अबैध सामान बरामद
२०७९-११-०२
- A
- A-
- A+
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी काँकरभिट्टाबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली गरी चोरी निकासी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कपडा, जुत्ता चप्पल, चकलेट र बिडी समेत गरी करिव १ लाख ४ हजार मुल्य बरावरको सामान र नेपालबाट भारत तर्फ लादै गरेको करिव ३० हजार मुल्य बराबरको कस्मेटिक सामानहरु बरामद गरेको हो । बरामद भएका उक्त सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको छ ।