प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा निर्देशन

२०८०-०७-०१

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालय प्रमुखहरुलाई Virtual माध्यमद्धारा निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले प्रहरी ब्याटनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बिशेष धन्यवाद दिनुका साथै कोशी प्रदेश कार्यालय तथा अन्तरगत रहेका कार्यालयहरुले गरेको कार्यालय ब्यबस्थापन, सौन्दर्यकरण तथा प्रणालीगत सुधारका साथै बिबिध सचेतना मुलक कार्यक्रमको प्रशंसा गर्न योग्य रहेको बताउँदै आगामी दिनमा समेत यस्ता क्रियाकलापमा निरन्तर रुपमा लागी पर्न प्रेरित गर्नु भयो ।  
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तर्गत आउँदै गरेको नेपालीहरुको महान चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिबिधी लगायत बिभिन्न अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गरी शान्ति सु-ब्यबस्था कायम गर्न निर्देशन दिनु भयो । यसका साथै वहाँले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार अनुगमन गर्ने ब्यबस्था मिलाउन, भन्सार छली तथा चोरी निकासी पैठारी नियन्त्रण र पटकाजन्य बस्तुको ओसारपसार नियन्त्रणमा बिशेष ध्यान दिनका साथै सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चेकजाँचमा कडाई गर्न  ट्राफिक र जनपद प्रहरीको संयुक्त जनशक्ति परिचालन गरी चेकजाँचलाई थप मर्यादित र ब्यबस्थित बनाउन समेत निर्देशन दिनु भएको छ ।
निर्देशनकै क्रममा वहाँले सम्प्रदायिक, धार्मिक तथा राजनैतिक गतिबिधीको बारेमा अग्रिम सूचना संकलन गर्दै Operational Readiness  र Heavy Police deployment गरी सुरक्षा ब्यबस्थालाई थप मजबुत बनाउन समेत निर्देशन दिनु भयो ।
यसका साथै मानव बेचबिखन, लागुऔषधको नियन्त्रण, चोरी पाकेटमारी, जुवातासजन्य गतिबिधी नियन्त्रण, मादकपदार्थ सेवन गरि हुने झै-झगडा तथा होटलहरुमा हुने अवान्छित क्रियाकलाप नियन्त्रण गर्दै आफ्नो पदिय जिम्मेवारि त्रुटि रहित ढङगबाट पुरा गर्न र शुन्य सहनशिलताको नितीलाई अक्षरस पालना गर्दे प्रहरी आचरण र व्यवहारलाई शभ्य, शिष्ट र मर्यादित बनाई कानूनको परिधिमा रही जन-चाहाना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन तथा प्रहरीमा आपसी भाईचाराको भावना विकास गरी एक आपसमा शुभकामना आदान प्रदान गर्न र कार्यालय प्रमुखहरुले आ-आफ्नो मातहत कार्यालयहरुको अनुगमन गरी कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का गुनासोहरुको सम्बोधन गर्न समेत निर्देशन दिनु भयो ।
यसका साथै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत प्रहरी कर्मचारीहरुलाई बिजयादशमी, शुभदिपावली, छठ पर्व, नेपाल सम्वत, ईद, ल्होसार पर्वको अवसरमा व्यक्तिगत , पारिवारीक तथा व्यवसायिक जिवनको सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार
लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारीहुर पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी बरिष्ट नायव निरीक्षक भुवन शिंह बोगटी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बिक्रम दाहाल,  जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक साजना प्रसाई र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी बरिष्ट हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनशिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकमा प्रहरीको छवि उच्च बनाउने कार्यमा बिभिन्न विधामा अति उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेकोले उनिहरुले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरेको हो । कुल १ लाख ४२ हजार धनराशीको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” धरान उप-महानगरपालिका-१ निवासी धनन्जय आचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी वीच २०८१ सालमा सम्झौता भई  २०८२ साल देखि देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरिएको हो । बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी २ जना महिला र २ जना पुरुष वा सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधिद्वारा पुरस्कार प्रदान गरिदै आएको छ । कार्यक्रममा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार" का संस्थापक धरान उप- महानगरपालिका-१ निवासी धनन्जय आचार्यका प्रतिनिधि योगेश काफ्लेलाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

७१ औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । उहाँले कोशी प्रदेश प्रहरी कार्यालय तथा प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान,आन्तरिक तथा वाह्य प्रशिक्षण, सपोर्ट समुह, खेलाडी लगायत प्रहरी कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको हो ।

७१ औँ प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
२०८३-०६-३०

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित विशेष कार्यक्रममा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अमर प्रहरी परिवारले आ-आफ्नो सुझाव, समस्या तथा गुनासोहरु राख्नु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक खनालले संगठनको गरिमा, प्रतिष्ठा र श्रीवृद्धिका लागि आफ्नो अमूल्य जीवन बलिदान गरेका अमर प्रहरीहरूको योगदानको उच्च कदर र सम्मान व्यक्त गर्नु हुँदै  अमर प्रहरी परिवारका सदस्यहरूले उठाएका समस्या, गुनासा तथा जिज्ञासाहरूको बारेमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो  ।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारद्धारा प्रहरी सहायक हवल्दार युवराज खड्का पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवस २०८३ को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार युवराज खड्का पुरस्कृत भएका छन । २५ हजार धनराशीको उक्त पुरस्कार कोशी प्रदेश अन्तरगत उत्कृष्ट ट्राफिक व्यवस्थापन कार्य गर्ने  प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी उहाँलाई पुरस्कृत गरिएको हो । पुरस्कृत भएका प्रहरी सहायक हवल्दार युवराज खड्काले राजमार्ग सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन तथा ट्राफिक व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गरेका छन् । पुरस्कृत हुने खड्काई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको छ । १८ बर्षको उमेरमा सवारी दुर्घटनामा परी दिवंगत भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । कार्यक्रममा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा प्रहरी निरिक्षक प्रमिला कार्की पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदाय मैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिक प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी निरीक्षक प्रमिला कार्कीलाई पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बीच २०८१ सालमा सम्झौता भई महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात भएको थियो  । । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।