प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विपद व्यबस्थापन तथा प्रतिकार्य तालिम तेस्रो समुहको समापन ।

२०८१-०३-०८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ट उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

आज दिउँसो कार्यालयको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले विपदमा परेका मानिसहरुको उद्दार कार्यमा खटिदा आम नागरिकको जन धनको सुरक्षामा आशा, भरोसा र बिश्वास बढ्ने गरी उद्दार कार्य गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै तालिमबाट प्राप्त ज्ञान र शिपको उच्चतम प्रयोग गरी कार्यक्षेत्रमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो ।

३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।