प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

२०७९-०६-१३

  • A
  • A-
  • A+
Share

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित समाचार
सावरी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८१-०१-०८

झापाको कचनकवल गाउँपालिका-६ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएका छ भने ३ जना घाईते भएका छन् । हिजो राती १० बजे मे. ८ प ८१७ नम्बर र BR 36x3944 नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कचनकबल-४ का ४१ बर्षीय कृष्ण प्रसाद साहको उपचारको क्रममा  ओमसाई पाथिभरा अस्पतालमा भद्रपुरमा मृत्यु भएको हो भने  घाईते १४ बर्षीय संदिप माझी, २१ बर्षीय गोपाल राजबंशी र २५ बर्षीय राम बहादुर राजबंशीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-०१-०७

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु २०८० साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका-२ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो. इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेको, हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र "१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला" को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको साथै प्रहरी निरीक्षक बिशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापा जिल्लाको कांकडभिट्टाबाट पक्राउ गरेको, आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न  पदम बहादुर मगरलाई भरुवा बन्दुक थान-२ सहित पक्राउ गर्नुका साथै  भोजपुर नगरपालिका-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गरेको हुँदा निजहरुले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।      

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-०१-०७

मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोहि स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो भने घाईतेको सोहि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-०७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाका छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ६ सय ४० मिलिग्राम र नगद १२ हजार ४६० रुपैया सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुद्वशान्ती गाउँपालिका- १ का २३ बर्षीय रत्न बहादुर राय, मेचिनगर नगरपालिका- १० का २४ बर्षीय बिक्रम राजवंशी, २२ बर्षीय बिशाल लिम्बु र मेचिनगर- १२ का २२ बर्षीय नेत्र बहादुर राई रहेका छन् । त्यस्तै सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट ११ ग्राम ९४५ मिलिग्राम ब्राउनसगुर, TRAMANIL, NITRAVET गरी १ सय ट्याब्लेट र नगद ८ हजार १५५ रुपैया सहित मोरङ केराबारी गाँउपालिका- १० का ३७ बर्षीय राजु मगर, बराहक्षेत्र नगरपालिका- ७ का २५ बर्षीय सुरन भण्डारी र तेह्रथुमका २९ बर्षीय राजिन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०१-०६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती १ बजे धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ बर्षीय नकुल राई, २६ बर्षीय सानु राई र धरान-१८ का २० बर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।