प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा निर्देशन

२०८०-०७-०१

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालय प्रमुखहरुलाई Virtual माध्यमद्धारा निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले प्रहरी ब्याटनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बिशेष धन्यवाद दिनुका साथै कोशी प्रदेश कार्यालय तथा अन्तरगत रहेका कार्यालयहरुले गरेको कार्यालय ब्यबस्थापन, सौन्दर्यकरण तथा प्रणालीगत सुधारका साथै बिबिध सचेतना मुलक कार्यक्रमको प्रशंसा गर्न योग्य रहेको बताउँदै आगामी दिनमा समेत यस्ता क्रियाकलापमा निरन्तर रुपमा लागी पर्न प्रेरित गर्नु भयो ।  
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तर्गत आउँदै गरेको नेपालीहरुको महान चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिबिधी लगायत बिभिन्न अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गरी शान्ति सु-ब्यबस्था कायम गर्न निर्देशन दिनु भयो । यसका साथै वहाँले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार अनुगमन गर्ने ब्यबस्था मिलाउन, भन्सार छली तथा चोरी निकासी पैठारी नियन्त्रण र पटकाजन्य बस्तुको ओसारपसार नियन्त्रणमा बिशेष ध्यान दिनका साथै सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चेकजाँचमा कडाई गर्न  ट्राफिक र जनपद प्रहरीको संयुक्त जनशक्ति परिचालन गरी चेकजाँचलाई थप मर्यादित र ब्यबस्थित बनाउन समेत निर्देशन दिनु भएको छ ।
निर्देशनकै क्रममा वहाँले सम्प्रदायिक, धार्मिक तथा राजनैतिक गतिबिधीको बारेमा अग्रिम सूचना संकलन गर्दै Operational Readiness  र Heavy Police deployment गरी सुरक्षा ब्यबस्थालाई थप मजबुत बनाउन समेत निर्देशन दिनु भयो ।
यसका साथै मानव बेचबिखन, लागुऔषधको नियन्त्रण, चोरी पाकेटमारी, जुवातासजन्य गतिबिधी नियन्त्रण, मादकपदार्थ सेवन गरि हुने झै-झगडा तथा होटलहरुमा हुने अवान्छित क्रियाकलाप नियन्त्रण गर्दै आफ्नो पदिय जिम्मेवारि त्रुटि रहित ढङगबाट पुरा गर्न र शुन्य सहनशिलताको नितीलाई अक्षरस पालना गर्दे प्रहरी आचरण र व्यवहारलाई शभ्य, शिष्ट र मर्यादित बनाई कानूनको परिधिमा रही जन-चाहाना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन तथा प्रहरीमा आपसी भाईचाराको भावना विकास गरी एक आपसमा शुभकामना आदान प्रदान गर्न र कार्यालय प्रमुखहरुले आ-आफ्नो मातहत कार्यालयहरुको अनुगमन गरी कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का गुनासोहरुको सम्बोधन गर्न समेत निर्देशन दिनु भयो ।
यसका साथै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत प्रहरी कर्मचारीहरुलाई बिजयादशमी, शुभदिपावली, छठ पर्व, नेपाल सम्वत, ईद, ल्होसार पर्वको अवसरमा व्यक्तिगत , पारिवारीक तथा व्यवसायिक जिवनको सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।