहरी तालिम केन्द्रहरुमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई पतन्जली योग समितिले योगाभ्यास गराउदै आईरहेको छ । आफ्नो घर परिवारबाट टाढा रहेर पनि जनताको जिउ धनको सुरक्षार्थ अहोरात्र खटिने नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई योगले थप सेवाको भावना जागृत गराउनुका साथै मानसिक एवं शारीरिक तनाबबाट मुक्त बनाई  चौबिसै घण्टा कार्यक्षेत्रमा खटिन सक्ने क्षमताको बृद्धि गर्नका लागि प्रहरीलाई योग आवश्यक रहेको  योग गुरु खनालले बताउनु भयो ।संचालित योग शिविरमा समादेशक बास्तोलाले आफ्नो भनाई राख्नु हुदै मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश र विचलनलाई नियन्त्रण गरी शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योग प्रभावकारी रहेको बताउदै समाजमा घटने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिई आफ्नो जिम्मेवारी बहन गर्ने प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको महत्वपुर्ण स्थान रहेको कुरा वहाले बताउनु भएको छ ।साथै पतन्जली योग समितिद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरुलाई समेत मंगलबारबाट ५ कार्य दिनको योगाभ्यास शिविर संचालन गरेको छ ।

अवैध गाँजा सहित मानिस पक्राउ
२०७९-०७-२२

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो । अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका-४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई समेतलाई  प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्काईभेटरमा आगजनि गर्ने पक्राउ
२०७९-०७-१६

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी-१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी-२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी-१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काईभेटरले माझिटार-हिलेछाप कच्चि भित्रि सडक खण्डमा  मर्मत कार्य गर्दै आईरहेको थियो ।

लागुऔषध सहित १ जना पक्राउ
२०७९-०७-१५

सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले  धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६  ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संलग्न ५ जना पक्राउ
२०७९-०७-१५

झापाको दमक नगरपालिका-१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका  ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी-७ का सपन खत्री रहेका छन । उनिहरुले पुर्व रिसिईवीको कारण श्रेष्ठलाई कार्तिक १३ गते आईतबार राती साढे १० बजे उर्लाबारी-७ स्थित मावा खोलामा लागेको छैठ पुजाको मेलामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाईते भएका श्रेष्ठको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । घटनामा संलग्न रहेका ५ जनालाई  जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको चक्कु सहित नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०७-१०

मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितमा प्रदेश १-०२-००३ त १५७८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका चालक कानेपोखरी-४ का ५० बर्षीय ज्ञान बहादुर लुङ्गेली मगर गम्भिर घाईते भई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे शिवसताक्षी नगरपालिका-९ स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोड तर्फ जाँदै गरेको मे. १ ख २३२१ नम्वरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको  प्रदेश १-०१-०१२ प ४९९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक  दमक नगरपालिका-६ का २३ बर्षीय रोनि बोसको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा  मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मेचिनगर-१४ का बिकाश राईलाई प्रहरीले नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाईकल दुर्घटनाहुँदा २ जनाको मृत्यु
२०७९-०७-०९

उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका-१ स्थितमा प्रदेश १-०२-०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । यसै गरी साँझ साढे ७ बजे कटारी नगरपालिका-११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक कटारी-११ का २४ बर्षीय यम्बर बहादुर श्रेष्टको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०७-०९

झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ स्थितमा चेक जाँचको क्रममा मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-९ झापाका २६ बर्षीय अजय माझी र २८ बर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको  छ  भने अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगाउन छेउमा संकित अवस्थामा रहेका अर्जुनधारा-११ का  ३४ बर्षीय दिनेश दर्जी र ३८ बर्षीय राज कुमार कार्कीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भए संगै  पक्राउ गरेको  हो ।ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै
२०७९-०७-०८

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ । ''सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका बृद्धा असाह्य आमाहरुलाई बिहानको भोजन गराउनु भएको हो । प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले मानव सेवा आश्रमले बेसहारा, असाह्य, अनाथ, अभिभावक विहीन तथा सडक आस्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई हृदय देखि धन्यवाद दिनु हुदै १ नं. प्रदेश प्रहरी श्रीमती संघ पनि यस्ता बिविध सामाजिक कार्यहरुमा निरन्तररुपमा हातेमालो गर्दै मानव सेवाको लागि कल्याणकारी कार्यहरु गर्दै रहने कुरा बताउनु भयो ।

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-०७-०६

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै ताप्लेजुङ र इलाम जिल्लामा कर्तव्य ज्यान जस्तो जघन्य अपराधको घटना घटाई वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई वारदातमा प्रयोग भएका धारिलो हतियार सहित पक्राउ गर्नुका साथै IME बाट नगद तथा सुन डाका गरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौ गण मुख्यालय दरवन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी करफोक इलाम दरवन्दी भई प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल अशोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।    कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना १ नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण
२०७९-०७-०३

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरु लगायत निर्वाचन सुरक्षार्थको निम्ति छनौट भई जिल्लामा तालिमरत रहेका म्यादी प्रहरीहरुलाई समेत निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो । साथै तालिमरत म्यादी प्रहरीहरुलाई आफुहरु मतदानमा सहभागी हुन नपाए पनि आफ्नो जिम्मेवारीलाई अवसरका रुपमा लिई त्रुटिरहित ढङ्गबाट उच्च मनोबलका साथ ड्युटी निर्वाह गर्न, कमान्डरको कानुनसम्मत आदेशको पालना गर्न र व्यक्तिगत सुरक्षाको ख्याल गर्दै मतदान केन्द्र, मतपत्रलगायतका निर्वाचनसँग सम्बन्धित सामग्री र व्यक्तिहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण
२०७९-०७-०३

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो । साथै चाडपर्वको समयमा सुरक्षा ब्यबस्था थप मजबुद बनाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण
२०७९-०७-०२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई  प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्नका साथै चाडपर्वको समयमा बिशेष ध्यान दिई सुरक्षा ब्यबस्था मिलाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भयो ।  

भतिजालाई गोली प्रहार गरी आफु मृत अवस्थामा फेला
२०७९-०७-०२

झापाको गौरादह नगरपालिका-८ स्थितमा आफ्नै भतिजा १५ बर्षीय हेमराज साहलाई गोली प्रहार गरी ३५ बर्षीय काका बिरन साह गोली लागि मृत अवस्थामा फेला परेका छन । हिजो साँझ ७ बजे गौरादह-८ जुरोपानीका बिरन साहले आफ्नै दाई उमेश साहको छोरा हेमराज साहलाई वाद बिवाद हुँदा गोली प्रहार गरी घाईते बनाई बिरन साह घरबाट भागेकोमा घर देखि १०० मिटर टाढा सुकुना खोला किनारमा  कन्चटमा गोली लागि मृत अवस्थमा फेला परेका थिए । घाईते हेमराजको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले घटना स्थलबाट कटुवा पेस्तोल १ थान, म्यागजिन २ थान, गोलीको खोका १ थान र १५ राउण्ड गोली बरामद गरेको थियो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार द्धारा ट्राफीक बरिष्ठ हवल्दार पुरस्कृत
२०७९-०६-३१

६७ औ प्रहरी दिवश २०७९ को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार प्रहरी बरिष्ठ हवल्दार तुलसी प्रसाद पोखरेललाई प्रदान गरिएको छ । यसै बर्षबाट शुरु भएको २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मधयेबाट १ जना प्रहरी कर्मचारीलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका पोखरेलले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ईटहरी चोक लगायत बजार एरियामा  ११ वटा  जेब्राक्रस निर्माण गरेको, ईटहरी चोकमा जडित ट्राफिक बत्तिको संचालन र  कार्यान्वयनमा बिशेष भुमिका निर्वाह गर्नुका साथै ट्राफिक आवागमनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने हवल्दार पोखरेललाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान प्रदान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको हो ।

साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट २ जना प्रहरी कर्मचारी पुरस्कृत
२०७९-०६-३१

यस बर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादबलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरुलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्न सफल भएको साथै कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको साथै कर्सियाको बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरुको समूह आई बैंकको गार्डलाई गोली प्रहार गरी नगद समेत लुटी फरार भएका ३ जना अभियुक्तलाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले  वहाँहरुलाई पुरस्कृत गरेको हो ।वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप   साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो । प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिनु भएको छ ।पुरस्कृत हुने प्रहरी द्धयले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् । स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनु भएको छ । साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथी माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  ।

प्रहरी दिवश २०७९ सम्पन्न
२०७९-०६-३१

६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।१ नं. प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतका उपस्थित महानुभावहरुले १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले  प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा नि:शुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर-पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी वाँहाले उत्कृष्ट कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै वहाँले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा  रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्नु मुख्य आवश्यकता रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरु, बिभिन्न बिद्याहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र उच्च शिक्षा अध्ययन गर्ने बहालवाला, पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सन्ततिहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले छात्रवृती प्रदान गर्नु भएको थियो भने बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कृत गर्नु भएको थियो । प्रहरी दिवशको अवसरमा आयोजना भएका बिभिन्न खेलकुदमा पुरस्कृत हुने खेलाडीलाईहरु बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो । प्रहरी दिवशको अवसरमा १ नं. प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका  परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने उक्त कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

निशुल्क स्वास्थ्य शिविर संचालन
२०७९-०६-३०

"६७ औ प्रहरी दिवश २०७९ को अवसरमा  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।  ईलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बि.एण्ड.सि. अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका-११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङगनमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।  नेपाल रेडक्रस सोसाईटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न संघसंस्थाहरुको सहभागितमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिईएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाईनो रोग सम्बन्धीका बिरामीहरुलाई निशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो  ।

हत्यामा संलग्न ३ जना पक्राउ
२०७९-०६-२८

सिरहा गोलबजार-३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कमला नगरपालिका-६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका-५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले आज दिउसो बिराटनगरबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर-११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई  हत्या गरेको खुल्न आएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०६-२७

१ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका - ३ का ५८ बर्षीय राम बहादुर  भण्डारी र लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।१२ गतेको फैसला आदेशले १ महिना ९ दिन कैद र रु.५-०,०००/- (पचास हजार रुपैया) जरीवाना तोकिएका धरान उपमहानगरपालिका - ५ का ३७ बर्षीय बुद बहादुर बिश्वकर्मालाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार चलान बएका छन् ।

रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०६-२७

"६७ औँ प्रहरी दिवस २०७९" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक ब्यबस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश बिशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् । साथै १ नम्बर प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आजै आ-आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

हत्याको आरोपमा २ जना पक्राउ
२०७९-०६-२५

सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् । पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको र हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भई टोलका स्थानीयहरु बसी छलफल समेत भएता पनी सोही रिईसिबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी धरान पठाएता पनी उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो । घटना पश्चात तत्काल फरार रहेका भुजेललाई खोजतलासको लागी खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले भुजेललाई बिराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो । भुजेललाई पक्राउ गरेसंगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ
२०७९-०६-२४

ताप्लेजुङको फुङलिङ नगरपालिका-५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका-२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका-१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा-१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन । गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका  बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत डाँका गरी भागेको घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई  सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका  पाँचथरको फालेलुङ-८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हत्याको आरोपमा ३ जना पक्राउ
२०७९-०६-२४

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा-४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका-१२ का २१ बर्षीय अमृत आचार्य र आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेका छन । उनिहरुले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङगाको लोहोरो र चक्कु समेत प्रहार गरी अचेत बनाई होटल भन्दा १५० मिटर टाढा अर्जुनधारा-११ स्थित प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फ्यालिदिएको मृत अवस्थामा गुरुङ असोज १८ गते बिहान फेला परेका  थिए ।  असोज १७ गते गुरुङ र उनिहरु बिच होटलको कोठामा मादक पदार्थ सेवन गरी तास खेल्ने क्रममा वादबिवाद भई झगडा हुँदा लोहोरो र चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०७९-०६-२४

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ४० बर्षीय मनोज भन्ने चुलाई पासवान र बिराटनगर-५ का ३० बर्षीय बिकाश मण्डल रहेका छन । सम्मानित मोरङ जिल्ला अदालतको सजाय निर्धारण फैसला आदेशले पासवान बहु-विवाह मुद्धामा ६ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना र मण्डल बिना प्राविधिक औषधी पसल सञ्चालन मुद्धामा ५ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका थिए । फरार रहेका उनिहरुलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।

छानबिन समित गठन गरिएको
२०७९-०६-१५

मोरङको बिराटनगर महानगरपालिका-८ स्थितमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका २ जना कैदीलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालबाट भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानविन समिति गठन गरेको छ । आज बिहान ९ बजे मोरङ कारागारबाट लागुऔषध मुद्दाका कैदी २८ बर्षीय मन्जिल गुरुङ र जवस्जस्ती करणी मुद्दाका कैदी २८ बर्षीय राज कुमार हेमरनलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुबै जना भागी फरार रहेका छन । कैदी भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरीएको छ । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो स्थलगत रुपामा खटि गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०६-१३

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०६-१२

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका-५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका-८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा  उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड-५ स्थितबाट माई नगरपालिका-२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका-५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लुटपाटमा संलग्न ३ जना पक्राउ
२०७९-०६-११

ईलामको माई नगरपालिका-४ की ८० बर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका ३ जनालाई प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका मेचिनगर-३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका-३ का ३४ बर्षीय सन्तोष मगरलाई लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैया सहित आईतवार नै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले  थप अनुसन्धान गरिरहेको छ ।

नव निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन
२०७९-०६-११

ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।  भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो ।  कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरीकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरीकले सुरक्षाको प्रत्याभुती पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।  नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।

भिड नियन्त्रण तालिमको अवलोकन तथा निर्देशन
२०७९-०६-०९

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा संचालित भिड नियन्त्रण तालिमको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले अवलोकन गरी प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुहुँदै प्रहरी नायव महानिरीक्षक गिरीले तालिममा सिकेका सिप र ज्ञानलाई कार्यक्षेत्रमा अक्षरस पालना गर्न र भिड नियन्त्रणको समयमा मानव अधिकारको  सम्मान र संरक्षण गर्दै शान्ति सुरक्षा कार्यमा खटिन समेत निर्देशन दिनु भएको हो । तालिमरत प्रशिक्षार्थीहरुले भिड नियन्त्रण सम्बन्धी डेमोहरु कौशलता पुर्वक प्रदर्शन गरेका थिए ।

फरार प्रतिवादी पक्राउ
२०७९-०६-०९

अदालतबाट बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहदै आएका दुई जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । चोरी मुद्धामा जिल्ला अदालत मोरङको २०७८।१२।१० गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद र रु.५,०००/- (पाँच हजार रुपैया) जरीवाना तोकिएका विराटनगर महानगरपालिका - १५ का ३१ बर्षीय रमेश भन्ने ओम प्रकाश साहलाई आज पक्राउ गरेको हो । यसैगरी लागु-औषध गाँजा मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०१।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २३ दिन कैद र रु.५,०००/- (पाँच हजार रुपैया) तोकिएका धरान उप-महानगरपालिका - १६ का ३४ बर्षीय किरण धिमाललाई समेत आजै पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु
२०७९-०६-०९

सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका-६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा ६० बर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-०६-०७

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला  प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । आज दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन  निर्देशन दिनु भएको हो । निर्देशनकै क्रममा वहाँले बस पार्कहरुमा यात्रुहरुको बढि चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्न लगाई कडाईका साथ कार्यान्वयन गर्ने  साथै  मा.प.से. चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ र गस्ति पेट्रोलिङ बढाई कडाईका साथ चेकजाँच गर्न र  बस पार्क तथा बसमा रहेका यात्रुहरुलाई यात्रा सुरक्षित बनाउन जनचेतनामुलक प्रशिक्षण समेत दिई  नागरिकको सुरक्षामा खिटन  निर्देशन दिनु भएको छ ।  

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ
२०७९-०६-०७

झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा  काटी गम्भिर घाईते बनाई घटना स्थलबाट भागी फरार भएको र घाईते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको घटना सम्वन्धमा तत्काल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिहरुको खोज तलास गर्ने क्रममा चुलाचुली-४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत ९ जनालाई बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।  प्रहरीले उनिहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला परी बरामद गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्‍ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ भने घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ  ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०६-०६

मोरङको रंगेली नगरपालिका-७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका-४ का २५ बर्षीय अमित कुमार दाश र  ३५ बर्षीय निलेश दाश रहेका छन । हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा  पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । प्रतिबन्धित लागुऔषध बरामद भए संगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

नेटवर्किङ ठगीको आरोपमा ईटहरीबाट ६ जना पक्राउ
२०७९-०६-०५

नेटवर्किङ ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ६ जनालाई पक्राउ गरेको छ । ईटहरी-९ मा Global ORIENS NEPAL Pvt. Ltd. नामक कार्यालय संचालन गरी हप्तामा १०-१२ हजार सम्म कमाई हुने काम पाईन्छ भनि सर्वसाधरणलाई बोलाई यसको सदस्य बने धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनि प्रलोभनमा पारी सदस्यता दस्तुर लिई सदस्य बनाई नेटवर्किङ (संजाल) निर्माण गरेर सर्वसाधरणबाट रकम असुली गरी ठगि गरीरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संग्लग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ की  ससिता राई, सुन्दरहरैचा - ७ बस्ने संजिव माझी ,ग्रामथान ‍ ३ का विक्रम माझि, कटहरी - ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड - १० का पदम राई रहेका छन् । निजहरुको अफिसबाट प्रहरीले कम्प्युटर,ल्यापटप,मोबाईलफोन,बिभिन्न ब्यक्तिको फोटो,नागरीकता सहितको सम्झौतापत्र,  Global ORIENS NEPAL लेखेको टिकट,बिल,छाप,मेडल,प्रमाण पत्र,ईजाजत पत्र,व्यवसायी दर्ता प्रमाण पत्र,  Dargelling, Dubai, Singpor, Bangkok  tour achiver लेखेको बिभिन्न व्यानरहरु, Golbal IME Bank को फ्रेम गरेको चेक ३ थान ,ORI floor cleaner ,skinvita, hair style, tulsi drops, winter cherry लगायतका सामानहरू बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा नेटवर्किङ ठगी सम्बन्धी मुद्धा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

हत्याको घटनामा संग्लग्न २ जना पक्राउ
२०७९-०६-०५

सुनसरीको धरान उप-महानगरपालिका-२० की ६४ बर्षीया पुर्णसरी रईको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । भदौ २९ गते दिउँसो राई आफ्नै घरमा मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनसन्धानको क्रममा राईको शरिरमा धारिलो हतियारले काटिएको पाएसंगै हत्याको आशंकामा सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटना भएको केही दिनमा घटनामा संग्लग्न २ जनालाई पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान (RIT) समुह, संघिय प्रहरी ईलाका कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा परिचालन भएको प्रहरी अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका धनकुटाको सागुरीगढी गाउँपालिका-०८ ढुङ्गेका १८ बर्षीय निखिल भन्ने नकुल राई रहेको खुले संगै राईलाई असोज २ गते बिराटनगरको रानीबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा उक्त घटनामा भोक्राहा नर्सीङ गाउँपालिका - ६ का २० बर्षीय रन्जित कुमार साहको संग्लग्नता रहेको खुले संगै साहलाई समेत पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका राईले पुर्णसरी राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको र राईले लगाएको सुनको सिक्री तथा कुन्डल समेत लुटेर लगेको खुल्न आएको छ। उक्त लुटेको सुनका गहना  रन्जित कुमार साहको घरमा लुकाई छिपाई राखेको अवस्था बरामद भएको थियो । यसरी हत्या आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
२०७९-०६-०५

ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ बर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलवार बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-१० का २७ बर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका चेम्जोङलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना ३ जनाको मृत्यु
२०७९-०६-०५

सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी-९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका पैदल यात्री ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दिंदा घाईते भएका भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा १४ च ९१०८ नंम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किदा घाइते भएका कार चालक सप्तरी लेगडा-५ का ४४ बर्षीय बलराम यादव र ईटहरी-१० की ३० बर्षीया गिता चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको तथा सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लत्ताकपडा सहित ट्याक्टर नियन्त्रणमा
२०७९-०६-०३

मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । हिजो बेलुका ४ बजे  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट BR38 B 2378 नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो ।  बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चोरीको समान सहित २ जना पक्राउ
२०७९-०६-०३

सुनसरीको इटहरी उपमहानगर पालिका-२० स्थितबाट प्रहरीले चोरीको समान सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन । इटहरी-२० स्थितमा रहेको  किरण क्षेत्रीले संचालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो । चौधरी पक्राउ परे संगै सोधपुछको क्रममा  पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो । चोरीको सामान बरामद भए सगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दमा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

संविधान दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम
२०७९-०६-०३

संविधान दिवस २०७९ को अवसरमा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको बृहत बृक्षारोपण कार्यक्रममा बिराटनगर-१५ रानी भन्सार कार्यालय देखि बिराटनगर-१० स्थित कोशी लोकमार्गको सडक बिचमा रहेको डिभाईडरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक सुदिप गिरी लगायत प्रदेश प्रहरी तालिमकेन्द्र रानी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ समेतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुद्वारा बृक्षारोपण गरिएको हो ।

आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ
२०७९-०६-०२

१ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ ।  १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री राजन राई,  मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि बिराटनगरको रोडशेष चोकबाट शुभारम्भ भई संसारी माईस्थान, ट्राफिक चोक, जलजला चोक हुँदै जैन भवनमा पुगी  कार्यक्रममा परीणत भएको थियो । १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन भएको उक्त कार्यक्रममा आफ्ना महत्वपुर्ण भनाईहरु राख्दै वहाँले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाईएको हुँदा यस किसिमको कार्यक्रमले मानिसको चेतनामा बृद्धी भई आत्महत्याका घटनामा कमी आउने बिश्वास लिईएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाढी बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको समेत बताउनु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले स्वागत मन्तब्य राख्नु हुँदै आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । उक्त अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आत्महत्या गर्ने बिभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरीकहरुले आ-आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढेमा पक्कै पनि आत्महत्या दर घटन सक्ने हुँदा यस किसिमको सचेतना कार्यक्रम प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । यसैगरी उक्त कार्यक्रममा सामाजिक बिकाश मन्त्री राजन राई र स्वास्थ्य मन्त्री यज राम यादवले आ-आफ्नो भनाई राख्नु हुँदै  आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताउनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु-सूचित गराउने उद्देश्य अनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यो कार्यक्रममा सबै निकायबाट साथ र सहयोगको अपेक्षा लिईएको समेत बताउनु भयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको बर्तमान अवस्था सम्बन्धी तथ्याङक,चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रादेशिक अस्पताल बिराटनगरका डा. आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो । आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान २०७९,  प्रदेश स्तरीय कार्यक्रम बिराटनगरमा र १ नम्बर प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रम मार्फत  हरेक टोल र समुदायमा पुग्ने गरी १ बर्ष सम्म निरन्तर रुपमा संचालन भईरहने छ ।

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम समापन
२०७९-०५-३१

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन भएको छ । आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । भाद्र २९ गते बाट संचालन भएको दोश्रो चरणको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाको नव निर्मित भवन उदघाटन
२०७९-०५-३१

झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ । आज बिहान एक कार्यक्रमको आयोजना बिच १ नम्बर प्रदेश आन्तरिक  मामिला तथा कानुन मन्त्री माननीय श्री केदार कार्कीले नव निर्मित भवनको उदघाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनु पर्ने बिषयमा जोड दिनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई  भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई  नागरिकको सुरक्षामा खटिने बताउनु भयो ।  साथै  सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैया ६८ पैसाको लागतमा निर्माण सम्पन भएको हो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०५-३१

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।  हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा  को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ भने लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद
२०७९-०५-३०

मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । हिजो अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात गरिएको अवस्थामा बरामद गरेको हो ।बरामद गरिएको करिव २१ लाख मुल्य बरावरको सामग्री र ट्रयाक्टर सहित चालक भारत जोगवनीका रोशन  यादवलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम उदघाटन
२०७९-०५-२९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा दोश्रो चरणको बिशिष्ठ ब्यक्तिको सुरक्षा  अनुशिक्षण तालिम उदघाटन भई संचालन भएको छ । आज बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गर्नु भएको हो । १ नम्वर प्रदेश अन्तरगतका बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका सुरक्षा कर्मीहरुलाई उक्त तालिम दिईएको हो । तीन कार्य दिन अवधिको पुनर्ताजगी अनुशिक्षण तालिममा प्रहरी बरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिईनुका साथै  प्रयोगात्मक अभ्यास समेत गराईने छ । पहिलो चरणमा बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका २५ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान गरिएको थियो ।

धाक धम्की दिई रकम माग गर्ने १ जना पक्राउ
२०७९-०५-२९

डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिराटनगर-३ का ३३ बर्षीय बिजय दाहाललाई मंगलवार पक्राउ गरेको हो ।  पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०७९-०५-२९

झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट  ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो । टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड-२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका-८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

चोरीमा संलग्न ३ जना सामान सहित पक्राउ
२०७९-०५-२९

मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । भदौ  १४ गते  स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका-६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर-गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम समापन
२०७९-०५-२८

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन  भएको छ । आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।  भाद्र २६ गते बाट संचालन भएको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०५-२८

झापाको भद्रपुर नगरपालिका-२ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सह-चालक बिर्तामोड-२ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो ।  ट्रक चालक पाँचथर हिलिहाङ-६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहति ५ जना पक्राउ
२०७९-०५-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल  बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे-९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की सहित पक्राउ गरेको हो । यसै गरी झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका धरान-१६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र  २७ बर्षीय  थोमस राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भईरहेको छ ।

करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु
२०७९-०५-२६

झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह  याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्टलागि घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.एन. सि. अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो । यसै गरी हल्दीबारी गाउँपालिका-५ का ६१ बर्षीय ओम बहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा  करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका-५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका  मेचीनगर नगरपालिका-११ धाईजनका ४७ बर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

इलेक्ट्रिक अटो टेम्पो हस्तान्तरण
२०७९-०५-२४

इटहरी उप-महानगरपालिका-६ स्थित रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आज एक कार्यक्रमको आयोजना गरी  सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरीकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा वहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई बिशेष धन्यवाद दिनु हुंदै उक्त बिधुतिय अटो टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्युनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ति पेट्रोलिङको लागि पनि परिचालन हुने कुरा बताउनु भयो ।

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
२०७९-०५-२४

१ नम्वर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पत्रकारहरु संग भेटघाट गर्नु भएको छ । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गिरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आयोजना गरेको "आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९" को बारेमा जानकारी गराउदै भाद्र २५ गते बिरानगरमा हुन गईरहेको "आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९" सुभारम्भ कार्यक्रममा सम्पुर्ण संचारकर्मीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ ।  उक्त सचेतना अभियान १ नम्वर प्रदेशको १४ वटै जिल्लाहरुमा एकै साथ संचालन हुने कुरा समेत अवगत गराउदै  प्रदेश प्रहरी प्रमुख गिरीले संचारर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुहरुको बारेमा समेत प्रस्ट पार्नु भएको थियो ।  साथै  भेटघाट कार्यक्रममा १ नम्बर प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।  प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०५-२२

सुनसरी र ईलामको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सुनसरीको दुहबी नगरपालिका-३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १-०४-००१ प ८१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ का २० बर्षीय धिरज मण्डलको उपचारको क्रममा बिराट नर्सिंङ होम बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । यसैगरी ईलामको रोङ गाउँपालिका-४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाईकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रीत भई ट्रकको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका-४ का ३९ बर्षीय रत्न कुमार थापा मगरको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२१

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई घटना भएको ९ बर्ष पछी जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ । भोजपुर नगरपालिका-४ का ४३ बर्षीय प्रेम कुमार राउतलाई,२०७० साल असार ७ गते नवजात शिशुलाई कर्तब्य गरी हत्या गरेको आरोपमा, सम्मानित जिल्ला अदालत धनकुटाको २०७४ साल कार्तिक २० गतेको फैसला आदेशले २५ बर्ष कैद सजाय भएता पनी फरार रहँदै आएका राउतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले २०७९ भदौ २० गते काठमान्डौबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई जिल्ला अदालत धनकुटामा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२१

ईलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट फरार प्रतिवादीको खोजतलासमा खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।  सम्मानित जिल्ला अदालत मोरङको २०७६/१०/०६ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्धामा ९ बर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी र लागुऔषध मुद्धामा २०७८/१२/०१ गतेको फैसला आदेशले १ बर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २ बर्षीय सन्जिव भनिने सन्दिप चौधरीलाई सोमवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका दुबै फरार प्रतिवादीलाई  जिल्ला अदालत मोरङमा  उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०७९-०५-२१

झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै मेचीनगर नगरपालिका-७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ भने दमक नगरपालिका-२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अबस्थामा हिडिरहेका दमक-२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ बर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट  थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
२०७९-०५-२०

झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।हिजो बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो । श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-०५-२०

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र इटहरी उप-महानगरपालिका-९ का  ३४ बर्षीय सन्तक कुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

अवैध कपडा सहित २ वटा सवारी साधन र अवैध चिनी बरामद
२०७९-०५-२०

झापाको दमक नगरपालिका-८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएको छ । हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडा स्थित पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १-०१-००१ ज ३४३८ नम्वर र  मे. १ ज २८०४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो । बरामद गरिएको करिव २२ लाख ६ हजार मुल्य बरावरको अवैध कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको र अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसै गरी बिशेष सुचनाको आधारमा दिउसो साढे २ बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका-३ राजगढ बजारको पशुहाट स्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ । बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०५-१९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अभद्र ब्यबहार मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७८/१२/२३ गतेको सजाय निर्धारण फैसला आदेशले  १ महिना ०९ दिन कैद र रु. २,०००/- जरिवाना तोकिएका विराटनगर महानगरपालिका-१७ का ३५ बर्षीय खालिद मिया र ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०७।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ महिना कैद र रु.८,०००/- जरिवाना तोकिएका धरान उप-महानगर पालिका - १५ का  २२ बर्षीय विष्णु बेघालाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चलान भएका छन् ।

एउटै परिवारका ३ जनाको हत्या, हत्यामा संग्लग्न पक्राउ
२०७९-०५-१९

उदयपुरको बेलका नगरपालिका-७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो । घटना स्थलमा  जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आए सगैं तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको सम्मानित जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अबैध औषधी सहित २ जना पक्राउ
२०७९-०५-१९

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका-८ घर भई बराहक्षेत्र नगरपालिका-२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङले नियन्त्रित औषधी आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचना आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०७९-०५-१९

सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका-८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भई उपचारको लागी टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० का ३५ बर्षीय प्रकाश राईको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०५-१७

सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भए संगै प्रदेश १-०२-००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

नुहाउने क्रममा नहरमा डुबी मृत्यु
२०७९-०५-१७

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र-४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकि सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला परेको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०५-१७

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT  सहमुहको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका-८ झापाका ३७ बर्षीय दिप्सन लावती,  सुन्दर हरैचा नगरपालिका-७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप-महा नगरपालिका-४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको छ । दिप्सन लावती सम्मानित सर्बोच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको र उनलाई RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने परियार लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना र थापा सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैया  जरीवाना बेरुजु रहि फरार रहेका थिए । पक्राउ परेका तीनै जनालाई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०५-१५

मोरङ जिल्ला अदालतको बिभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका २ जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको २०७६।०३।११ गतेको फैसला आदेशले २५ दिन कैद र १,५०,०००/- जरीवाना तोकिएका ईटहरी उप-महानगरपालिका - १३ का ३७ बर्षीय भुवन राजवंशी र लागु औषध मुद्धामा २०७७।११।०३ गतेको फैसला आदेशले ३ महिना २५ दिन कैद  तोकिएका ईटहरी उप-महानगरपालिका -१० का ३० बर्षीय ज्ञानेन्द्र चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो  पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बिराटनगरमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।

अवैध सामान बरामद
२०७९-०५-१५

 मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१४

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटीएको प्रहरी टोलिले हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बुलाई पक्राउ गरेको छ । लिम्बुलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरीएको हो । लिम्वु सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए । पक्राउ परेका लिम्बुलाई  कैद  तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाईएको छ ।

पौडी खेल्ने क्रममा खोलाले बगाई मृत्यु
२०७९-०५-१४

झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानियहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०७९-०५-१३

मोरङको बिराटनगर महानगरपालिका -१४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-८ घर भई बिराटनगर-१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर-१५ का २४ बर्षीय बरुण साह, बिराटनगर-३ का ३० बर्षीय आशिस हमाल, बिराटगर-१३ का ३० बर्षीय सुलभ रिजाल र धरान-२० का २३ बर्षीय रोशन लिम्वु समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ
२०७९-०५-१३

मोरङको बेलबारी नगरपालिका-१ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी-१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र  ४१ वर्षीय बिनोद राईको साथबाट NITRABET- ४२ चक्की र DIALEX-DC-३ बोतल समेत फेला परेकोले तीनै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०५-१३

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ३ बजे बिरानगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका साँघुरीगढी गाउँपालिका-३ धनकुटाका ६४ बर्षीय कर्ण बहादुर राईलाई संकालागि चेक जाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ४ लाख ५१ हजार ९ सय बरामद भएको हो । श्रोत नखुलेको रकम बरामद भए संगै राईलाई पक्राउ गरी बरामद भएको रकम सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।

लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जना पक्राउ
२०७९-०५-१२

सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्षीय करण तामाङ,  ३३ बर्षीय प्रतिक सुब्बा र ४१ बर्षीय अमर राई तथा धरान-१५ का २८ बर्षीय शिसिर श्रेष्ठ र ईटहरी -५ का ३६ बर्षीय अमित मगरलाई शनिवार लागुऔषध सहित पक्राउ गरेको हो ।  तामाङ, सुब्बा, कोईराला र राईलाई धरान-१५बाट प्रहरीले पक्राउ गरेको हो भने श्रेष्ठ र मगरलाई धरान-१० बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्रामोल-५०, २ हजार ट्याब्लेट, स्पासपेन १२५० ट्याब्लेट र गाँजा १ केजी तथा नगद एक लाख १३ हजार समेत बरामद गरेको छ । यसरी लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना १ जनाको मृत्यु
२०७९-०५-१२

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका-१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपालिका-४ का २४ बर्षीय अबिशेक खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा मोटरसाईकल  पछाडी सवार रहेकी निजकै श्रीमती संजिता बस्नेतको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ कन्टेनर स्याउ नियन्त्रणमा
२०७९-०५-११

मोरङको बिराटनगर महानगरपालिका १३ स्थितबाट प्रहरीले ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ । हिजो बेलुकी साढे ६ बजे बिराटनगर स्थित मलाया रोडमा संकास्पद अवस्थामा स्याउ अनलोड भई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले  चेक जाँच गर्ने क्रममा भन्सार प्रज्ञापन पत्र र VCTS समेत नभएको भारतीय NL01AB2410, NL01Q2222, NL01AE4705, NL01AE3422 र NL01N2663 नम्वरको कन्टेनरबाट  को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० मिनी ट्रकमा स्याउ पल्टी गरीरहेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिइएका ५ वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक तथा स्याउ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ  ।

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ
२०७९-०५-११

झापाको झापा गाउँपालिका-६ का ४० बर्षीय नाईके हस्दालाई धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो राती १० बजे नाईके हस्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ बर्षीया तालामाई हस्दालाई धारिलो हतियार प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार रहेका हस्दाको खोज तलासको क्रममा कचनकवल गाउँपालिका १ स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले आज बिहान ८ बजे पक्राउ गरेको हो । पक्राउ परेका हस्दाको जिल्ला प्रहरी कार्यालय झापाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित १ जना पक्राउ
२०७९-०५-११

झापाको झापा गाउँपालिका-१ स्थितबाट श्रोत नखुलेको नेपाली रुपैया सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हिजो दिउसो पौने १२ बजे इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा झापा गाउँपालिका-१ का ५४ बर्षीय तेज बहादुर गणेशले बोकेको २ वटा प्लास्टिकको झोला संका लागि चेकजाँच गर्दा  झोला भित्र प्लास्टिकको बोरामा लुकाई राखेको नेपाली रुपैया १ हजार दरको नोट ९ सय थान, ५ सय दरको नोट  ८ सय थान र १ सय दरको नोट ६ सय थान गरी जम्मा १३ लाख ६० हजार  श्रोत नखुलेको रुपैया बरामद गरेको हो ।  श्रोत नखुलेको रुपैया सहित पक्राउ परेका गणेशलाई  बरामद भएको रकम सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको  र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण अवलोकन
२०७९-०५-१०

नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ बमोजिम १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण अवलोकन सम्पन्न भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक उतम राज सुवेदीको नेतृत्वमा १ नम्वर प्रदेश प्रहरी  कार्यालय बिराटनगरमा खटि आउनु भएका प्रहरी अधिकृत सहितको केन्द्रिय मुल्याङकन टोलीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण अवलोकन गर्नु भएको छ ।  साथै निरीक्षण अवलोकनकै क्रममा  प्रहरी अतिरिक्त महानिरीक्षक उतम राज सुवेदीले कार्यरत सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।  

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०५-०९

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे मोरङको बिरानगर महानगरपालिका-३ स्थित राजमार्गमा प्रदेश १-००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री बिरानगर १२ कि ७७ बर्षीया हिमा निरौलालाई ठक्कर दिदा घाईते भएकि  निरौलाको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो, ठक्कर दिने टेम्पो र चालक ईटहरी १० का ३८  बर्षीय गौरव गुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ । यसै गरी दिउँसो १ बजे रामधुनी नगरपालिका-१ स्थित राजमार्गमा प्रदेश १-०४-००१ त ००८४ नम्वरको ट्रयाक्टरले साईकल यात्री स्थानिय ३४ बर्षीया मंजु चौधरीलाई ठक्कर दिंदा घाईते भएकि चौधरीको उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक रामधुनी-४ का बिजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रहरी जवान आधारभुत तालिम १३९ औ समुहको दिक्षान्त समारोह सम्पन्न
२०७९-०५-०९

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २  सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा आयोजित एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।दिक्षान्त समारोहमा १५४ जना महिला सहित ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा  ५२४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीमा ९२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा सफत ग्रहण गराउनु भएको थियो । प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राई सहित विभिन्न ९ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र  तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक गिरीले  अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ । यसैगरी वहाँले दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरु मध्येका सर्वप्रथम हुने प्रहरी जवानलाई दर्ज्यानी चिन्हले सु-शोभन गर्नु भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्नुहुदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गर्यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्न दिक्षित प्रहरी जवानहरुलाई निर्देशन हुँदै दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी तथा पदाधीकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानका अभिभावकहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सिलाई कटाई तालिम नवौ समुह तथा च्याउ खेती तालिम दोस्रो समुहको समापन
२०७९-०५-०८

१ नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा १ नम्बर प्रदेश श्रीमतीसंघको आयोजनमा संचालित ६ महिना अवधीको सिलाई कटाई तालिम नवौ समुह र १५ दिन अवधीको च्याउ खेती तालिम दोस्रो समुहको समापन भएको छ । नेपाल प्रहरीका बहालवाला तथा पुर्व प्रहरी परिवारजनका १०/१० जनाको सहभागीता रहेको सिलाई कटाई र च्याउ खेती तालिमको  प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित एक बिशेष कार्यक्रमका बिच तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कल्पना गिरीले यस किसिमका सिपमुलक तालिमले प्रहरी कर्मचारीका आश्रीत परिवारको आर्थिक उपार्जनमा टेवा पुग्ने बिश्वास लिईएको बताउनु भयो । कार्यक्रममा वहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु , १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरिक्षक नबिनराज राई, तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०५-०८

लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतिय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेस सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका-४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ बर्षीय जम्सेद आलमालाई मंगलवार बिहान झापाको हल्दिवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगद सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित
२०७९-०५-०७

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका-१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका - १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको तथा प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका ‍- ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका- ८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले २०७९ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।