प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

२०८१-०१-०३

  • A
  • A-
  • A+
Share

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।  

सम्बन्धित समाचार
दर्ज्यानी चिन्हद्वारा सुशोभन
२०८१-०१-१७

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाण्डौ मानवश्रोत बिकास बिभागको पत्रादेशले प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ । आज दिउसो एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो । दर्ज्यानी चिन्हले सुशोभित कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले पदोन्नतीसंगै पदीय जिम्मेवारी पनि थपिएको हुँदा अझ बढी लगनशील भएर कर्तव्य पालना गर्न निर्देशन दिनु भयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-०१-१७

सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर  चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका-५ का  २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका-७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई  स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा  हाईट्रो कोलोरी २४६ ट्याबलेट र  लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

बिदेशी नागरीकको मृत्यु
२०८१-०१-१७

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासा स्थितमा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर  X2744600 भएकी ३६ वर्षिया MARISTARITA SINAGA नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन् । घटनाबारेमा जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । घटनाबारेमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ
२०८१-०१-१७

इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षिय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पुर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ब्राउन सुगर र भारतिय नोट सहित एक जना पक्राउ
२०८१-०१-१६

मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा  स्थितबाट लागूऔषध ब्राउन सुगर र भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् । आज दिउसो सवाँ २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतिय नोट ५०० दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतिय नोट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।