प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१६ लाख भन्दा बढीको भारतिय चिनी बरामद

२०७८-०८-०३

  • A
  • A-
  • A+
Share

सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरिएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।

यसै गरी गढी गाऊपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले वरामद २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ ।

बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार
श्रीमतीको हत्यामा संलग्न श्रीमान पक्राउ
२०८१-०६-२३

श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी  वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

नक्कली नोट सहित १ जना महिला पक्राउ
२०८१-०६-२३

सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका-७ की ३१ बर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाको नक्कली नोट १ हजार दर को ५० थान र निषेधित औषधी नाईट्रोसन-१०० चक्की समेत बरामद गरेको थियो । नक्कली नोट र निषेधित औषधी सहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु
२०८१-०६-२३

सुनसरीको ईनरुवा नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१-००१ च ०८४४  नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका-२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका-६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।   

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०६-२२

झापाको मेचीनगर नगरपालिका-६ स्थित पु मेचीपुलमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका धनुषाको मिथिला नगरपालिका-९ का २८ बर्षीय श्याम बहादुर लोप्चनलाई ३५ ग्राम  ब्राउनसुगर सहित र बुद्धशान्ति गाउँपालिका-३ का ३३ बर्ष बर्षीय रोजन राजवंशीलाई १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर  सहित नियन्त्रणमा लिएको छ । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।