प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ

२०८१-०७-१७

  • A
  • A-
  • A+
Share

जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ

विराटनगर, कार्तिक १७ गते ।

मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका- ३का ५५ बर्षीय ध्रुव सिग्देलबिराटनगर महानगरपालिका- ५का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईनरुवा नगरपालिका -६ मधेशा स्थित संचालनमा नभएको जुत्ता फ्याक्टीमा अवैध जुवातास खेलिरहेको अवस्थामा ईनरुवा नगरपालिका- ६ का ६२ बर्षीय तिर्थराज अधिकारी,५८ बर्षीय झगरु चौधरी  ,३१ बर्षीय ईन्देश सरदार, १९ बर्षीय गौरब कोईराला, ४३ वर्षिय बाल कृष्ण कोईराला, ५२ वर्षिय दिनेश पोखरेल, ४० वर्षिय अमित कार्की, ४२ वर्षिय सुमन बिश्वकर्मा, २८ वर्षिय जिवन तामाङ, ६२ वर्षिय गोपाल बहादुर चौहान, ४२ वर्षिय राजिव दुलाल, ५० वर्षिय श्रवण कुमार तामाङ, १८ वर्षिय युजिन कोईराला, ७९ वर्षिय उग्र नारायण चौधरी, ईटहरी उप-महानरपालिका-१३ का ३९ वर्षिय नेमलाल र ईटहरी उप-महानरपालिका-१२ का ४३ वर्षिय भरत कटवाललाई नगद २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र १६ (सोह्र) थान कौडा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

 

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

स्रोत नखुलेको नगद सहित १ जना पक्राउ
२०८१-०८-२८

झापाको कमल गाँउपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते दिउँसो प्रहरी चौकी केर्खाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसका यात्रु गौरादह नगरपालिका-५ का २५ बर्षीय मोहम्द नौसाद मियाको साथबाट स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान (२९ हजार ७ सय), भारतीय रुपैँया १ हजार ५ सय ९०, नेपाली रुपैँया १ सय ६५ र मोवाईल १ थान बरामद गरे सगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।