प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

IGP कप फुटबल खेलका बिजयी खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गर्नु भएको छ । आज प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान गर्नुका साथै बधाई तथा  शुभकामना दिनु भएको हो । गत माघ २० गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौँमा सन्चालित "४० औं IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९" मा प्रदेश प्रहरी कार्यालय बिराटनगरको  फुटबल टोली खेलमा सहभागी भई २९ गते भएको फाईनल खेलमा प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो । उक्त कार्यक्रममा समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

IGP रनिङ शिल्डको विजेता टिम १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  प्रथम पुरस्कार नगद १ लाख १ हजार तथा सर्वाधिक गोल कर्ता नगद १० हजार सहितको ट्रफी जित्न सफल भएको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०४

मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिराटनगर- १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै घटनाका चालक तथा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।     

विधिवत रुपमा मौलो पुजा सम्पन्न
२०८१-०१-०४

चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । आज बिहान ०७:२१ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली समेतको उपस्थिति रहेको थियो ।संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

ठुलो परिमाणको प्रतिन्धित औषधी सहित १ जना पक्राउ
२०८१-०१-०४

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको एक होटलबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित औषधिहरु ओसार पसार गरी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट सोमबार दिउँसो खटिएको प्रहरीले टोलीले मिक्लाजुङ गाउपालिका-१ मकरा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ बर्षीय सगुन राईलाई नेपालमा प्रतिबन्धित औषधी Tramadol-50 mg, Spaspain, pregstar-75, gabix-75 नामका ८ हजार ३ सय ३६ ट्याब्लेट र नगद  ४,६३५ रुपैयाँ सहित पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ
२०८१-०१-०३

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका- १ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार २०७६ फाल्गुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, ncell टावर आगजनी, jcb आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेको खुल्न आएको छ। घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
२०८१-०१-०३

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।