प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे झापाको दमक नगरपालिका- ९ स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका- १ का २० बर्षीय अनिस धिमाललाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास बाट बिराटनगर- १७ का मोहमद समिर र भारतिय नागरीक २६ बर्षीय मोहमद चादलाई ४५ मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपाम- ४ ट्याबलेट सहित पक्राउ गरेको हो भने बिराटनगर- १५ बसपार्क बाट लागुऔषध डाइलेक्स डि.सि. धरान- ८ का ३३ बर्षीय युबेन्द्र लिम्बु , सोही मोटरसाईकलमा पछाडी सवार ३५ बर्षीय ललित लिम्बु र २२ बर्षीय महोमद अलि हुसेनलाई पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ बाट त्रियुगा- १६ का २६ बर्षीय ईश्टुपिन खड्कालाई डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ९ एम्पुल लागुऔषधी सहित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-२०

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बिर्तामोड नगरपालिका- ३ पन्चकन्याटोल स्थित एक घरमा लागुऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत बंगालकी २५ बर्षीया सन्नी सांह र इलामकी २२ बर्षीया मनिसा राईलाई ब्राउनसुगर ७ ग्राम ६० मिलिग्राम, नेपाली नगद १६ हजार ३६५, भारतिय नगद ३ हजार ९६० रुपैया र बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय खजुरगाछीबाट गौरीगंज गाउँपालिका- ४ स्थित खटिएको प्रहरी टोलीले को १७ प ४८५३ नम्बरको मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक गौरादह- १ का १९ बर्षीय लुखिराम बास्कीको साथबाट ब्राउनसुगर ५१० मिलिग्राम फेला पारी मोटरसाईकल पछाडी सवार २३ बर्षीय योगेश राजबंशीलाई समेत नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान- १७ का २९ बर्षीय रोमन बिश्वकर्मा र ३५ बर्षीय राज कुमार बिश्वकर्मालाई ५ मिलिग्राम ब्राउनसुगर र नगद १५ हजार ८१५ रुपैया सहित अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सोही दिन धरान- २० बाट इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट विष्णुपादुकबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०६-००१प००८३ नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट १३ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा शहिदभुमी गाउँपालिका- १ का २४ बर्षीय अनिल कटुवाललाई नियन्त्रणमा लिएको । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-२०

झापा र इलाम जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो इलामको रोङ गाउँपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा झापाबाट ईलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको भेन आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर तल झरी दुर्घटना हुँदा भेन चालक देउमाइ नगरपालिका- ६ का २५ बर्षीय दिपेश राईको घटनास्थलमै मृत्यु भएको हो भने झापाको बाह्रदशी गाउँपालिका- ६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ४५ बर्षीय बन मुर्मुलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक ३४ बर्षीय बसन्त राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको  र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर परिसरमा नव निर्मित वाधापारको समुदघाटन
२०८१-०१-१९

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समुदघाटन गर्नु भएको छ । आज बिहान तालिम केन्द्र परिरमा भएको एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित वाधापारको समुदघाटन गर्नुका साथै वाधापारको निरीक्षण तथा प्रहरी कर्मचारीहरुद्वारा गरिएका वाधापारको नमुना प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । वाधापारको निरीक्षण अवलोकन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले स्थापनाकाल देखिनै दक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै आएको यस प्रहरी तालिम केन्द्रले प्रशिक्षण पद्दतिलाई समयानुकुल व्यवस्थित र  बैज्ञानिक ढंगबाट प्रशिक्षण  प्रदान गर्नमा नव निर्मित वाधापारले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । वहाँले वाधपार अभ्यास तालिमा सहभागी प्रहरी कर्मचारीलाई मात्र नभई सम्पुर्ण प्रहरी कर्मचारीहरु समेतले उक्त अभ्यास दैनिकरुपमा गर्नु पर्ने बताउनु भयो । तालिम केन्द्रेको आफ्नै आन्तरिक सिमित स्रोत साधन र जनशक्तिबाट बाधापार निर्माण गर्न उल्लेख्य योगदान पुर्‍याउनु हुने समादेशक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विशेष धन्यवाद समेत ब्यक्त गर्नु भयो । वहाँले यस तालिम केन्द्रले प्रशिक्षण पद्धतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमुलक बनाई  नयाँ चुनौतीसँग सामना गर्न सक्षम, व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा निरन्तर अगाडि बढिरन र देशकै नमुना तालिम केन्द्रकोरुपमा सदैव स्थापित राख्न कार्यरत प्रशिक्षक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।  उक्त कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुका साथै नेपाल प्रहरीको वाधापार अभ्यास सम्वन्धि मापदण्ड २०७८ र नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ अनुसार वाधापार निर्माण गरिएको बताउनु भयो । साथै वाहाँले बाधापार अभ्यासले प्रहरी कर्मचारीहरुको शारिरिक र मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै कार्य क्षमता अभिबृद्धि भई प्रहरीको कार्य सम्पादनमा प्रभावकारीता आउने वताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि खापुङले वाधापार संरचना निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउनु हुने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते
२०८१-०१-१८

भोजपुरको आमचोक गाउँपालिका- ८ पारकवा स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने १२ जना घाईते भएका छन् । हिजो दिउँसो साढे १० बजे को.१ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बाटो देखि अन्दाजि २०० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार आमचोक- १० की २७ बर्षीय रुना राईको घटनास्थलमा नै मृत्यू भएको हो भने धरान- ५ की ३६ बर्षीय शान्ति राईको उपचारको क्रममा सोही दिन घोपा धरानमा मृत्यू भएको हो । दुर्घटनामा घाईते भएका चालक आमचोक- १ का ३६ बर्षीय प्रकाश राई, ३० बर्षीय सुमन राई, ६० बर्षीय बिर बहादुर राई, ३३ बर्षीया श्रृजना राई, ३१ बर्षीया सरस्वती राई, १३ बर्षीय साईमन राई, ५ बर्षीय सायल राई, ६ महिनाको अनर्प राई, ५ बर्षीय खानुहाङ राई,  १३ बर्षीया लिजा राई, ९ बर्षीया आशिका राई र ५ बर्षीया सृष्टी राईको घोपा धरानमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।              

अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-०१-१७

सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर  चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका-५ का  २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका-७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई  स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा  हाईट्रो कोलोरी २४६ ट्याबलेट र  लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ
२०८१-०१-१७

इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षिय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पुर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।