प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवश २०७९ सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
१ नं. प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतका उपस्थित महानुभावहरुले १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले  प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा नि:शुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर-पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी वाँहाले उत्कृष्ट कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै वहाँले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा  रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्नु मुख्य आवश्यकता रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरु, बिभिन्न बिद्याहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र उच्च शिक्षा अध्ययन गर्ने बहालवाला, पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सन्ततिहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले छात्रवृती प्रदान गर्नु भएको थियो भने बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कृत गर्नु भएको थियो ।
प्रहरी दिवशको अवसरमा आयोजना भएका बिभिन्न खेलकुदमा पुरस्कृत हुने खेलाडीलाईहरु बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार बितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
प्रहरी दिवशको अवसरमा १ नं. प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका  परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने उक्त कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।