प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७९-०८-२८

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गिरीले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एबम् प्रविधिमैत्री बनाउदै केन्द्रको  सम्पुर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।
समयको परिवर्तन संगसंगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो ।
वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।
यसैगरी प्रहरी नायव महानिरीक्षक गिरीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत ‍गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताउनु भयो । बार्षिक उत्सब कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव श्रीमती अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक, लगायत प्रहरी अधिकृत  तथा जवानहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-०७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाका छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ६ सय ४० मिलिग्राम र नगद १२ हजार ४६० रुपैया सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुद्वशान्ती गाउँपालिका- १ का २३ बर्षीय रत्न बहादुर राय, मेचिनगर नगरपालिका- १० का २४ बर्षीय बिक्रम राजवंशी, २२ बर्षीय बिशाल लिम्बु र मेचिनगर- १२ का २२ बर्षीय नेत्र बहादुर राई रहेका छन् । त्यस्तै सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट ११ ग्राम ९४५ मिलिग्राम ब्राउनसगुर, TRAMANIL, NITRAVET गरी १ सय ट्याब्लेट र नगद ८ हजार १५५ रुपैया सहित मोरङ केराबारी गाँउपालिका- १० का ३७ बर्षीय राजु मगर, बराहक्षेत्र नगरपालिका- ७ का २५ बर्षीय सुरन भण्डारी र तेह्रथुमका २९ बर्षीय राजिन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-०१-०७

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु २०८० साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका-२ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो. इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेको, हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र "१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला" को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको साथै प्रहरी निरीक्षक बिशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापा जिल्लाको कांकडभिट्टाबाट पक्राउ गरेको, आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न  पदम बहादुर मगरलाई भरुवा बन्दुक थान-२ सहित पक्राउ गर्नुका साथै  भोजपुर नगरपालिका-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गरेको हुँदा निजहरुले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।      

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-०१-०७

मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोहि स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो भने घाईतेको सोहि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०१-०६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती १ बजे धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ बर्षीय नकुल राई, २६ बर्षीय सानु राई र धरान-१८ का २० बर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।

सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु
२०८१-०१-०५

इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । हिजो दिउँसो इलामको माङसेबुङ गाउँलिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक  भोजपुर खावाका ५७ बर्षीय महेश कुमार राई गम्भिर घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ स्थितमा लु.३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका-७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको थियो भने घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका-२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ । यसै गरी राती १० बजे उदयपुरको उदयपुरगढी-७ स्थित मदन भण्डारी लोकमार्गमा  ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका-६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।