लत्ताकपडा सहित ट्याक्टर नियन्त्रणमा
२०७९-०६-०३
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट BR38 B 2378 नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो । बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।