प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहीत २ जना पक्राउ

२०७८-१०-०५

  • A
  • A-
  • A+
Share

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट लागुऔषध गाँजा र साईकल सहीत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा  बराहक्षेत्र-३ का  २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका- १ का ३२ बर्षीय नबहाङ  किराती  राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको  क्यु आरटी टोलीले मंगलवार राती चेक जाँचको क्रममा निजहरुबाट ६ केजी लागुऔषध गाँजा र २ वटा साईकल सहीत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान समेत भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।