प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

२०८१-०७-१७

  • A
  • A-
  • A+
Share

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, कार्तिक १७ गते ।

झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८  का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेटस्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले चेकजाँचको क्रममा  ना १ ज ६८४९ नम्बरको वीङगरमा सवार त्रियुगा नगरपालिका-६ का ३० बर्षीय राजु सदालाई निषेधित औषधी बुप्रिनोर्फिन- ३ एम्पुल, डाइजेपाम- ३ एम्पुल, फेनार्गन-३ , एस्पामो प्रोक्जिभोन- ८ ट्याबलेट र नाईट्राजेपाम- १० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी प्रहरी चौकी केवाबेसी संखुवासभाको टोलीले चेकजाँचको क्रममा धनकुटा देखी खादबारी तर्फ आउदै गरेको प्र.१-०२-००१ज ४५२५ नंम्बरको EV गाडीमा सवार संखुवासभा चैनपुर नगरपालिका- ९  का २४ वर्षिय सरोज खत्रीलाई TRAMOL50- ९ पिस र SPASPAIN- १० पिस सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गर्ने ७ जना पक्राउ
२०८२-०८-२२

सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई  असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका १ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ बर्षीय अंकित साह र राजबिराज ९ का २८ बर्षीय प्रिन्स कुमार दास रहेका छन । गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेश कुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसंग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा संलग्न रहेका उनिहरुको मंसिर १७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०८-२२

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक-५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे- १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान-१३ का गंगाराज राईलाई लागू औषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ । सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका-६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका- १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

६७८ किलोग्राम गाँजा बोकेको ट्रक सहित २ जना पक्राउ
२०८२-०८-२२

मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट ६७८ किलोग्राम लागू औषध गाँजा बोकेको ट्रक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो ।  गँजा बरामद भए संगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका- १ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।