प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ३ जना पक्राउ

२०८०-०९-१२

  • A
  • A-
  • A+
Share

मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित बुधवार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको को.१९ प ८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा चालक दुहबी- ९ का ३० बर्षीय मो.सहबाज र पछाडी सवार २७ बर्षीय मो.जावेद आलमको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका- १० स्थितबाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की सहित स्थानीय ३६ बर्षीय नारायण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।