प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०८०-०६-२४

  • A
  • A-
  • A+
Share

झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित ब्राउन सुगर, औषधी  र गाँजा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङगे पुलमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-२ का १९ बर्षीय निसान लिम्बु, भद्रपुर-८ का २४ बर्षीय रिवज रनपहेली, दमक-१ का २१ बर्षीय रुस्बिन लिम्बु र बिक्रम लिम्बु समेतलाई उनिहरुले साईकलको सिटमुनी लुकाईछिपाई राखिएको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । भने इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २३ बर्षीय शेख खुवान मियालाई १ किलो ग्राम २ सय ७० ग्राम गाँजा सहित उनकै कोठाबाट पक्राउ गरेको हो ।
यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ६ प८५४२ नम्बरको स्कुटरमा सवार रहेका त्रियुगा नगरपालिका-१० का ३५ बर्षीय चन्द्र शेखर राई र ३० बर्षीय विगेस राईको साथबाट डाईजोपाम, बुप्रिनोफ्रिन, फेनारगन समेत गरी ७५ एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।  

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-३०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल  ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८३-०१-३०

विरानटगर, वैशाख ३० गते ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम,  ट्रामाडोल र डाईक्लोमाईन समेत गरी ७ हजार ९६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनसुन्धान भईरहेको छ ।

४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।