फरार प्रतिवादी २ जना पक्राउ
२०७९-०८-१६
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का २८ बर्षीय देव भन्ने दिपक विश्वकर्मा र बुढीगंगा गाउँपालिका-२ का ३० बर्षीय मनिराम भन्ने मानिकचन्द्र ऋषिदेव रहेका छन । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
विश्वकर्मा चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०३।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र २५ हजार जरिवाना र सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०३।१३ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए भने ऋषिदेव चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७।११।०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ११ दिन कैद र २ हजार जरिवाना भई बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।
पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागी मोरङ कारागार पठाएको छ ।