प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर दुई जनाको मृत्यु

२०७९-०३-१७

  • A
  • A-
  • A+
Share

धनकुटा र सुनसरीमा हिजो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । हिजो साढे १० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको छ ।

यसै गरी हिजै दिउसो सँवा १ बजे सुनसरी ईनरुवा नगरपालिका १ पुर्व टोल का ४४ बर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।