प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउनसुगर सहित ४ जना पक्राउ

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ९ बजे मोरङको केराबारी गाउँपालिका-७ का ३२ बर्षीय युवराज कटवालले लागुऔषध ओसारपसार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी झापाको भद्रपुर नगरपालिका-५ मेचिपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको मे. १० प ३२८७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-८ का २६ बर्षीय मोहित साहले लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ब्राउन सुगर पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ भित्री सडक खण्डबाट स्थानीय २४ बर्षीय बिशाल राजवंशी र पछाडी सवार १९ बर्षीय रोहन ढकाललाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १ -०१-०१३ प ४१८१ नम्बरको स्कुटरमा सवार रहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागूऔषध बरामद भएको थियो ।  पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

सम्बन्धित समाचार
प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ ।
२०८२-०१-०४

मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते विराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा-७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम  र सुनसरी इटहरी-२ का ३० बर्षीय  पासाङ शेर्पा र २५ बर्षीय  रबिन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी -२२ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर-४ स्थितबाट बराहक्षेत्र-६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

बलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मुत्यू
२०८२-०१-०४

ताप्लेजुको फक्ताङलुङ गाँउपालिका-५ स्थित सडक खण्डमा बलेरो दुर्घटना हुँदा चालकको मुत्यू भएको छ । बैशाख ०३ गते दिउसो लेलेपबाट तापेथोक तर्फ जाँदै गरेको मे. १ च ५१९३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार पाँचथर फिदिम नगरपालिका-३ का २१ वर्षीय सौजन श्रेष्ठ र चालक सोही स्थानका २५ वर्षीय सरोज श्रेष्ठ घाईते भएकोमा उपचारको लागी आधारभुत स्वास्थ्य चौकी तापेथोक लगीएकोमा स्वास्थ्य चौकी पुर्याउनसाथ चालकको मुत्यू भएको हो । सौजन श्रेष्ठलाई थप उपचारको लागी  जिल्ला अस्पतालल ताप्लेजुङको पठाईएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

चट्याङ जोखिम न्युनिकरण तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन
२०८२-०१-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ३ कार्य दिनको “चट्याङ जोखिम न्युनिकरण तथा उद्दार (प्र.ज. देखि जु.प्र.अ.) अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख ०३ गते बिहान तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक श्रेष्ठले प्राकृतिक प्रकोप  हावा हुरी बतासको मौसममा वा वर्षा याममा पर्ने चट्याङका कारण मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-०३

मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०२ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१७ का ४० बर्षीय  राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलिले स्थानिय  ३० बर्षीय बिकास भण्डारी र २३ बर्षीय सुसिल शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप-महानगरपालिका-१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटार बाट धरान तर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान-४ का ४८ बर्षीय जोक बाहादुर राई, उनको छोरा ३० बर्षीय सुमन राई र सोहि अटोमा सवार धनकुटा साँगुरीगढी-३  का ३६ बर्षीय सुरज लिम्बुलाई १९ किलो लागू औषध गाजा सहित नियन्त्रणमा लिएको छ ।

सप्तकोशी नदी किनारबाट गाँजा बरामद
२०८२-०१-०१

उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । यसै गरी चैत्र ३१ गते वेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका-७ का २८ बर्षीय बिशाल लिम्वुलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।