प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

२०८१-०३-२३

  • A
  • A-
  • A+
Share

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६  स्थित भित्री सडक खण्डमा लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश नम्बर १-०२-०५३ प ९०१६ नम्बरको मोटरसाईकललाई रोकेर चेकँजाच गर्दा सुनसरीको रामधुनी नगरपालिका-१ शान्ति टोलका २९ बर्षिय नरेश सरदारले शरिरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले उनलाई पक्राउ गरेको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका सरदारको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।