प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

२०८१-०५-१२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आ.व. २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ बीच आ.व. २०८१/०८२ को लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको र सोही सम्झौताको बुदामा आधारित रही आ.व. २०८१/०८२ को लागि प्रदेश प्रहरी प्रमुख खापुङ तथा कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र १२ गते भएको कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका माहाशाखा प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, बिशेष सुरक्षा प्रहरी गण दुहबी, प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरु प्रत्यक्षरुपमा सहभागी हुनु भई कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो भने अन्य १२ वटा जिल्लाका प्रहरी प्रमुखहरु र प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रमुख Virtual  माध्यमद्वारा सहभागी हुनु भई सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।


बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही नेपाल प्रहरीको काम कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति बिवरण त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी कोशी प्रदेश प्रहरी कार्यालयमा बुझाउनु पर्ने छ ।

 

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।