ब्राउन सुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ
२०७९-११-२७
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीका छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान झापाको प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०१-०१३ प १९७३ नम्वरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउदै गरेकि चुलाचुली गाउँपालिका १ इलामकि ३४ बर्षीया मन्जु चापागाईको साथबाट १६ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले खोटाङको बाक्सिला घर भई धरान उपमहानगरपालिका १५ स्थितमा डेरा गरी बस्दै आएका ४० बर्षीय जीवन राई र धरान १५ का २६ बर्षीय रुकमान मगरलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको कानेपोखरी गाउँपालिका-४ का १९ बर्षीय संजय दर्जीलाई नियन्त्रित औषधि स्पासपेन ९९ चक्की र ट्रामाड्रोल १०४ चक्की सहित प्रहरी चौकी रमाईलो मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।