धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१९
कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशानुसार यस कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरवाट इलाका प्रहरी कार्यालय खजुरी धनुषा जान लाग्नु भएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ र इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक विकाश राईलाई प्रहरी वरिष्ठ उपरीक्षक दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामना गर्दै धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको थियो ।