प्रतिबन्धित लागुऔषध सहित पक्राउ
२०७९-०५-२४
- A
- A-
- A+
झापाको बिर्तामोड नगरपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का १९ बर्षीय कालु दासलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रतिबन्धित ब्राउन सुगर बरामद भए सगै दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।