प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०३-२४

  • A
  • A-
  • A+
Share

झापाको कन्काई नगरपालिका-३ एकान्त टोल भित्री सडक खण्ड स्थितमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको  ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका-३ की ३४  बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । यसरी घाईते भएकी नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र चालक कन्काई नगरपालिका-७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई  ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित समाचार
बिधुतको पोलले किची १ जनाको मृत्यु
२०७९-१२-१४

सोलुको महाकुलुङ गाउँपालिका-१ स्थितमा बिजुलीको पोलले किचेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान गौरीशंखर हाईड्रोपावरका कर्मचारी सोताङ गाउँपालिका-३ का ३५ बर्षीय टीकाराम राई बिजुलीको पोलमा चढी तार काट्ने क्रममा बिजुलीको पोल ढलेर किच्दा राईको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी निरीक्षक समेतको टोली खटि गई कानुनि प्रकृया पुरा गरी प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-१२-१४

निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।

भरुवा बन्दुकको प्रहारबाट १ जनाको मृत्यु
२०७९-१२-१४

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ का ५८ बर्षीय ललित गुरुङको भरुवा बन्दुकको प्रहारबाट मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा ललित गुरुङ र ५२ बर्षीय बिर बहादुर गुरुङ स्थानीय कालिदह जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएकोमा रातको समयमा जंगली जनावर जस्तो देखि बिर बहादुर गुरुङले भरुवा बन्दुक चलाउदा ललित गुरुङलाई लागेको र गुरुङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले  भरुवा बन्दुक सहित बिर बहादुरलाई नियन्त्रणमा लिएको तथा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोलीले खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

लागुऔषध गाँजा सहित ५ जना पक्राउ
२०७९-१२-१४

मोरङको रंगेली नगरपालिका-२ र ३ स्थितबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया ठिङ्गापुरका २९ बर्षीय दिपक झा, अररिया हाँसा का ३० बर्षीय  सिन्टुक कुमार सिंह, भारत कुटहराका २४ बर्षीय प्रबिण पासवान, २४ बर्षीय बिष्णु कान्त मिश्र र रंगेली-३ का ४६ बर्षीय बिर बहादुर कार्की रहेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिबरियातीबाट गस्तिमा खटिएको प्रहरी टोलीले रंगेली-२ स्थितमा संकास्पद अवस्थामा हिडिरहेका झा र सिंहले बोकेको झोला चेक जाँच गर्ने क्रममा  १ सय ५० किलोग्राम गाँजा बरामद भए संगै उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई अनुसन्धान गर्ने क्रममा रंगेली-३ का बिर बहादुर कार्कीको घर पछाडि परालमा लुकाई छिपाई राखेको अवस्थामा ८४  किलो ग्राम गाँजा बरामद भए संगै संलग्न रहेका कार्की, पासवान र मिश्रलाई समेत पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।