प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालय स्तरबाट  १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा  स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।
कार्यक्रम अनुसार सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता”  भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरान शाखाका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसरमा केन्द्रमा उपचाररत  सदस्यहरुले  आन्तरिक खेल प्रतियोगिता, गित, नृत्य, कविता र नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा  प्रमुख अतिथि बास्तोलाले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै लागूऔषध कारोवार तथा सेवन दण्डनिय अपराध भएकोले  यस को दुरुपयोग नगर्न  र कुलतमा नलाग्न  तथा केन्द्रमा उपचाररत सदस्यहरुले सकारात्मक सोच लिएमा अब्बल नागरिक बनेर देशलाई ठुलो योगदान पुर्‍याउन सक्ने बताउनुभयो । वहाँले खेल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत गर्नुका  साथै उपचाररत सदस्यहरुले प्रदर्शन गरेको कलाको  उच्च सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक  राजन अधिकारी,  कोशी प्रदेश प्रहरी श्रीमती संघ की अध्यक्ष एवं आसरा सुधार केन्द्र, पानवारी धरान शाखाको संरक्षक श्रीमती अजिता देवकोटा बास्तोला, संचालक समिति सदस्य शिला बज्राचार्य, सिनियिर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।