लागूऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा
२०८२-०१-२८
- A
- A-
- A+
झापा र मोरङको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन् । वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाईकल चालक दमक नगरपालिका-३ का २२ बर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ८ सय ९० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान शुरु गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको बेलबारी नगरपालिका-३ का २५ बर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम ९८ मिलिग्राम, सुनसरीको इटहरी उप-महानगरपालिका-१६ का ३६ बर्षीय सुजन बि.क.लाई ब्राउन सुगर ७ ग्राम २३ मिलिग्राम तथा इटहरी-२० का ४० बर्षीय राजकुमार बस्नेत र २३ बर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिईएका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।