प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा शान्तपूर्पक सम्पन्न

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले कोशी प्रदेशमा होली पर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेकोमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न भयो । फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईका जिल्लाहरुमा मनाईने होली पर्वमा कुनै प्रकारका अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन ८ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चेक जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, Dog (K9) सहितको स्वीप अपरेसन, क्यूआरटी, चोक बजारमा भएका सिसि क्यामेराको निगरानी, सादा पोसाकमा प्रहरी परिचालन गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाईएको थियो ।

होली पर्वलाई सभ्य, भव्य, सु–संस्कृत र हर्षोल्लासमय वातावरणमा सम्पन्न बनाउन सामाजिक सञ्जाल तथा सञ्चार माध्यमद्वारा सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको थियो भने प्रदेश अन्तर्गत मुख्य-मुख्य चोक बजार एरिया इलाकाहरुमा कानून विपरित अवाञ्चित गतिविधि नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आपसमा सद्भाव कायम राखी होली पर्व मनाउन सबै प्रहरी कार्यालयहरुलाई माइकिङ समेत गर्न लगाईएको थियो ।

हिमाली र पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा सुरक्षा चुनौती अलि बढी हुने भएकोले राष्ट्रिय पर्व होलीलाई मर्यादित, भव्य र सभ्य तरिकाले मनाउने वातावरण सृजना गर्न, विगतका बर्षहरुमा भएका अपराधिक घटनाहरुलाई समेत मध्येनजर गरी उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावित स्थानको पहिचान तथा मानिसहरुको वढी जमघट हुने स्थानहरुमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको थियो ।

होली पर्व मनाउने क्रममा फाल्गुन २९ गते पहाडी जिल्लाहरुमा नियम उल्लंघन गरेर चलाइएका मोटरसाईकल ८ वटा अटो टेम्पो १ वटा र चारपाङ्ग्रे सवारी साधन एउटा प्रहरीले नियन्त्रणमा लिएको थियो भने, चैत्र १ गते तराईका जिल्लाहरुमा होली पर्व मनाउने क्रममा उच्छृंखल गतिविधिमा संलग्न रहेका १३३ जना मानिसलाई निन्त्रणमा लिएको थियो भने मादक पदार्थ सेवन गरी नियम उल्लंघन गरेर चलाइएका दुईपाङ्ग्रे सवारी साधन १ हजार ८ वटा, तीन पाङ्ग्रे ५९ वटा, चार पाङ्ग्र १९ वटा नियन्त्रणमा लिएको थियो ।

कोशी प्रदेश अन्तर्गत प्रहरीको प्रभावकारी सुरक्षा योजना अन्तर्गत व्यवस्थित प्रहरी परिचालनका कारण होलीको पावन अवसरमा कुनै पनि अपृय घटना नघटी शान्त पूर्वक सम्पन्न भएको छ ।

रंगहरुको पर्व होलीलाई सभ्य, शिष्ट, मर्यादित तवरले मनाउनको निमित्त आफ्नो पदिय दायित्व कुशलतापूर्वक निर्वाह गर्नु हुने सकल दर्जाका प्रहरी कर्मचारीहरु तथा होली पर्वलाई मर्यादित बनाउन र प्रहरीलाई समेत साथ, सहयोग, हौसला प्रदान गरी समन्वय एवं सहकार्य गर्नु हुने सम्पूर्ण प्रदेश बासीहरुमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले हृदय देखि धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नु भएको छ ।

 


सम्बन्धित समाचार
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-११-०३

मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते बिराटनगर- ५ पुलचोक स्थित भित्री सडक खण्डमा बा. ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रीत हुनासाथ CRV बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो । त्यस्तै जहदा गाउँपालिका- १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा  ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८२-११-०२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई  ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।