प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Data Entry एंव वितरणका लागि क्षमता अभिबृद्धी गर्न अनुशिक्षण तालिम

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय काठमान्डौको प्राबिधिक सहयोग तथा प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा २ दिने Inventory Management System मा Data Entry एंव वितरणका लागि क्षमता अभिबृद्धी सम्बन्धी अनुशिक्षण तालिम संचालन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालित उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुको प्रबन्ध शाखामा कार्यरत ३६ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । उक्त तालिममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाणडौका प्रहरी नायव उपरीक्षक गणेश पौडेल लगायतले सहजिकरण गर्नु भएको तथा उक्त तालिम २ दिन सम्म संचालन हुनेछ ।

सम्बन्धित समाचार
लागुऔषध सहित १२ जना पक्राउ
२०८१-०६-२४

लागुऔषध सहित १२ जना पक्राउविराटनगर, असोज २४ गते ।सुनसरी, झापा र धनकुटाबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का २२ वर्षिय अनिल बि.क, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई, २४ वर्षिय हेमन राईलाई TRAMADOL ३०५ पिस र DECOLIC २१० पिस सहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका- १५ परिवर्तित मार्ग स्थितबाट धरान उपमहानगरपालिका- १५ का २८ वर्षिय राजु थापा र २८ वर्षिय अभिशेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ ।त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाले इलाम नगरपालिका- ९का ३२ बर्षीय दिपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-७ त्रिबेणी स्थितबाट छथरजोरपाटी गाउपालिका-४ का २६ निर्मल बिश्वकर्मा र धनकुटा नगरपालिका-७ का ३१ बर्षीय बिजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर, ट्रामानिल-१४ क्याप्सुल, स्पास्मो-१५ ट्याव्लेट र TRAMAN50- ४ क्याप्सुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

नक्कली नोट सहित १ जना महिला पक्राउ
२०८१-०६-२३

सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका-७ की ३१ बर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाको नक्कली नोट १ हजार दर को ५० थान र निषेधित औषधी नाईट्रोसन-१०० चक्की समेत बरामद गरेको थियो । नक्कली नोट र निषेधित औषधी सहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु
२०८१-०६-२३

सुनसरीको ईनरुवा नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१-००१ च ०८४४  नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका-२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका-६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।   

श्रीमतीको हत्यामा संलग्न श्रीमान पक्राउ
२०८१-०६-२३

श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी  वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।