प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित १२ जना पक्राउ

२०८१-०४-१७

  • A
  • A-
  • A+
Share

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ५ बजे झापाको झापा गाँउपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री देश भारतका ३६ बर्षीय सोमाई किस्कुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ८३० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट बिर्तामोड नगरपालिका-१ स्थितमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ६२० मिलिग्राम, प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान र चम्ची १ थान सहित बिर्तामोड नगरपालिका-६ का २४ बर्षीय अनिष चौधरी, २५ बर्षीय सुरज राई र २३ बर्षीय धिरज राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर -१७ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उपमहानगरपालिका ४ का २५ बर्षीय अमन चौधरीलाई ४ ग्राम ८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका -१५ बाट दमक नगरपालिका-५ का १९ बर्षीय रबिन मुखिया र ईटहरी-३ का २६ बर्षीय सन्तोष लामा DIAZEPAM, LUPIZESIC, PHENARAGANAVIL गरी जम्मा २२४ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ परेका छन् । त्यस्तै रंगेली नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले  प्र.१-०२-०४५ प ५२१३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक सुनवर्षि नगरपालिका-९ का ५५ बर्षीय भिम प्रसाद सिंहको साथबाट Tramadol २ हजार क्याप्सुल फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट  बराहक्षेत्र नगरपालिका-१ स्थित खटिएको प्रहरी टोलीले को. १ ह ३०६० नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा उक्त अटोबाट स्पासरेस्ट र ट्रमाडोल ५१ ट्याब्लेट प्रतिबन्धित औषधी र नगद ३२ हजार रुपैँया बरामद गरेसगै अटो चालक धरान-११ का ३० बर्षीय सबिन राई र अटोमा सवार २९ बर्षीय एसाउ सुनुवारलाई पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थित प्रदेश १-०५-००१ प ५८२१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटि चालक त्रियुगा नगरपालिका ११ का २७ बर्षीय सारासं राई र स्कुटी पछाडी सवार  त्रियुगा नगरपालिका ३ का ३५ बर्षीय नरेन्द्र  पोखरेललाई फेनागर्न, डाइजेपाम, बुप्रिनोर्फिन गरी जम्मा ३६ एम्पुल र  सिरिञ्ज ५ थान सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।  

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-३०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल  ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८३-०१-३०

विरानटगर, वैशाख ३० गते ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम,  ट्रामाडोल र डाईक्लोमाईन समेत गरी ७ हजार ९६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनसुन्धान भईरहेको छ ।

४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।