सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु
२०७९-०८-१६
- A
- A-
- A+
झापा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भद्रपुर नगरपालिका-७ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०१-००१ प १०७७ नम्वरको टिफरले साईकल यात्री स्थानिय अजय ऋषिदेवको ११ बर्षीया छोरी शिल्पा ऋषिदेवलाई ठक्कर दिदा घाईते भएकि ऋषिदेवको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती साढे ९ बजे दमक नगरपालिका-९ स्थित पुर्व पश्चिम लोकमार्गमा प्रदेश १-०१-०१६ प ८९९ नम्वरको मोटरसाईकलले पैदल यात्री माई नगरपालिका-१० इलामका ४७ बर्षीय गोपाल राईलाई ठक्कर दिदा घाईते भएका राईको थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
यसै गरी सुनसरीको कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा बा.१ प १४४० नम्वरको हायसले प्रदेश १-०२-०४५ प ५५७८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक इनरुवा नगरपालिका-३ का ३५ बर्षीय राज कुमार शर्माको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने भोक्राहानरसिंह गाउँपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा को.१ च ९०७७ नम्वरको पिकअपले को. ७ प ४५९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सप्तरी राजबिराजका २४ बर्षीय सुजित कुमार यादवको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।