प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका-६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर महानगरपालिका-३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका-२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर-२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।


उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/ सुपर पेन्सन बचत/ अवधि बचत/ कर्मचारी चल्ती बचत/विशेष बचत/ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको  बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको तथा अन्य ५ जनाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
पहिरोले पुरिएर १ जनाको मृत्यु
२०८१-०२-३१

संखुवासभाको चिचिला गाउँपालिका-३ स्थितमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जेष्ठ ३० गते  राती परेको अरिवल बर्षाको कारण चिचिला-३ स्थितमा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको कामदार बस्ने १४ वटा कोठा मध्ये ३ वटा कोठा पहिरोले बगाउदा कोठामा सुतिरहेका कामदार वर्दियाको बारा वर्दिया नगरपालिका-४ का २१ बर्षीय गंगाराम थारुको पहिरोमा परिएर मृत्यु भएको छ । उक्त पहिरोमा परी वर्दिया बारा नगरपालिका ३४ बर्षीय गोविन्द थारु, मकवानपुरका २७ बर्षीय उमेश  कार्की र संखुवासभा चैनपुरका ३५ बर्षीय गोपाल तामाङ  घाईते भएका छन । घाईतेहरुको सामान्य उपचार पश्चात काममा फर्की सकेका छन भने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।  

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि” तेस्रो समूहको अनुशिक्षण तालिमको उद्घाटन ।
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज एक कार्यक्रमको आयोजना बिच उक्त तालिमको समुद्घाटन भएको हो । तालिम समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी बरिष्ठ उपरीक्षक जयराज  सापकोटाले प्रहरीले गरीरहेको बिपद उद्दार कार्यलाई पुनरताजगी गराउनको लागी यो तालिम दिईएको हुँदा तालिममा सिकेको ज्ञानलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी बिपदमा परेका मानिसहरुको उद्दारले नै यो तालिमले सार्थकता पाउने बताउनु भयो । प्राकृतिक तथा मानविय विपदमा जोखिम न्युनिकरणको लागि सबै प्रहरी कर्मचारीहरु परिचालन हुनु पर्ने भएपनि तालिम प्राप्त प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी रुपमा काम गर्न सक्ने क्षमताको बिकाश गर्न उक्त तालिम दिएको बताउनु भयो । तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु हुँदै तालिमका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले यस तालिममा समय सान्दर्भिक विपद जोखीम न्युनिकरण, विपद प्रतिकार्य र विपद पुनस्थापना सम्बन्धी सम्पुर्ण सुरक्षाका आधारभुत बिषयहरुलाई समेटिएको बताउनुभयो । कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समुद्घाटन कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

खोलाले बगाएर १ जनाको मृत्यु
२०८१-०२-३१

संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ । हिजो दिउँसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट  करिव ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहतिको टोली खटि मृतक लाशको आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने  घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०२-३१

नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्री स्तरको) मिति २०८१।०२।१६ गतेको निर्णय अनुसार यस कार्यालयबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालाई  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भई फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुन्दरहरैचा-४ का २१ बर्षीय मदन चौधरी र अरुण गाउँपालिका-१ भोजपुरका २० बर्षीय बिनोद सिवा परियारलाई प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४१ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका- ७ का ४१ बर्षीय दर्शन लिम्बुलाई ५३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८१-०२-३१

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको सुनवर्षी नगरपालिका-९ स्थित लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत विहारका १९ बर्षीय राहुल राजालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५६ ग्राम १३ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेसगै संलग्न स्थानीय २४ बर्षीय आदर्श दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट इलाम चुलाचुली गाँउपालिका-३ का ३० बर्षीय बिनोद ढुंगेललाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-११ कि  २२ बर्षीया आयुषा राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।