बोलेरो र मोटरसाईकल आपसमा ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु
२०८१-०८-१३
- A
- A-
- A+
झपाको शिवसताक्षी नगरपालिका-१ कमल पुल स्थित पुर्ब पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाईकल आपसमा ठक्रकर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मंसिर १२ गते साँझ बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो र प्रदेश १-०१-००१ च ८२२१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा मोटरसाईकल चालक शिवसताक्षी-८ का ४० बर्षीय ललित बहादुर थापा घाईते भई उपचारको क्रमममा बिएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । बोलेरो चालक मेचीनगर नगरपालीका-८ काकडभिट्टाका ३१ बर्षीय विशाल खवासलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।