प्रतिबन्धित लागुऔषध सहित पक्राउ
२०७९-१२-१६
झापाको मेचीनगर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । आज बिहान इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा पैदल आउदै गरेका लेटाङ नगरपालिका-३ मोरङका ४६ बर्षीय बिशाल शर्मालाई चेक जाँचको क्रममा उनको साथबाट १० ग्राम ब्राउन सुगर र नगद २८ हजार ६ सय १५ नेपाली रुपैया समेत बरामद भए संगै पक्राउ गरिएको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका शर्माको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।