प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

झापा र मोरङका तिन  छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । यसैगरी झापाकै दमक नगरपालिका-१ को कुमाल चोकमा रहेको एक होटलमा लागुऔषध ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका-४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक-३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका-३ घर भई दमक-९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोवायल बरामद गरेको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट धरान-१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका-७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित शनिवार साँझ पक्राउ गरेको हो ।  लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
पहिरोले पुरिएर १ जनाको मृत्यु
२०८१-०२-३१

संखुवासभाको चिचिला गाउँपालिका-३ स्थितमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जेष्ठ ३० गते  राती परेको अरिवल बर्षाको कारण चिचिला-३ स्थितमा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको कामदार बस्ने १४ वटा कोठा मध्ये ३ वटा कोठा पहिरोले बगाउदा कोठामा सुतिरहेका कामदार वर्दियाको बारा वर्दिया नगरपालिका-४ का २१ बर्षीय गंगाराम थारुको पहिरोमा परिएर मृत्यु भएको छ । उक्त पहिरोमा परी वर्दिया बारा नगरपालिका ३४ बर्षीय गोविन्द थारु, मकवानपुरका २७ बर्षीय उमेश  कार्की र संखुवासभा चैनपुरका ३५ बर्षीय गोपाल तामाङ  घाईते भएका छन । घाईतेहरुको सामान्य उपचार पश्चात काममा फर्की सकेका छन भने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।  

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि” तेस्रो समूहको अनुशिक्षण तालिमको उद्घाटन ।
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज एक कार्यक्रमको आयोजना बिच उक्त तालिमको समुद्घाटन भएको हो । तालिम समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी बरिष्ठ उपरीक्षक जयराज  सापकोटाले प्रहरीले गरीरहेको बिपद उद्दार कार्यलाई पुनरताजगी गराउनको लागी यो तालिम दिईएको हुँदा तालिममा सिकेको ज्ञानलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी बिपदमा परेका मानिसहरुको उद्दारले नै यो तालिमले सार्थकता पाउने बताउनु भयो । प्राकृतिक तथा मानविय विपदमा जोखिम न्युनिकरणको लागि सबै प्रहरी कर्मचारीहरु परिचालन हुनु पर्ने भएपनि तालिम प्राप्त प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी रुपमा काम गर्न सक्ने क्षमताको बिकाश गर्न उक्त तालिम दिएको बताउनु भयो । तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु हुँदै तालिमका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले यस तालिममा समय सान्दर्भिक विपद जोखीम न्युनिकरण, विपद प्रतिकार्य र विपद पुनस्थापना सम्बन्धी सम्पुर्ण सुरक्षाका आधारभुत बिषयहरुलाई समेटिएको बताउनुभयो । कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समुद्घाटन कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

खोलाले बगाएर १ जनाको मृत्यु
२०८१-०२-३१

संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ । हिजो दिउँसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट  करिव ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहतिको टोली खटि मृतक लाशको आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने  घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०२-३१

नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्री स्तरको) मिति २०८१।०२।१६ गतेको निर्णय अनुसार यस कार्यालयबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालाई  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भई फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुन्दरहरैचा-४ का २१ बर्षीय मदन चौधरी र अरुण गाउँपालिका-१ भोजपुरका २० बर्षीय बिनोद सिवा परियारलाई प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४१ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका- ७ का ४१ बर्षीय दर्शन लिम्बुलाई ५३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८१-०२-३१

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको सुनवर्षी नगरपालिका-९ स्थित लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत विहारका १९ बर्षीय राहुल राजालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५६ ग्राम १३ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेसगै संलग्न स्थानीय २४ बर्षीय आदर्श दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट इलाम चुलाचुली गाँउपालिका-३ का ३० बर्षीय बिनोद ढुंगेललाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-११ कि  २२ बर्षीया आयुषा राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।