प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ४ जना पक्राउ

२०८०-०६-०८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट, ब्राउनसुगर र नियन्त्रीत गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका-१२ का २० बर्षीय अंकित साह, उदयपुरगढी गाउँपालिका-८ की ३० बर्षीया उर्मिला खत्री, कटारी नगरपालिका-४ बस्ने २३ बर्षीय संजय मगर र बराहक्षेत्र नगरपालिका- २ का २६ बर्षीय सनम बिश्वकर्मा रहेका छन् । साहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ बसपार्कबाट  ट्रामाडोल २० पत्ता र स्यासपेन्ट १८ पत्ता सहित आईतवाट बिहान पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले खत्रीलाई २ केजी गाँजा सहित घरैबाट पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपलिका-६ रुपन्देही घर भई कटारी बस्दे आएका मगरलाई प्रतिबन्धित लागुऔषध SPASMO PROXYVON- ३०ट्याब्लेट सहित कटारी -४ बसपार्कबाट पक्राउ गरेको हो । यसेगरी बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।