प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

थ्रेसरमा बेरिएर १ जनाको मृत्यु

२०८०-०९-०५

  • A
  • A-
  • A+
Share

झापाको झापा गाउँपालिका- २ स्थितमा थ्रेसरमा बेरिएर १ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजे स्थानीय ५७ बर्षीय नुनुवा टुडु आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक लासलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरि पोष्टमापटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।