प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवस २०८० सम्पन्न

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

“६८ औ प्रहरी दिवस २०८०” भव्यताका साथ सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३० गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रमहरुको आयोजना गरी “६८ औं प्रहरी दिवस २०८०” भव्यताका साथ मनाईएको हो । प्रहरी दिवसको अवसरमा बिभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयमा असोज ३० गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री केदार कार्की, प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु र उपस्थित सम्पुर्ण महानुभावहरुले कोशी प्रदेश प्रहरी कार्यालय परिसरमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा बीरगति प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्थालाई कदर-पत्रले सम्मान गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा उच्च शिक्षा र SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका सन्ततीहरुलाई समेत पुरस्कार प्रदान गर्नु भएको थियो भने प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उत्कृष्ट कार्यालय व्यवस्थापन बिद्यामा पुरस्कृत हुनु हुने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई  प्रशंसा पत्रद्धारा  सम्मानित गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले देश र जनताको सेवामा सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरी हरेक नागरीकहरुको मन मस्तिस्कमा रहन सफल भई सकेको हुँदा अझ थप संवेदनशिल भई नागरिकको सेवामा तत्पर रहन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्नु हुँदै प्रदेश सरकारका प्रमुख सचिव दिपक काफ्लेले बीरगति प्राप्त गर्ने बीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आफ्नो ६८ औ बार्षिकोत्सव मनाई रहेको सु-अवसरमा शुभकामना दिनु हुँदै आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रमुख अतिथि कार्कीलाई टोकन अफ ग्राटिच्यूड प्रदान गरी सम्मान गर्नु भएको थियो ।
प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला तथा पदाधिकारीहरुले अमर प्रहरी परिवारका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको सिलसिलामा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो । उक्त कार्यक्रममा अमर प्रहरी परिवारका जेष्ठ सदस्यले अमर प्रहरी स्मारक पार्कमा बृक्षारोपन समेत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, स्थानीय निकायका प्रतिनिधीहरु, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-१७

मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

२ जना फरार प्रतिबादी पक्राउ
२०८०-०८-१७

झापा  र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा झापा जिल्ला अदालत झापाको मिति २०७९।०५।३१ गतेको फैसलाले ३ महिना १४ दिन कैद भई फरार रहेका कमल गाउँपालिका- ३ का २० बर्षीय सुनिल थापालाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१।०२।२६ गतेको फैसलाले लागुऔषध मुद्धामा नगद २ हजार रुपैया र १ दिन कैद भई फरार रहेका बराहक्षेत्र नगरपालिका- ३ का दिल बहादुर लिम्बुलाई अस्थाई प्रहरी चौकी नडहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

३ जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुह र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालय बाट खटिएको प्रहरी टोलीले  शुक्रवार तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर, जिल्ला अदालत झापा र मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना तोकिएका  दमक- ७ का ३७ बर्षीय टंक प्रसाद लिम्बु , दमक- ३ का १९ बर्षीय पासाङ तामाङ, र बिराटनगर- १५ का ४० बर्षीय बाबुजान अहमद मियाँलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
२०८०-०८-१६

सुनसरी जिल्लाको बिभिन्न स्थानबाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । हरिनगर गाउँपालिका- ४ का राजेश्वर रामले आफ्नै कुखुरा फारम अगाडी पार्किंङ गरि राखेको को. ३६ प ४६०६ नम्बरको मोटरसाईकल देवानगंज- १ का अबिशेक मेहता र देवानगंज- ७ का २६ बर्षीय उमेश प्रसाद मेहताले चोरी गरि लगिरहेको अवस्थामा स्थानियहरुले पक्राउ गरि राखेको भन्ने जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो भने कोशी- ४ का रबिन्द्र यादबको को. ३६ प ६३४८ नम्बरको मोटरसाईकल हराएको भनी जानकारी गराएसंगै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगंज- १ का ललन कुमार मेहतालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।