प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार सम्बर बहादुर तिवारी र १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान पुजन राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मिति २०७९।१०।१७ गते मोटरसाईकल चोरीको अनुसन्धान तथा खोज तलासको सिलसिलामा जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. १० बस्ने बर्ष २९ को मुकेश कोईराला र ऐ. वडा नं. १२ बस्ने बर्ष ३० को सुजित मग्रातीको साथबाट अटोमेटिक पेस्तोल थान १, ऐ. को म्याक्जिन थान १, ऐ. को गोली थान ६ र लागु औषध नाईट्रोसन, ब्राउन सुगर र उक्त चोरी भएको मोटरसाईकल समेत लुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको तथा १ नं. प्रदेश प्रहरी फुटबल टिमले श्री एकता शान्ति क्लव सुर्योदय ईलाममा आयोजित एकता खुल्ला लात्ते भकुण्डो प्रतियोगिता २०७९ मा प्रथम, हाङथुम क्लव मादी संखुवासभाले आयोजना गरेको प्रतियोगितामा द्वितिय र ४० औं आई.जि.पी. रनिङ शिल्ड फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।     

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०१-२६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

अनियन्त्रित भई ट्याक्टर भिरबाट खस्दा १ जना बालकको मृत्यु ८ जना घाईते
२०८१-०१-२६

ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका-४ डुम्रिसे स्थितमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाईते भएका छन् । आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जादै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि करिव १५ मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय किरण तामाङको ९ बर्षीय छोरा श्री सिदेश्वरी मावि डुम्रिसेमा अध्ययनरत मानस तामाङको घटनास्थलमै मृत्यु भएको  तथा दुर्घटनामा घाईते भएका स्थानीय १२ बर्षीय शिखर काङलिवाको स्थानीय क्लिनिकमा उपचार भईरहेको , अन्य  ११ बर्षीय साईमन तामाङ, १३ बर्षीया सुष्मा तामाङ, १३ बर्षीय दिपेन्द्र तामाङ, १३ बर्षीया अनिषा बिश्वकर्मा, १४ बर्षीया मुना बिश्वकर्मा, १२ बर्षीया मनिषा तामाङ, र १५ बर्षीया गुञ्जना तामाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटनामा संलग्न चालक फरार रहेकोले खोजतलास भईरहेको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८१-०१-२५

इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ बर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नंम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी तिनघरे इलामबाट खटिएको प्रहरी टोलीले सुर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. ६०० ग्राम सहित स्थानीय ३१ बर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

अवैध सामान बरामद
२०८१-०१-२५

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो साढे ३ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेमा  ईटहरीबाट धरानतर्फ जाँदै गरेको को. १७ प २८१५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट VCTS लगायत अन्य बिलबिजकहरु समेत नरहेको अवस्थामा अन्दाजी ६ लाख ८६ हजार ६३० रुपैँया बराबरको बिभिन्न कम्पनीको ४४ थान मोबाईल बरामद गरेको हो । त्यस्तै झापा र मोरङका बिभिन्न स्थानहरुबाट अन्दाजी २ लाख बराबरको भन्सार छलीका लत्ता कपडा,बिभिन्न किसिमका पेय पदार्थ तथा खाध्यन्न लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । अबैध रुपमा बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०१-२४

मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।