प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते

२०८०-११-०७

  • A
  • A-
  • A+
Share

झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ बर्षिय दिलिप श्रेष्ठ, उनको छोरी ११ बर्षीया गोमा श्रेष्ठ, ९ बर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ बर्षीय पुर्ण बहादुर भट्टराई घाईते भई आम्दा अस्पताल दमकमा उपचार भईरहेकोमा शितल श्रेष्ठको थप उपचारको क्रममा  बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।       

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।