प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर र भारतिय नोट सहित एक जना पक्राउ

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा  स्थितबाट लागूऔषध ब्राउन सुगर र भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् । आज दिउसो सवाँ २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतिय नोट ५०० दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतिय नोट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जना पक्राउ
२०८१-०२-०३

धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईटहरी-५ का २५ बर्षीय संजिब रिजालले मुखमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेसगै चालक २६ बर्षीय संजिब प्रधानलाई समेत नियन्त्रणमा लिएको हो । त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-१ हिलेबाट स्थानीय २३ बर्षीय केवल तामाङ र २६ बर्षीय सुजन तामाङलाई स्पास्मो र ट्रामाडोल गरी जम्मा ३१९ ट्याब्लेट नियन्त्रित औषधी सहित प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०२-०२

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका-४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त  पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका-३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ
२०८१-०२-०१

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका-४ घर भई हाल माई नगरपालिका-४ ईलाम बस्दै आएका ३१ बर्षीय उमेश शेर्पाको साथबाट ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले ३१० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर-३ का २३ बर्षीय उज्वल मगरलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  को.३१ प ३२५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इटहरी-१८ का २९ बर्षीय जेस राईको साथबाट ५२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने झापा कमल गाउँपालिका-६ का २३ बर्षीय कृष्ण साहलाई नियन्त्रीत औषधी lupagesine र digapame गरि जम्मा २१६ एम्पुल सहित मोरङको बुढीगंगा गाउँपालिका-२ बाट CRV बासवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने- प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ
२०८१-०१-३१

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने निर्देशन दिनु भएको छ । आज बिहान भएको निरीक्षण कार्यक्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण गर्नु भएको छ भने प्रहरीले गरेका उत्कृष्ट कार्यको प्रशंसा तथा कमि कमजोरीलाई सुधार गर्न समेत निर्देशन दिनु भएको छ । निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले भौगोलिक विकटता भएको पहाडी जिल्ला ओखलढुंगामा रहेका आम नागरिकहरुमा उत्कृष्ट प्रहरी सेवाप्रवाह गर्न र आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै प्रहरी काम कारवाही अगाडि बढाउन निर्देशन दिनु भयो । निरीक्षण भ्रमणकै क्रममा वहाँले जिल्लाका स्थनिय जनप्रतिनिधिहरु, स्थानीय सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय भद्रभलाद्मीहरुसंग शान्ति सुरक्षाको बारेमा अन्तरक्रिया तथा छलफल गर्नुका साथै समाजमा जनचेतनाको कमिबाट हुने आपराधिक घटना तथा कानुन बिपरितका कार्यहरुलाई निरुत्साहित गर्ने कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको बताउदै विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेकाले घटना भएर प्रहरीमा पुग्नु भन्दा यसबाट जोगिन नागरिक आफै सचेत रहन आग्रह समेत गर्नु भएको थियो ।