प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुर्गा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

२०८०-०७-११

  • A
  • A-
  • A+
Share

सेवा नै धर्म हो भन्ने मुल नारा सहित पुर्णिमाको विषेश अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु तथा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थितीमा मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ स्थितमा रहेको श्री दुर्गा मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा नम्बर-१५ का वडा अध्यक्ष  लगायत श्री दुर्गा मन्दिर कार्यसमितिका अन्य सदस्यहरुको  समेत उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर- १६ दरैयाबाट बिराटनगर- ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
२०८१-०२-०६

धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८१-०२-०६

सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका साढे ५ बजे इटहरी-७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।