बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु
२०८१-०२-१९
- A
- A-
- A+
संखुवासभाको पाचखपन नगरपालिका- ९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ बर्षीय छोरा सुजल राई रहेका छन् । हिजो दिउँसो साढे ७ बजे घर छेउमा रहेको अधेरी खोलामा सुजल स्कुल बिदा भए पश्चात घरमा आई साथीहरुसँग पौडी खेल्न गएकोमा उनको डुबेर मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।