प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

यमपञ्चकको दोश्रो दिन तालिम प्राप्त कुकुरको पुजा सम्पन्न

२०८०-०७-२६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा यमपञ्चकको दोश्रो दिन तालिम प्राप्त कुकुरको पुजा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी केन्नाईन शाखा धरान र बिराटनगर बिमान स्थलमा रहेका १० वटा प्रहरीको तालिम प्राप्त कुकुरहरुलाई प्रहरी बैण्डबाजा सहित बिधिवतरुपमा पुजा गर्नु भएको हो ।  वहाँले नेपाल प्रहरीको अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायत बिभिन्न अपराध अनुसन्धानमा  उल्लेखनिय कार्य गर्दै आईरहेका कुकुरहरुलाई  पुजा गरी माला पहिराई मिठा खाने कुराहरु खुवाउनु भएको थियो  पुजामा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले समेत कुकुरहरुलाई माला र मिठा खानेकुरा दिई पुजा गर्नु भएको थियो । अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पुजा नेपाल प्रहरीले बिशेष रुपमा गर्ने गरेको छ ।
उक्त पुजा कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण बिराटनगरका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।