प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउनसुगर सहित ४ जना पक्राउ

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ९ बजे मोरङको केराबारी गाउँपालिका-७ का ३२ बर्षीय युवराज कटवालले लागुऔषध ओसारपसार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी झापाको भद्रपुर नगरपालिका-५ मेचिपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको मे. १० प ३२८७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-८ का २६ बर्षीय मोहित साहले लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ब्राउन सुगर पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ भित्री सडक खण्डबाट स्थानीय २४ बर्षीय बिशाल राजवंशी र पछाडी सवार १९ बर्षीय रोहन ढकाललाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १ -०१-०१३ प ४१८१ नम्बरको स्कुटरमा सवार रहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागूऔषध बरामद भएको थियो ।  पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

सम्बन्धित समाचार
बिभिन्न मुद्दाका १९ जना फरार प्रतिबादीहरु पक्राउ
२०८३-०५-२५

सुनसरी, मोरङ, झापा र पाचँथरबाट बिभिन्न मुद्दाका १९ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २४ गते झापाबाट ४  जना, सुनसरीबाट ३ जना, मोरङबाट ११ जना र पाँचथरबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट १० बर्ष कैद सजाय  र २ लाख ५ हजार ३ सय ३७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।

लागू औषधमा संलग्न २ भारतीय नागरिक सहित ६ जना पक्राउ
२०८३-०५-२४

झापा र सुनसरी जिल्लाबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २३ गते झापाको दमक नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत अररियाका १९ बर्षीय महमद फिरोज र २५ बर्षीय चन्दन कुमार मण्डललाई ४१ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-११ का आदित्य दर्जीलाई ४९ मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१६ की गंगा कुमारी थरुनी, इटहरी- ७ का समिर चौधरी र विरेन चौधरी समेतलाई ३१० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२४

भोजपुर र उदयपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरि नष्ट गरेको छ । भदौ २३ गते भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-३ र ९ वडाका बिभिन्न एरियाहरुको पाखाबारीमा करिव २ रोपनी क्षेत्रफलमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका २ हजार ५० वटा गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ भने उदयपुरको अस्थायी प्रहरी चौकी मैनामैनीले बेलका नगरपालिका-७ स्थित बारीमा आफै उम्रिएका २ हजार वटा गाँजाको बोट र बेर्ना फडानी गरी जलाई नष्ट गरेको छ ।