प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०१-१४

  • A
  • A-
  • A+
Share

मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई  स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै  मृत्यु भएको  भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई  घटना सम्बन्धमा  थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम
२०८१-०३-३०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा नाकाहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसन रहित समाजको परिकल्पनाका साथ दुर्व्यसन कर्ताहरुलाई निरुत्साहित गर्ने उद्धेश्यले दुर्व्यसन बिरुद्द आमाहरु कार्यक्रमका साथै लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । आज अपरान्ह बिराटनगर बिराटनगर-१६ स्थितमा  जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी  र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा  लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन  भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कोशी प्रदेश प्रहरी प्रमुख खापुङले लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण  गर्नको लागि “दुर्व्यवसन बिरुद्ध आमाहरु” कार्यक्रम कोशी प्रदेशमा अभियानकै रुपमा ल्याएको बताउदै वालबालिकाहरुसंग वढी समय आमाहरुले बिताउने हुँदा उनिहरुको वानी व्यहोरामा आएको परिवर्तन सहजै आमाहरुले महसुस गर्ने भएकोले आमा समुहलाई अगुवा बनाएर कार्यक्रम संचालनमा ल्याईएको बताउनु भयो ।  वहाँले व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलाना र  साथीभाईको लहलहैमा लागेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेकोले यस्तो अवस्था आउन नदिन आमाहरु नै जागरुक हुनु पर्ने बताउनु भयो ।  कार्यक्रममा प्रमुख अतिथि नागेश कोईरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गरी युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन  संचालनमा ल्याएको “दुर्व्यसन विरुद्ध आमाहरु”  कार्यक्रम स्वागत योग्य रहेको बताउदै यस्ता कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने वताउनु भयो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले लागुऔषधको प्रयोगले व्यक्तिगत जीवन, पारिवार र समाजलाई असर पर्‍याउनुका साथै अपराधका घटनाहरु समेत बढाउने भएकोले यसलाई नियन्त्रण गर्न गत चैत्र १४ गते  “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरी कोशी प्रदेश अन्तर्गत रहेका पालिका र वडा स्तर सम्म कार्य समिति गठन गरी कार्यक्रम संचालन गरिरहेकोमा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सिमा नाकालाई लक्षित गरी यो कार्यक्रम संचालन गरेको बताउनु भयो ।कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की,विराटनगर महानगरपालिका-१५ का वडा अध्यक्ष प्रकाश साह र महिला अधिकारकर्मी सामाजिक अभियन्ता सदिना खातुनले आ-आफ्नो भनाई राख्नु भएको थियो । उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सामुदायक सेवा केन्द्र रानीकाका पदाधिकारी, नागरिक समाज, आमा समुह, संघसंस्थाका प्रतिनिधिहरु, जेष्ठ नागिक, संचारकर्मी, महिला सजाल, युवा समुह, स्थानिबासीहरु समेतको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-२७

झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको बिराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२६

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का ३३ बर्षीय आस नारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भए सगै मारापाचे र संलग्न रहेका २८ बर्षीय तारा राईलाई समेतलाई  नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३५ बर्षीय नर बहादुर तामाङलाई नियन्त्रीति औषधी ट्रामाडोल-७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई स्थलगत अवलोकन भ्रमण
२०८१-०३-२६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित “लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमका प्रशिक्षर्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको स्थलगत अवलोकन भ्रमण गराईएको छ । असार २३ गतेबाट संचालन भएको उक्त अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई प्रहरी निरीक्षक तोरण परियारको  टोलीले  अवलोकन भ्रमण गराएको हो । अवलोकन भ्रमणमा प्रशिक्षार्थीहरुलाई लागुऔषध सम्बन्धि भौतिक सबुद प्रमाणहरूको वैज्ञानिक परिक्षण, विश्लेषण, तुलना एवम् पहिचानको बारेमा जानकारी गराईएको थियो ।

पहिरोले पुरिएर बालिकाको मृत्यु
२०८१-०३-२६

उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरको ८ बर्षीया छोरी रुपकला मगर रहेकि छन ।  हिजो बिहान परेको अबिरल बर्षाको कारण घर माथीबाट पहिरो झरी घर पुरिंदा घर भित्र रहेकी उनको ३० बर्षीया श्रीमती हिर कुमारी मगर र ८ बर्षीया छोरी रुपाकला मगर घाईते भएका थिए । पहिरोले पुरीएर घाईते भएका दुबै जनालाई प्रचौ साउनेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी रानीबास लगिएकोमा उपचारको क्रममा रुपकलाको मृत्यु भएको हो । हिर कुमारी मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाएको र थप उद्दार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।