प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

झापाको कन्काई नगरपालिका- ८ बिरिङपुल स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ४ बजे लक्ष्मिपुरबाट सुरुङ्गातर्फ जादै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मेचिनगर- ९ का ३८ बर्षीय गोपाल महत, मोटरसाईकलमा पछाडी सवार कमल गाँउपालिका- ३ की २७ बर्षीया पुर्णिमा भण्डारी निजको छोराहरु ८ बर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका ८ बर्षीय प्रशान्त भण्डारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने घाईते अन्यहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०९

मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम  ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र  वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
२०८२-०४-०८

छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएकोमा तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-०८

सुनसरी, झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ बर्षीय देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी झापाको मेचीनगर-६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको ईनरुवा-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ बर्षीय साजन श्रेष्ठ र २३ बर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०८

झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित  निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका- ६ का ३५ बर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ बर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाईते भएकोमा तत्काल उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो भने  श्रवण चौधरीलाई थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका- ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको हो ।  

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०७

झापा र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका- ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई, नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान-१३ की २८ बर्षीया पुष्पा राईलाई  ५ सय ८० मिलिग्राम ब्राउन सुगर सहित उनकै कोठाबाट र धरान- १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट सहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८२-०४-०७

मोरङको लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । साउन ६ गते दिउँसो ON TEST सिटि सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ-४ का ३९ बर्षीय भिषण राई, सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।