सवारी दुर्घटनाबाट १ जनाको मत्यु
२०७९-१०-२९
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३ झापाका ४४ बर्षीय राजेन गिरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षकको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।