प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०८०-०७-१०

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police The Month) घोषित गरी पुरस्कृत गरिएको छ । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुबै जना प्रहरी कर्मचारीलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले  महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो । कार्कीले जिल्ला प्रहरी उदयपुरमा कार्यरत रही कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरुलाई सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न सफल भएको र ओझाले सुनसरी जिल्लाका बिभिन्न स्थानबाट नक्कली नोटको कारोवार गर्ने तथा जुवाजन्य खेल खेल्ने मानिसहरु पक्राउ गर्न सफल भएको र फरार प्रतिवादी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police The Month) घोषित गरी पुरस्कृत गरेको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-१७

मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

२ जना फरार प्रतिबादी पक्राउ
२०८०-०८-१७

झापा  र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा झापा जिल्ला अदालत झापाको मिति २०७९।०५।३१ गतेको फैसलाले ३ महिना १४ दिन कैद भई फरार रहेका कमल गाउँपालिका- ३ का २० बर्षीय सुनिल थापालाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१।०२।२६ गतेको फैसलाले लागुऔषध मुद्धामा नगद २ हजार रुपैया र १ दिन कैद भई फरार रहेका बराहक्षेत्र नगरपालिका- ३ का दिल बहादुर लिम्बुलाई अस्थाई प्रहरी चौकी नडहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

३ जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुह र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालय बाट खटिएको प्रहरी टोलीले  शुक्रवार तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर, जिल्ला अदालत झापा र मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना तोकिएका  दमक- ७ का ३७ बर्षीय टंक प्रसाद लिम्बु , दमक- ३ का १९ बर्षीय पासाङ तामाङ, र बिराटनगर- १५ का ४० बर्षीय बाबुजान अहमद मियाँलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
२०८०-०८-१६

सुनसरी जिल्लाको बिभिन्न स्थानबाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । हरिनगर गाउँपालिका- ४ का राजेश्वर रामले आफ्नै कुखुरा फारम अगाडी पार्किंङ गरि राखेको को. ३६ प ४६०६ नम्बरको मोटरसाईकल देवानगंज- १ का अबिशेक मेहता र देवानगंज- ७ का २६ बर्षीय उमेश प्रसाद मेहताले चोरी गरि लगिरहेको अवस्थामा स्थानियहरुले पक्राउ गरि राखेको भन्ने जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो भने कोशी- ४ का रबिन्द्र यादबको को. ३६ प ६३४८ नम्बरको मोटरसाईकल हराएको भनी जानकारी गराएसंगै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगंज- १ का ललन कुमार मेहतालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।