प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी ६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ सम्पन्न भएको छ ।

 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता एवं आन्तरीक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णमा स्वागत मन्तव्य समेत राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै वहाँले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वाँहाले अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । वहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले बिशिष्ट भुमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिला वल्लभ अधिकारीले प्रहरी दिवसको अवसरमा हरेक बर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान-पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो (टोकन अफ ग्राटिच्युट)  प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि लगायत सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिलाबल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जन प्रतिनिधिहरु, समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०७

झापा र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका- ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई, नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान-१३ की २८ बर्षीया पुष्पा राईलाई  ५ सय ८० मिलिग्राम ब्राउन सुगर सहित उनकै कोठाबाट र धरान- १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट सहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८२-०४-०७

मोरङको लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । साउन ६ गते दिउँसो ON TEST सिटि सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ-४ का ३९ बर्षीय भिषण राई, सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०६

संखुवासभा र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०५ गते संखुवासभाको चिचिला गाउँपालिका- ३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो । त्यस्तै मोरङको केराबारी गाउँपालिका- ८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०६

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०६ गते झापाको गौरादह नगरपालिका- १ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान- १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी- ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी- ८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी- २ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र स्पासपेन १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको हो । त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका- ५ बाट इलाका प्रहरी कार्यालय राजारानीले २५ बर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधी १ सय ४ ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०५

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०४ गते  मोरङको बेलबारी- ८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका पर्सा बिरगंञ्जका २५ बर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ बर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।